युवाको सक्रियताले नगर विकास
दामन–पालुङ नगर विकास समिति अध्यक्ष खड्ग गोपालीले उत्तरी क्षेत्रको विकासको धरोहर थाहा नगरको विकासमा युवाको भूमिका महत्वपूर्ण हुने बताएका छन् ।
पालुङ जेसीजको १६ औं वार्षिक साधारणसभा उद्घाटन गर्दै अध्यक्ष गोपालीले युवा सक्रियताबाटै नगरको विकास हुने हुँदा त्यसमा समाहित हुन जेसीज युवाहरुलाई आग्रह गरे । साधारणसभाका प्रमुख अतिथि गोपालीले जेसीजले उत्तरी क्षेत्रको विकासमा महत्वपूर्ण भूमिका निर्वाह गरेकोले त्यसमा निरन्तर सक्रिय रहन आग्रह गरे ।
उनले दामन, पालुन र बज्रबाराहीलाई समेट्ने गरी चक्रपथ निर्माण गर्न र बेमौसमी तरकारी खेतीको दृष्टिले देशमै छुट्टै पहिचान बनाएको दामन, पालुन क्षेत्रमा कृषि क्याम्पस स्थापनाको पहल भइरहेको भन्दै सहयोगको लागि आग्रह गरे ।