थाहा नगरपालिकाको शिखरकोटमा हरेक वर्ष कृष्ण जात्राको अवसरमा हुने कृष्णजन्माष्टमीको भोलीपल्ट हुने घैंटो फुटाउने प्रतियोगिता सम्पन्न भएको छ ।
शिखर क्लव शिखरकोटको व्यवस्थापनमा भएको प्रतियोगिता थाहा नगर र आसपास गाविसका ५ टिमको सहभागिता रहेको थियो । ३ स्थानमा राखिएको घैंटोको तेस्रो पुरस्कार २५००, दोस्रो ३५०० र प्रथम पुरस्कार ५००० रहेको थियो । विभिन्न समूहहरुले प्रतिस्पर्धा भएको उक्त प्रतियोगिताको प्रथम, द्वितीय र तृतीय पुरस्कार नै आग्राको समूहले जितेको छ । प्रतियोगिता समापनमा सयोग गर्ने विभिन्न सहयोगी संस्थाहरुलाई प्रशंसा पत्र र विजेता टिमलाई पुरस्कार शिखर क्लवका अध्यक्ष अनित कुमार के.सी.ले प्रदान गरेका छन ।
मकवानपुरको आग्रा गाविसमा वडा नंम्बर ५ डाँडाबासको भेतोग छाईलिङ गुम्बामा सञ्चालित ३ महिने लामा तथा मणिपा प्रशिक्षण शिविरको समापन गरिएको छ । पेमा साङ्गे लामाको प्रमुख प्रशिक्षणमा लामा तथा मणिपा प्रशिक्षण शिविर भएको हो ।
नेपाल अहिंसाबादी बौद्ध धर्म विश्व शान्ती चक्र संघका केन्द्रिय महासचिव तथा धर्मगुरु प्रेम दोर्जे बल लामाको प्रमुख आतिथ्यता तथा नेपाल अहिंसाबादी बौद्ध धर्म विश्व शान्ती चक्र संघका केन्द्रिय सहसचिब तथा गायिका आनी याङ्चेन डोल्माको विशेष आतिथ्यतामा कार्यक्रम समापन गरिएको हो ।
शिविरमा ३६ जना प्रशिक्षर्थीको सहभागिता रहेको थियो । ३ महिनाको शिविरबाट प्रशिक्षार्थीहरुलाई आफ्नो परम्परा अनुसार पुजापाठ कसरी गर्ने, यसका विधिहरुलगायतका धेरै कुराहरु सिकाईएको जनाएको छ । तामाङ समुदायको धर्म भाषा ओझेल परेकोले यसलाई संरक्षण गर्नको लागि शिविरको आयोजना गरिएको समापन कार्यक्रमका प्रमुख अतिथि समेत रहेका धर्म गुरु महासचिव लामाले बताए ।
समापन कार्यक्रममा सहयोग गर्ने दाताहरुलाई मायाको चिनो सहित कदर पत्र वितरण गरिएको थियो । सो अवसरमा जुनसुकै धर्म माने पनि आफ्नो नैतिकतालाई विर्सन नहुने केन्द्रिय सहसचिब तथा गायिका डोल्माले बताइन् । गुम्बाका अध्यक्ष बुद्धिलाल थिङको अध्यक्षतामा भएको समापन कार्यक्रमका अवसरमा सर्वोउत्कृष्ट दाता राजेन्द्र थोकर, आनी सम्नेन डोल्मा, अक्कल बहादुर थिङ,चिनिमाया तामाङलगायतको आतिथ्यता तथा स्थानियहरुको उल्लेख्य सहभागिता रहेको थियो ।
मकवानपुर थाहा नगरपालिका वडा नंबर ३ मा रहेको श्यामभक्त श्रेष्ठको घरमा आगलागी हुँदा क्षति भएको छ । विहान खाना बनाउने बेलामा भएको आगलागीबाट घरको माथिल्लो तला पूर्ण रुपमा क्षति भएको छ ।
