पूरक अर्थात् ग्रेड वृद्धि परीक्षा १४ साउनदेखि २१ सम्म

परीक्षा नियन्त्रण कार्यालयले एसएलसी परीक्षामा बढीमा दुई विषयसम्म सैद्धान्तिकतर्फ ‘डी’ र ‘इ’ ग्रेड ल्याउने परीक्षार्थीका लागि पूरक अर्थात् ग्रेड वृद्धि परीक्षा सञ्चालन गर्ने भएको छ ।

परीक्षामा कोही पनि विद्यार्थी अनुत्तीर्ण नहुने भनिए पनि कार्यालयले पूरक परीक्षाको भने व्यवस्था गरेको हो । परीक्षा नियन्त्रक काप्रीले दुई विषयसम्म सैद्धान्तिकतर्फ ‘डी’ र ‘इ’ ग्रेड ल्याएर पूरक परीक्षा दिन पाउने विद्यार्थीको सङ्ख्या नियमिततर्फ एक लाख आठ हजार ३२६ जना र आंशिकतर्फ ३९ हजार २५७ गरी कुल एक लाख ४७ हजार ५८३ जना छन् ।
परीक्षा १४ साउनदेखि २१ सम्म बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने जनाइएकाे छ ।

परीक्षा तालिका हेर्नुहोस ।
साउन १४ गते शुक्रबार – अनिवार्य अङ्ग्रेजी
वेदविद्याश्रमतर्फ अनिवार्य संस्कृत भाषा र साहित्य र अनिवार्य अङ्ग्रेजी
साउन १५ गते शनिबार – अनिवार्य नेपाली गैरनेपाली विद्यार्थीका लागि अङ्ग्रेजी
साउन १६ गते आइतबार – अनिवार्य गणित
साउन १७ गते सोमबार – अनिवार्य बिज्ञान
वेदविद्याश्रमतर्फ अनिवार्य संस्कृत व्याकरण तथा अनुवाद
साउन १८ गते मङ्गलबार – अनिवार्य सामाजिक अध्ययन
साउन १९ गते बुधबार – अनिवार्य स्वास्थ्य, जनसङ्ख्या तथा वातावरण शिक्षा
वेदविद्याश्रमतर्फ अनिवार्य कर्मकाण्ड, अनिवार्य फलित ज्योतिष
संस्कृततर्फ अनिवार्य संस्कृत भाषा
साउन २० गते बिहीबार – ऐच्छिक प्रथमपत्रका सबै विषयहरू

साउन २१ गते शुक्रबार – ऐच्छिक द्वितीयपत्रका सबै विषयह

All news in One Place