विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण
मकवानपुर आग्रा गाविसको सुन्दरीदेवी संवाद केन्द्रमा एक कार्यक्रमको आयोजना गरी शैक्षिक सामाग्री वितरण गरिएको छ । स्ट्रोम फाउण्डेशनको सहयोग तथा आरआरएन आयोजनामा भएको कार्यक्रममा १७ जना बालबालिकालाई शैक्षिक सामाग्री वितरण गरिएको हो ।
कार्यक्रममा बीचैमा विद्यालय छाडेका १४ र अरु ३ जना सहित १७ जना विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरिएको हो । कार्यक्रममा आग्रामा संचालित सुन्दरीदेवी संवाद केन्द्र, नमुना, सौगात, जलजला । जनजागृती संवाद केन्द्रका संवाद केन्द्रमा आवद्ध विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरिएको हो ।
नमुना संवाद केन्द्र संवाद केन्द्र सहयोग समितिका सदस्य मनलक्ष्मी घलानको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा स्थानीय सहकारीकर्मी काइलीमाया गोले, हिमशिखर बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष शुभराज गोले, आरआरएनका फिल्ड सुपरभाइजर सन्जु गुरुङ लगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रम सौगात किशोरी संवाद केन्द्रकी छायाँ एनिमेटर सुस्मिता गोलेको सभाध्यक्षतामा भएको थियो।
-शुभराज गोले/आग्रा