आर्थिक संकटः खेलकुदको बाधक: राजेश के.सी.
थाहा नगरको खेलकुदको अवस्था कस्तो छ ?
समग्रमा व्यवस्थित छैन । यहाँ क्लबमा आवद्ध युवाहरुले मन लागेपछि खेलाउने परिपाटीले खेलकुदमा हुनुपर्ने गुणस्तर पनि हुन सकेको छैन । यसलाई खेलकुद विकास समिति थाहा नगरले व्यवस्थित गर्न योजना बनाउँदैछ । वर्षभरीमा कतिवटा खेल खेलाउने र के के खेल खेलाउने भन्ने बारेमा पनि खेलकुद विकास समितिले क्यालेन्डर नै बनाई व्यवस्थित गर्ने योजना छ ।
थाहा नगरमा थुप्रै प्रतियोगिता
भइराख्छन् । क्लबहरुको संख्या पनि उत्तिकै छ यिनिहरुमा आधिकारिकता कत्तिको छ ?
यत्ति ग¥यो भने खेलकुदको विकासका लागि मद्दत पुग्छ त ?
नगर भेला, नगरका सबै वडाका क्लब खेलकुद विकास समितिमा आवद्ध भएपछि खेलाडी र खेलकुदलाई माया गर्नेहरुको एउटा बलियो टिम बन्छ । यो टिम थाहा नगरको विषयगत समिति अन्तर्गतको एउटा दीगो टिम हो । थाहा नगरपालिकामा खेलकुदका लागि सबै क्लबहरुको प्रतिनिधित्व गर्दै सहभागी हुने वातावरण तय हुन्छ । यसले गर्दा बजेट विनियोजनका लागि आवश्यक छलफल गर्ने बलियो आधार पनि बन्छ । त्यसले गर्दा खेलकुदको विकासका लागि यो योजना सार्थक हुन्छ भन्नेमा विश्वस्त छु । तर अहिले पनि खेलकुद विकास समितिले सकेको सहयोग त गरेकै छौं । तर यि सबै कार्य गरेपछि थप खेलकुद विकासका लागि सहजता आउँछ ।
मकवानपुरको उत्तरी क्षेत्रमा संभावना बोकेको खेलकुद चाहिँ कुन हो ?
यस क्षेत्रमा सबै खेलको प्रचुर संभावना छ । यहाँका युवाहरुमा खेलकुदप्रतिको आकर्षण निकै आशलाग्दो छ । नीति नियममा खेलाडीलाई राख्नको लागि खेलकुद विकास समितिले पहल गरेकै छ । सबै भन्दा बढि खेलको संभावना चाहिँ इन्डिभिजुवल खेल नै हो । बक्सिङ, तेकवाण्डो, कराँते एथ्लेटिक्स खेलकै संभावना बढि छ । सामुहिक खेललाई अघि बढाउने कुरामा फुटबल भलिबल, क्रिटेट लगायतको खेलकुदको बढि संभावना छ ।
इन्डिभिजुवल खेलको लागि प्रयास कम भएको हैन र ?
त्यस्तो हैन । किन नहुनु विगतमा हाम्रो मानव लामाले यहाँबाट बक्सिङ खेल खेलाएर राष्ट्रिय स्तरसम्म नतिजा ल्याएकै हो । महिला टिमहरु सक्रिय थिए, तर त्यो दिगो हुन सकेन । तर हामी अझै प्रयासरत छौं । समग्रमा हामी यहाँ एउटा कबर्डहल नै बनाएर खेलकुदको विकास गर्नुपर्छ भन्ने पक्षमा छौं ।
खेलकुदको संभावना मात्र विकास किन हुन सकेन ?
खेलकुद विकासको लागि प्रमुख चुनौति आर्थिक नै हो । नगरपालिकाले खेलकुदका लागि भनेर बजेट छुट्याएको छैन । स्थानीय निकायले खेलकुद प्रतियोगिताहरुलाई पनि बजेट छुट्याउन आवश्यक छ । थाहा नगरका सबै राजनीतिकदलका संयन्त्र प्रतिनीधिहरुमा खेलकुद पनि हाम्रो विकासको एउटा पाटो हो भन्ने बहस हुनु आवश्यक छ । तर त्यो बिरलै हुन्छ । बजेटको व्यवस्थापन हुन सकेमा यहाँ संभावना बोकेका खेलकुदहरु हुन्छन् । खेलकुदकै माध्यमबाट पनि थाहा नगरलाई चिनाउन सकिन्छ ।