आगलागीबाट लाखौं रुपियाँको क्षति भएको पीडितले जानकारी दिए । घरमा लागेको आगो स्थानीय बासिन्दा, नेपाली सेना, नेपाल प्रहरीको सक्रियतामा नियन्त्रणमा लिएको छ । घरमा आगलागी भएपछि स्थानीय पालुङखोला र त्रिवेणीखोलाबाट जेनेरेटरबाट पानी तानेर आगो नियन्त्रणमा लिइएको थियो ।
फोटोः रोशन रायमाझी
निराजन गोपाली
मकवानपुर थाहा नगरको बज्रवाराहीमा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण, रोकथाम तथा पिडित/प्रभावितहरूको संरक्षण विषयक एक दिने अन्तरक्रिया कार्यक्रम शुक्रबार सम्पन्न भएको छ । | कार्यक्रमका सहभागीहरु । |
अन्तरक्रियामा राजनीतिक दल, पत्रकार तथा मानवअधिकार रक्षकहरूको सहभागिता रहेको थियो । युएसएआइडी र द एशिया फाउण्डेशनको सहयोगमा जन अधिकार संरक्षण मञ्च काठमाण्डौको आयोजनामा भएको कार्यक्रममा अधिवक्ता सतीश शर्मा र मुकुन्दप्रसाद अधिकारीले कानूनी उपचार र नेपालमा बेचविखनविरुद्ध कानूनी सुरक्षाको विषयमा सहजीकरण गर्नुभएको थियो । सहभागीहरूलाई बेचविखनलाई नियन्त्रणमा संचारकर्मीको भूमिकाको विषयमा पत्रकार सुरजकुमार भुजेलले सहजीकरण गर्नु भएको थियो ।
कार्यक्रममा थाहा नगरका विभिन्न निकायमा प्रतिनीधित्व गर्ने व्यक्तीहरुको समेत उल्लेख्य सहभागिता रहेको थियो । कार्यक्रममा थाहा नगरपालिका कार्यालयका प्रशासन शाखाका अनिल लामिछाने, संयूक्त वडा सेवा केन्द्र बज्रवाराहीका सचिव गौतम बस्ती, निष्पक्ष युवा समूहका अध्यक्ष निराजन गोपाली लगायतकाको सहभागिता रहेको थियो ।
| कार्यक्रमका सहभागीहरु । |
पालुङ जेसीज वर्ष २०१६ को अध्यक्षमा शिवकुमार खत्री निनर्विरोध अध्यक्षमा निर्वाचित भएकाछन् । विहीबार साँझ भएको साधारणसभाबाट खत्री निर्विरोध निर्वाचित हुनु भएका हुन् । वर्ष २०१६को अध्यक्षमा यस अघि भूमिराज अवस्थी, अञ्जल प्रधान र सुवास गोपालीको उमेद्वारी घोषणा भएको भए पनि खत्रीलाई सर्वसम्मत गर्नका लागि सहमति भएको हो ।
मकवानपुरको उत्तरी क्षेत्रमा खेलकुदको लामो इतिहाासपछि प्रभावशाली खेलाडीहरु उत्पादन हुने अपेक्षा लिइएको छ । यस वर्ष मात्रै उत्तरी क्षेत्र स्तरीय दुई वटा फुटबल प्रतियोगिता सम्पन्न भइसकेका छन् । यस अघि थाहा नगरकै बज्रवाराहीमा जिल्लाको उत्तरी क्षेत्र स्तरीय फुटबलको स्पर्धामा उत्रिएका यस क्षेत्रका खेलाडीहरुले शनिबार मात्रै सम्पन्न भएको अर्को प्रतियोगितामा आफ्नो क्षतामा तिखा
