बिपद व्यबस्थापन समिति गठन तथा अभिमुखीकरण
मकवानपुरको राईगाउँमा स्थानीय बिपद व्यबस्थापन समिति गठन तथा अभिमुखीकरण भएको छ । राईगाउँका गाबिस सचिव शुक्रराज राईको संयोजकत्वमा २७ सदस्सीय समिति गठन भएको हो । कार्यक्रम प्लान ईन्टरनेशनल नेपालको आर्थिक सहयोगमा सामुदायिक उर्जा तथा पर्यावरण बिकास मञ्च मकवानपुरले आयोजना गरेको हो । समितिको सदस्यहरुमा नेपाली काँग्रेसका शेरबहादुर भ्लोन, नेकपा एमालेका भिमकुमार राई, नेकपा माओवादी केन्द्रका जनक पहरी, राप्रपा नेपालका शरणकाजी श्रेष्ठ, प्रहरी चौकी राईगाउँका राजकिशोर शाह, दलित प्रतिनिधी पूर्णबहादुर बिश्वकर्मा, महिला सञ्जालकी उर्मिला राई, नेपाल आदिवासी जनजाती महासंघका किशोरकुमार राई, स्वास्थ्य चौकीका राजु सुनारी छन् । त्यस्तै समितिको सदस्य सचिवमा राईगाउँका सहायक गाबिस सचिव ताराप्रसाद राई रहेका छन् भने सदस्यहरुमा वडा नागरिक मञ्च, स्थानीय माध्यमिक बिद्यालय र स्थानीय संस्थाका प्रतिनिधीहरु रहेका छन् ।
यसैबिच, राईगाउँमै स्थानीय बिपद व्यबस्थापन योजना निर्माण सम्बन्धी ती दिने अभिमुखीकरण भएको छ । कार्यक्रममा सामुदायिक उर्जा तथा पर्यावरण बिकास मञ्चका सचिव पूर्णभद्र चौलागाई र शंकरकुमार पराजुलीले सहजिकरण गर्नुभएको थियो । समापन कार्यक्रम स्थानीय बिपद व्यबस्थापन समिति राईगाउँका सदस्य सचिव ताराप्रसाद राईको अध्यक्षतामा भएको थियो । कार्यक्रममा नेपाली काँग्रेसका शेरबहादुर भ्लोन, बागमती माबिका सहायक प्रधानध्यापक हर्कबहादुर राई, प्रगतिशील महिला सहकारीकी जानुका दोङ्ग, सबल कार्यक्रमका राजेन्द्र गोले लगाएतले मन्तव्य व्यक्त गरेका थिए ।