मकवानपुर जिल्ला पूर्ण साक्षर



मकवानपुर जिल्लालाई बिहीबार पूर्ण साक्षर जिल्ला घोषणा गरिएको छ । सदरमुकाम हेटौंडामा आयोजित  एक कार्यक्रममा  शिक्षा मन्त्री डिआर पौडेलले मकवानपुरलाई देशको ३० औँ साक्षर जिल्ला घोषणा गरेका हुन्  

          मकवानपुरमा ९८ दशमलव ९७ प्रतिशत जनता साक्षर भएपछि  जिल्लालाई साक्षर जिल्लाको रुपमा घोषणा गरिएको जिल्ला शिक्षा कार्यालय मकवानपुरका जिल्ला शिक्षा अधिकारी अम्बिका प्रसाद आचार्यले बताए । २०६८ सालको जनगणना अनुसार मकवानपुरमा ६७ दशमलब ८५ प्रतिशत जनता साक्षर थिए । 

                    ‘साक्षर मकवानपुर हाम्रो गौरव,साक्षर बनी गरौँ पौरख’ भन्ने मुल नारा सहित मकवानपुरलाई नेपालको ३० औ साक्षर जिल्ला घोषणा गरिँदा कार्यक्रममा शिक्षा मन्त्रालयका सचिव शान्तबहादुर श्रेष्ठ, सभासदहरु अनन्त पौडेल, गणेश थापा, मध्यमाञ्चल क्षेत्रीय शिक्षा निर्देशक दिनेशकुमार श्रेष्ठ, मकवानपुरका प्रमुख जिल्ला अधिकारी डा. मानबहादुर विश्वकर्मा, मकवानपुरका राजनीतिक दलका प्रमुखहरु,  शिक्षक संघ–संगठनका प्रमुखहरु तथा शिक्षासँग सम्बन्धित गैरसरकारी संस्थाका प्रतिनिधिहरुको उपस्थिति थियो । जिल्लालाई साक्षर घोषणा गर्नुअघि हेटौंडामा विशाल ¥याली आयोजना गरिएको थियो  ।   कार्यक्रममा मकवानपुरका विभिन्न क्षेत्रका ब्यक्तित्वहरुलाई सम्मान गरिएको थियो । 

All news in One Place