र्ने अवसर पाए । एक पछि अर्को, एउटा प्रतियोगिताका विजेता, अर्कोे प्रतियोगितामा सिपालु टिमलाई उछिन्ने स्पर्धा हेर्दा खेलाडीहरु थप क्षमतावान भएको बलियो आधार मान्न सकिने खेल सम्बद्ध व्यक्तीहरुले प्रतिक्रिया दिएकाछन् । थाहा नगरको वडा नंबर ४ मा क्रियाशील पाथीभरा युवा क्लबको आयोजनामा मंसिर २३ गतेदेखि थाहा नगरको इन्द्रायणी खेल मैदानमा सम्पन्न प्रतियोगिताको उपाधि शिखर क्लबले हात पारेको छ । शिखर मकवानपुरको उत्तरीे क्षेत्रकै पुरानो मध्येको एउटा क्लब हो । इन्द्रायणी खेल मैदानमा शनिबार दिउँसो भएको फाइल खेलमा ऋषेश्वर ११ लाई पछि पार्दै शिखरले उपाधि चुमन सफल भयो ।
र्ने अवसर पाए । एक पछि अर्को, एउटा प्रतियोगिताका विजेता, अर्कोे प्रतियोगितामा सिपालु टिमलाई उछिन्ने स्पर्धा हेर्दा खेलाडीहरु थप क्षमतावान भएको बलियो आधार मान्न सकिने खेल सम्बद्ध व्यक्तीहरुले प्रतिक्रिया दिएकाछन् । थाहा नगरको वडा नंबर ४ मा क्रियाशील पाथीभरा युवा क्लबको आयोजनामा मंसिर २३ गतेदेखि थाहा नगरको इन्द्रायणी खेल मैदानमा सम्पन्न प्रतियोगिताको उपाधि शिखर क्लबले हात पारेको छ । शिखर मकवानपुरको उत्तरीे क्षेत्रकै पुरानो मध्येको एउटा क्लब हो । इन्द्रायणी खेल मैदानमा शनिबार दिउँसो भएको फाइल खेलमा ऋषेश्वर ११ लाई पछि पार्दै शिखरले उपाधि चुमन सफल भयो ।
फाइनल खेलमा ऋषेश्वर र शिखरबीच भएको प्रतियोगिताको निर्धारित समयमा दुबै पक्षबाट गोल हुन नसकेपछि दर्शकहरु कुन पक्षले गोल गर्ला भन्ने कौतुहलमा परेका थिए । अन्नतः थपिएको १० मिनेटमा समेत दुबै पक्ष गोल गर्नका लागि सफल भएनन् । नियमानुसार रेफ्रिले प्रतियोगितालाई टाइबेकरतर्फ उन्नुख गराए । राष्ट्रिय स्तरमा थुप्रै प्रतियोगितामा निर्णायक बनेका रेफ्रीको निर्णयहरुप्रति स्थानीय खेलाडी तथा दर्शकहरुले समेत खुलेरै प्रशंसा गरे । यस अवसरमा आयोजक क्लब कान्छो नै भए पनि व्यवस्थापकीय सीप र सम्बन्धका कुराहरुलाई पनि दर्शकहरुले होमा हो ज्टाइरहे । स्थानीय मौलिकता सहित झा्याली पिट्दै टस जितेर खेल मैदानमा उत्रिएको शिखर क्लबको २ नंबरका खेलाडी कार्लसले हानेको गोल ऋषेश्वरका गोल रक्षक श्याम विश्वकर्माले रोक्न सफल भएनन् । यसैगरी पालैपालो ऋषेश्वर र शिखरको हानेको गोल मध्ये ऋषेश्वर ११ का १० नंबरका खेलाडीलले हानेको बललाई शिखरका गोल रक्षक पुस्कर खड्काले जाली चुम्नबाट जोगाउँदै शिखरलाई अग्रता दिलाए । यहि एउटा बहादुरीकै कारण शिखर उपाधिका लागि सक्षम भयो । टाइबेकरमा गएको टुङ्गिएको खेलमा शिखरले ऋषेश्वरलाई ४–५ गोल अन्तरले पराजित गर्दै विजय हासिल गरेको हो ।
