मकवानपुर–२ युवा संघमा फेरी एकपक्षीय अभ्यास एउटा समूहबाट वहिश्कार
नेकपा एमालेको भातृ संगठन युवा संघ नेपालमा फेरी गुटगत अभ्यास देखा परेको छ । केही समय यता दुबै पक्षका समानान्तर गतिवीधी नियन्त्रण गरी संगै अघि बढ्ने सहमति भएपनि मकवानपुर जिल्लाको २ नम्मर क्षेत्रीय अधिवेशनमा जसरी पनि नेतृत्व हत्याउने दाउले विधान विपरीत काम गरेपछि पुनः विवाद बढेको हो ।
मकवानपुरको २ नं. क्षेत्रीय अधिवेशन शनिवारका लागि तोकिएपनि यतिवेलासम्म प्रतिनिधीको विवाद मिलेको छैन । अधिवेशन उद्घाटनका लागि केन्द्री अध्यक्ष राजिव पहारी र सचिव नरेश शाही निबुवाटार आउनेक्रममा छन् तर प्रतिनिधी विवाद यतिबेलासम्म नमिल्दा बन्द सत्र हुने नहुने अझै अनिश्चीत रहेको एक नेताले बताए ।
क्षेत्रीय अधिवेशन विधानसम्वत नभएको भन्दै क्षेत्रअन्तर्गत्को थाहा नगर कमिटीले भने बहिस्कार गर्ने जनाएको छ । नगर कमिटी अध्यक्ष बिक्रम केसीले प्रतिनिधि छनौट प्रक्रिया विधानमा व्यवस्था भएबमोजिम नगरी क्षेत्रीय कमिटीले आफूखुशी निर्णय गरेको भन्दै बहिष्कार गरेको बताए ।
संगठनको विधानमा गाउँ कमिटी बराबरको हैसियतमा नगरको वडा प्रतिनिधि छनौट गर्ने व्यवस्था भएपनि क्षेत्रीय कमिटीले सो व्यवस्थाको बिरुद्धमा निर्णय गरेको भन्दै अधिवेशन बहिष्कार गरेको केसीले बताए ।
केसीका अनुसार गाउँ कमिटीबाट ३ जना प्रतिनिधि चयन हुने व्यवस्था अनुसार नगरको वडाबाट पनि ३ ३ जना प्रतिनिधि अधिवेशनका लागि छनौट हुनुपर्नेमा क्षेत्रले नगरको एक वडाबाट एक जना र नगर कमिटीबाट ४ जना गरी कूल १९ जनामात्र आउन निर्देशन दिएको उनले बताए ।
नगरबाट ५० प्रतिनिधि सहभागी हुन पाउने प्रावधानलाई मिच्दै १९ जनालाई मात्र सहभागी गराउन ठाडो निर्देशन आएपछि हामीले अधिवेशनमा सहभागिता नजनाउने निर्णय गरेका हौं, केसीले बताए ।
युवा संघ नेपाल मकवानपुर अध्यक्ष सन्तोष चौलागाईंले संगठनको विधानअनुसार नै नगरका वडाहरुबाट १ १ जना र नगर कमिटीबाट ४ गरी कूल १९ प्रतिनिधि नै हुने व्यवस्था गरिएको दावी गरे । तर
विधानको पृष्ठ ३१ मा क्षेत्रीय अधिवेशनका लागि प्रत्येक गाँउ कमिटीबाट ५ जना प्रतिनिधी हुन पाउने र पृष्ठ २३ को १२ नम्मर बुँदामा गाँउ कमिटीको हैसीयत महानगर, उपमहानगर र नगर को वडा कमिटी बराबर हुने भनेर प्रष्ट लेखिएको बताइन्छ ।
केन्द्रीय कोषाध्यक्ष हिदम लामा आफैं विधान विपरीत अधिवेशन सम्पन्न गर्न लागेको र उनकै दवावमा यसो गरिएको भन्दै प्रतिनिधी विवाद नसल्टाएसम्म अधिवेशनको बन्द सत्र स्थगीत गर्नुपर्ने माग राखेका छन् । त्यसका लागि नगर कमिटी, सबै वडा र अधिकांश गाँउ कमिटीले लिखित हस्ताक्षर सहित प्रतिनिधी विवाद निरुपण गरेर मात्र अधिवेशन सम्पन्न गर्न लिखित पत्र अध्यक्ष राजिव पहारीलाई दिने बताए ।