थाहा महोत्सवमा आज ज्योति मगरले मनोरञ्जन दिने
मकवानपुरको थाहानगरमा भइरहेको दोस्रो थाहा महोत्सवको दोस्रो दिन ३० भदौमा चर्चित गायिका तथा मोडल ज्योति मगरको प्रस्तुति हुने भएको छ । थाहा महोत्सव स्थल इन्द्रायणी चाउरमा भइरहेको महोत्सवमा मोडल मगरका फ्यानहरु बिहानैबाट महोत्सव स्थल पुगेका छन् ।
गायक तथा मोडल ज्योती मगरले गितका साथै नृत्य सहित दर्शकहरुलाई मनोरञ्जन दिने गर्ने मुख्य आयोजक थाहानगर उद्योग वाणिज्य संघले जनाएको छ ।
यसैबीच महोत्सवको दोस्रो दिन ३० भदौबाट थाहा आइडलको स्पर्धा पनि शुर हुँदै छ । थाहा आइडल अन्तर्गत नृत्य र गायन प्रतियोगिता रहेको छ । प्रतियोगितामा १५/१५ जना
प्रतिस्पर्धी रहेका छन् । थाहानगर, हेटौंडा, मार्खु र आग्राको डाँडाबासमा भएको प्रि अडिसनबाट छनौट भएकाहरुको प्रतिस्पर्धा महोत्सवमा हुन लागेको हो । थाहा आइडल अन्तर्गत गायनको सानोबाबु मोक्तान र नृत्यको विजयश्याम अमात्यले संयोजन गरिरहेका छन् ।
थाहा महोत्सव असोज ८ सम्म संचालन हुनेछ ।