शिखरले प्रगतिशील युवा क्लब घर्तिखोलालाई पराजित गरेर फाइनलमा पुगेको थियो । ऋषेश्वर ११ ले भने निष्पक्ष युवा समूह कुन्छाललाई पराजित गरि फाइनलमा पुग्न सफल भएको हो । शिखरले प्रगतिशीलसंग भएको खेलमा प्रगतिशीलले आयोजकलाई बुझाएको खेलाडीको विवरणमै नभएको खेलाडी ल्याएर खेलाएको भन्दै प्रोटेक्स हालेपछि बाइ पाएर फाइनलमा गएको हो । ऋषेश्वरले भने निष्पक्षलाई ०–५ गोल अन्तरले पराजित गर्दै फाइनलको स्थान सुरक्षित गरेको थियो ।
प्रतियोगितामा बिजयी भएको शिखर क्लबले नगद २२ हजार २ सय २२ रुपियाँ नगद सहित शिल्ड, मेडल तथा प्रमाणपत्र पाएको छ । दोस्रो भएको ऋषेश्वर ११ ले नगद १५ हजार ५ सय ५५, शिल्ड मेडल तथा प्रमाणपत्र पुरस्कार पाएको छ भने, तेस्रो हुने दम्की युवा क्लबले नगद १० हजार १ सय ११ रुपियाँ नगद सहित शिल्ड, मेडल तथा प्रमाणपत्र पुरस्कार पाएको छ ।
प्रतियोगिताका विजेताहरुलाई पुरस्कार वितरण समारोहका प्रमुख अतिथी खेलकुद विकास समिति थाहा नगरका अध्यक्ष राजेश केसी, अतिथीहरु पाथीभरा बचत तथा ऋण सहकारी संस्थाका व्यवस्थापक राजाराम कार्की, पाथीभरा डिलक्सका प्रमुख जीवन बस्नेत, थाहा नगरपालिकाका योजना शाखा प्रमुख प्रकाश कुमार लामा, सामाजिक शाखा प्रमुख सुदर्शन पहेली, नेपाली काँग्रेसका गणेश बहादुर लामा, राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष लक्ष्मण विष्ट लगायतका अतिथीहरुले गर्नु भएको थियो । प्रतियोगितामा उत्कृष्ट खेलाडी शिखरको अलि चौधरी उत्कृष्ट डिफेण्डर ऋषेश्वर ११ को सुमन विष्ट र उत्कृष्ट गोल रक्षक शिखरको पुस्कर खड्का घोषित भएकाछन् । प्रतियोगिताको तेस्रो स्थानको पुरस्कार सहित उत्कृष्ट भएकाहरुलाई पनि पाथीभरा बचत तथा ऋण सहकारी संस्था लिमिटेड फाँट बजारले नै पुरस्कार प्रायोजन गरेको आयोजक पाथीभरा युवाक्लबका अध्यक्ष हरेराम कार्कीले जानकारी दिए । पुरस्कार वितरण समारोहमा प्रतियोगिताका निर्णायक तथा प्रतियोगिताको लागि सहयोग गर्ने सबैलाई प्रशंसापत्र सहित आयोजकले धन्यवाद ज्ञापन अध्यक्ष हरेराम कार्कीले गरेका थिए ।
१८ वटा टिमको सहभागिता रहेको उत्तरी क्षेत्र स्तरीय फुटबल प्रतितयोगिताको फाइनल खेलमा १८ टिमको सहभागिता रहेको थियो । यस वर्ष मात्र स्थापना भएको क्लले आयोजना गरेको कार्यक्रमप्रति खेलकुद विकास समिति थाहा नगरका अध्यक्ष राजेश केसीले खुशी व्यक्त गरे । कार्यक्रममा अतिथीहरुले यति लामो अवधिभर मिहिनेतकासाथ आयोजकले गरेको खेलकुद विकासका कामले उत्साहित भएको कार्यक्रमका अतिथीहरुले बताएकाछन् । प्रतियोगिता लिग चरण अन्तर्गत खेलाइएको थियो ।
