शिखरले उपाधि चुम्यो

    मकवानपुरको उत्तरी क्षेत्रमा खेलकुदको लामो इतिहाासपछि प्रभावशाली खेलाडीहरु उत्पादन हुने अपेक्षा लिइएको छ । यस वर्ष मात्रै उत्तरी क्षेत्र स्तरीय दुई वटा फुटबल प्रतियोगिता सम्पन्न भइसकेका छन् । यस अघि थाहा नगरकै बज्रवाराहीमा जिल्लाको उत्तरी क्षेत्र  स्तरीय फुटबलको स्पर्धामा उत्रिएका यस क्षेत्रका खेलाडीहरुले शनिबार मात्रै सम्पन्न भएको अर्को प्रतियोगितामा आफ्नो क्षतामा तिखा
र्ने अवसर पाए । एक पछि अर्को, एउटा प्रतियोगिताका विजेता, अर्कोे प्रतियोगितामा सिपालु टिमलाई उछिन्ने स्पर्धा हेर्दा खेलाडीहरु थप क्षमतावान भएको बलियो आधार मान्न सकिने      खेल सम्बद्ध व्यक्तीहरुले प्रतिक्रिया दिएकाछन् । थाहा नगरको वडा नंबर ४ मा क्रियाशील पाथीभरा युवा क्लबको आयोजनामा मंसिर २३ गतेदेखि थाहा नगरको इन्द्रायणी खेल मैदानमा सम्पन्न प्रतियोगिताको उपाधि शिखर क्लबले हात पारेको छ । शिखर मकवानपुरको      उत्तरीे क्षेत्रकै पुरानो मध्येको एउटा क्लब हो । इन्द्रायणी खेल मैदानमा शनिबार दिउँसो भएको फाइल खेलमा ऋषेश्वर ११ लाई पछि पार्दै शिखरले उपाधि चुमन सफल भयो । 
   फाइनल खेलमा ऋषेश्वर र शिखरबीच भएको प्रतियोगिताको निर्धारित समयमा दुबै पक्षबाट गोल हुन नसकेपछि दर्शकहरु कुन पक्षले गोल गर्ला भन्ने कौतुहलमा परेका थिए । अन्नतः थपिएको १० मिनेटमा समेत दुबै पक्ष गोल गर्नका लागि सफल भएनन् । नियमानुसार रेफ्रिले प्रतियोगितालाई टाइबेकरतर्फ उन्नुख      गराए । राष्ट्रिय स्तरमा थुप्रै प्रतियोगितामा निर्णायक बनेका रेफ्रीको निर्णयहरुप्रति स्थानीय खेलाडी तथा दर्शकहरुले समेत खुलेरै प्रशंसा गरे । यस अवसरमा आयोजक क्लब कान्छो नै भए पनि व्यवस्थापकीय सीप र सम्बन्धका कुराहरुलाई पनि दर्शकहरुले होमा हो ज्टाइरहे । स्थानीय मौलिकता सहित झा्याली पिट्दै टस जितेर खेल मैदानमा उत्रिएको शिखर क्लबको २ नंबरका खेलाडी कार्लसले हानेको गोल ऋषेश्वरका गोल रक्षक श्याम विश्वकर्माले रोक्न सफल भएनन् ।    यसैगरी पालैपालो ऋषेश्वर र शिखरको हानेको गोल मध्ये ऋषेश्वर ११ का १० नंबरका खेलाडीलले हानेको बललाई   शिखरका गोल रक्षक पुस्कर खड्काले जाली चुम्नबाट जोगाउँदै शिखरलाई अग्रता दिलाए । यहि एउटा बहादुरीकै कारण शिखर उपाधिका लागि सक्षम भयो । टाइबेकरमा गएको टुङ्गिएको खेलमा शिखरले ऋषेश्वरलाई ४–५ गोल अन्तरले पराजित गर्दै विजय हासिल गरेको हो ।
