हेटौंडाको योग शिविरमा पन्ध्रसयको सहभागिता

पतञ्जलि योग जिल्ला समिति मकवानपुरले हेटौंडा–४, हुप्रचौरमा आयोजना गरेको योगविज्ञान शिविरमा जिल्लाभरीका पन्ध्र सय व्यक्तिले उपस्थिति जनाएका छन् । शिविरको दोस्रो दिन आइतबार १५ सय व्यक्तिले निःशुल्क योग प्रशिक्षण लिएका छन् । आइतबार निमित्त प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले दीप प्रज्वलन गरी शिविर सञ्चालन गरेका थिए । कार्यक्रममा नेकपा एमालेकी अध्यक्ष मुनु सिग्देल, एनेकपा माओवादीका अध्यक्ष प्रेमबहादुर पुलामी, प्रहरी प्रमुख मिरा चौधरी, सशस्त्र प्रहरी बलका प्रहरी नायब उपरीक्षक बलराम पोखरेल, पतञ्जली योग समितिका आजिवन सदस्य अरुणराज सुमार्गीलगायतको उपस्थिति रहेको थियो । व्रह्ममुहूर्तमा वैदिक मन्त्रोच्चारण, दीप प्रज्वलनका साथै विश्व कल्याणको प्रार्थना र राष्ट्रिय गानसहित योग अभ्यास सुरु गरिएको थियो ।
शिविर सुरु भएको शनिवार १ हजार मानिसको उपस्थिति थियो । शिविरमा निःशुल्क स्वास्थ्य जा“चकोसमेत व्यवस्था गरिएको समितिका अध्यक्ष रामकृष्ण थापाले जानकारी दिए । हुप्रमा दैनिक सांगीतिक तथा वैदिक वातावरणमा विहान साढे ४ देखि साढे ६ बजेसम्म शिविर सञ्चालन हुनेछ । शिविर जेठ १३ गतेसम्म सञ्चालनमा रहने अध्यक्ष थापाले बताए । शिविरमा शारीरिक अशक्त बालबालिकाको पनि उपस्थिति थियो । शिविरमा ध्यान, योग, राष्ट्रगान र योग नृत्यका साथ व्यक्ति निर्माणदेखि राष्ट्र निर्माण बनाउने अभियान सञ्चालन गरिने छ ।
योगबाट मोटोपन, कम्मर दुखाई, सर्वाइकल, स्पोडोलाइटिस, स्लिपडिष्क, वाथरोग, एलर्जी र साइनसका बिरामीले लाभ लिनसक्ने अध्यक्ष थापाले बताए । स्वस्थ्य शरीर निर्माणका लागि योगलाई आवश्यक मानि“दै आएको छ । मानिस दैनिक विहान योगमा समाहित हुने गरेका छन् । नियमित योग गर्ने मानिस स्वस्थ्य शरीर, स्वस्थ्य मस्तिष्क रहेको विश्वास लिन सकिन्छ ।





All news in One Place