प्रतियोगिता अवधिभर नेपालका राष्ट्रिय स्तरका निर्णायकहरुले नै निर्णायकको भूमिका रहनु भएको थियो । प्रतियोगिताको निर्णायकहरुमा रियाजुल स्लाम, सानु मगर, दधिर क्षेत्री र अनिल चौधरी रहेका थिए ।
भूकम्प पीडितलाई जाडो याममा न्यानो कपडा खरिदका लागि थाहा नगरपालिका वडा नंबर ६, ७ र ५ का भूकम्प पीडितलाई प्रतिव्यक्ति १० हजार रुपियाँ बितरण गरिएको छ ।
थाहा नगरपालिका वडा नंबर ६ का ३ सय ९५, वडा नंबर ७ का ४ सय ३२ र ५ नंबरका १ सय ९४ का भूकम्प पीडितलाई रकम बितरण गरिएको रेडक्रस जिल्ला सदस्य हरिकृष्ण कार्कीले जानकारी दिनूभयो । भूकम्प पीडितलाई नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाको सहयोगमा हालसम्म गोगने, डाँडाखर्क, नामटार, खैराङ गाविसमा रकम बितरण गरिसकेको कार्कीले बताउनुभयो ।
पूर्णरुपमा घर क्षति भएका परिवारलाई जाडो याममा कपडा खरिद गर्न रकम प्रदान गरिएको हो । अस्थायी टहरामा बसिरहेका पीडितलाई चिसोले आक्रान्त पारेको पीडा पोखिएपछि सरकारले न्यानो लुगा खरिद गर्न थप १० हजार रुपियाँ प्रतिपरिवार दिने घोषणा गरेको थियो । ढिलै भए पनि रकम पाएकोमा पीडित सुमन केसीले केही भए पनि राहत मिलेको बताउनुभयो । मकवानपुरको गोगने गाविसका ७ सय ६० घरधुरीमध्ये ७ सय २६ घरधुरीलाई १० हजार बितरण गरिएको छ । सरकारबाट जाडो महिनाका लागि न्यानो कपडा किन्न दिने भनिएको १० हजार नेपाल रेडक्रस सोसाइटीबाट बितरण भएको हो । ७ सय २६ घरधुरीले रकम बुझिसकेको गाविसका सचिव राजेन्द्र कुमार श्रेष्ठले बताउनुभयो । उत्तरी मकवानपुरको सीमभञ्ज्याङनजिक अस्थायी शिविरमा बसिरहेका भूकम्प प्रभावितहरु चिसोले बिरामी पर्न थालेका छन् । तत्काल उचित बास स्थानको ब्यवस्था गरिदिन उनीहरुले सरकारसँग माग गरेका छन् ।
वैशाख १२ गतेको भूकम्पले जमिन चर्किएर बिस्थापित भएका मकवानपुरको नामटारका भूकम्प प्रभावितहरु पनि जाडोले
बिरामी पर्न थालेका छन् । २ हजार ४ सय ८८ मिटर उचाईंमा रहेको सीमभञ्ज्याङ नजिक अस्थायी शिविरमा बसिरहेका भूकम्प प्रभावित बालबालिका, महिला र ज्येष्ठ नागरिक चिसोले थप समस्यमा छन् ।
मकवानपुरको थाहा नगरपालिकाको थानाबजारको पुलको मुख हँुदै चल्ती मोटरबाटोको स्तरोन्नति तथा विस्तारको लागि उपभोक्ता समिति गठन गरिएको छ ।
सगुनकुमार ढकालको अध्यक्षतामा ७ सदस्यीय उपभोक्ता समतिको गठन गरिएको हो । समितिको कोषध्यक्षमा सरस्वती कार्की, सचिवमा इच्छापूर्ण कार्की, सदस्यहरुमा विष्णुबहादुर कार्की, रामशरण थापा, मैया कार्की, प्रर्मिला ढकाल चयन भएका छन् ।
उपभोक्ता समतिको अनुगमन समितिमा निरञ्जन श्रेष्ठ, गंगा नेपाल, सम्झना श्रेष्ठ रहनु भएको छ ।