शिखरले प्रगतिशील युवा क्लब घर्तिखोलालाई पराजित गरेर फाइनलमा पुगेको थियो । ऋषेश्वर ११ ले भने निष्पक्ष युवा समूह कुन्छाललाई पराजित गरि फाइनलमा पुग्न सफल भएको हो । शिखरले प्रगतिशीलसंग भएको खेलमा प्रगतिशीलले आयोजकलाई बुझाएको खेलाडीको विवरणमै नभएको खेलाडी ल्याएर खेलाएको भन्दै प्रोटेक्स हालेपछि बाइ पाएर फाइनलमा गएको हो ।   ऋषेश्वरले भने निष्पक्षलाई ०–५ गोल अन्तरले पराजित गर्दै फाइनलको स्थान सुरक्षित गरेको थियो । 
   प्रतियोगितामा बिजयी भएको शिखर क्लबले नगद २२ हजार २ सय २२ रुपियाँ नगद सहित शिल्ड, मेडल तथा प्रमाणपत्र पाएको छ । दोस्रो भएको ऋषेश्वर ११ ले नगद १५ हजार ५ सय ५५, शिल्ड मेडल तथा प्रमाणपत्र           पुरस्कार पाएको छ भने, तेस्रो हुने दम्की युवा क्लबले नगद १० हजार १ सय ११ रुपियाँ नगद सहित शिल्ड, मेडल तथा प्रमाणपत्र पुरस्कार पाएको छ ।  
   प्रतियोगिताका विजेताहरुलाई पुरस्कार वितरण समारोहका प्रमुख अतिथी खेलकुद विकास समिति थाहा नगरका अध्यक्ष    राजेश केसी, अतिथीहरु पाथीभरा बचत तथा ऋण सहकारी संस्थाका व्यवस्थापक राजाराम कार्की, पाथीभरा डिलक्सका प्रमुख जीवन बस्नेत, थाहा नगरपालिकाका योजना शाखा प्रमुख प्रकाश कुमार लामा, सामाजिक शाखा प्रमुख सुदर्शन पहेली, नेपाली काँग्रेसका गणेश बहादुर लामा, राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष लक्ष्मण विष्ट लगायतका अतिथीहरुले गर्नु भएको      थियो । प्रतियोगितामा उत्कृष्ट खेलाडी शिखरको अलि चौधरी उत्कृष्ट डिफेण्डर ऋषेश्वर ११ को सुमन विष्ट र उत्कृष्ट गोल रक्षक शिखरको पुस्कर खड्का घोषित भएकाछन् । प्रतियोगिताको तेस्रो स्थानको पुरस्कार सहित उत्कृष्ट भएकाहरुलाई पनि पाथीभरा बचत तथा ऋण सहकारी संस्था लिमिटेड फाँट    बजारले नै पुरस्कार प्रायोजन गरेको आयोजक पाथीभरा युवाक्लबका अध्यक्ष हरेराम कार्कीले जानकारी दिए । पुरस्कार वितरण  समारोहमा प्रतियोगिताका निर्णायक तथा प्रतियोगिताको लागि सहयोग गर्ने सबैलाई प्रशंसापत्र सहित आयोजकले धन्यवाद ज्ञापन अध्यक्ष हरेराम कार्कीले गरेका थिए ।
   १८ वटा टिमको सहभागिता रहेको उत्तरी क्षेत्र स्तरीय फुटबल प्रतितयोगिताको फाइनल खेलमा १८ टिमको सहभागिता    रहेको थियो । यस वर्ष मात्र स्थापना भएको क्लले आयोजना गरेको कार्यक्रमप्रति खेलकुद विकास समिति थाहा नगरका अध्यक्ष राजेश केसीले खुशी व्यक्त गरे । कार्यक्रममा अतिथीहरुले यति लामो अवधिभर मिहिनेतकासाथ आयोजकले     गरेको खेलकुद विकासका कामले उत्साहित भएको कार्यक्रमका अतिथीहरुले बताएकाछन् । प्रतियोगिता लिग चरण अन्तर्गत खेलाइएको थियो ।
  प्रतियोगिता अवधिभर नेपालका राष्ट्रिय स्तरका निर्णायकहरुले नै निर्णायकको भूमिका रहनु भएको थियो । प्रतियोगिताको निर्णायकहरुमा रियाजुल स्लाम, सानु   मगर, दधिर क्षेत्री र अनिल चौधरी रहेका थिए ।

All news in One Place