एसएलसीमा यसरी हुँदैछ ग्रेडिङ

    सरकारले यसै बर्षको एसएलसी परीक्षाको नतिजामा ग्रेडिङ प्रणाली (लेटर ग्रेडिङ) लागु गर्ने निर्णय गरेको छ ।   यस बर्ष एसएलसीको        परीक्षाफल ग्रेडिङ प्रणाली अनुसार प्रकाशित हुनेछ ।  
   एसएलसीमा ग्रेडिङ प्रणाली कार्यान्वयन गर्न दिवाकर ढुंगेलको संयोजकत्वको लेटर ग्रेडिङ कार्य्विधि निर्माण     समितीले कार्य्विधी निर्माण अन्तिम चरणमा पुर्याएको छ।  
शिक्षा मन्त्रालयद्धारा पाठ्यक्रम विकास केन्द्रका कार्यकारी निर्देशक ढुंगेलको संयोजकत्वमा समिती गठन गरेको थियो ।   स्रोतका अनुसार गत बर्ष सरकारले       परीक्षणका रुपमा प्राविधिक एसएलसीको नतिजामा लागु       गरेको ग्रेडिङ प्रणालीलाई यस बर्ष परिमार्जन गरिएको छ। 
   समितीले केही परिमार्जनसहित प्रस्ताव तयार पारेको स्रोतले जनाएको छ। समितीले तयार      पारेको प्रस्ताव अनुसार अब विद्यार्थीको योग्यताको स्तरअनुसार ‘ए प्लस’देखि ‘ई’ सम्मका ग्रेडमा एसएलसी उतिर्ण भएको प्रमाणपत्र पाउने छ । 
  समितीको ग्रेडिङ प्रस्ताव अनुसार ९० देखि १०० अंक ल्याई उतिर्ण विद्यार्थीको प्रमाणपत्रमा ‘ए प्लस’ अर्थात ‘आउटस्ट्यान्डिङ’ उल्लेख गरिनेछ । यस्तैमा प्रमाणपत्रमा ८० देखि ९० अंक ल्याउनेलाई ‘ए’ अर्थात ‘एक्सिलेन्ट’, ७० देखि ८० अंक ल्याउनेलाई ‘बी’ अर्थात भेरी गुड लेखिने  छ। 
   यस्तै प्रमाणपत्रमा ६० देखि ७० अंकका लागी ‘बी’ अर्थात गुड, ५० देखि ६० अंकका लागी ‘सी प्लस’  अर्थात एभव एभरेज र ४० देखि ५० अंकका लागी ’सी’ अर्थात ’एभरेज’ उल्लेख गरिने समीतिले जनाएको छ।
    यसैगरी २० देखि ४० अंकका लागी ’डी’ अर्थात ’बिलो एभरेज’  र १ देखि २० अंकका लागी प्रमाणपत्रमा ’ई’ अर्थात ’इनसफिसेन्ट’ उल्लेख हुने छ। परीक्षार्थीले शुन्य अंक ल्याउने, अमर्या्दित काम गर्ने र अनुपस्थित हुनेलाई नम ग्रेडेड उल्लेख गर्ने प्रस्ताव समीतिले गरेको छ। 

All news in One Place