इपा माविमा खानेपानीको हाहाकार

इपापञ्चकन्या माविको अस्थायी टहरा 
इपा(मकवानपुर) /भूकम्पको पीडा सहिरहेका विद्यार्थी खानेपानीको अभावले काकाकूल बनेका छन् । खबर मकवानपुर इपा गाविसमा रहेको इपा पञ्चकन्या माविको हो । 

पानीको मुहान सुक्दा विद्यार्थीले पिउने पानी समेत अभाव झेल्नु परेको पत्रकार शिब चौलागाइंले इमेलमा खबर पठाएका छन् । 

इपापञ्चकन्या ६ गोले पधेरोको पानीको मुहान सुकेपछि विद्यालयमा अध्ययनरत ३ सय २५ जना विद्यार्थी तथा शिक्षक पानी पिउनबाट बञ्चित हुनु परेको शिक्षक कुसवाह बताउँछन् । गाविसको ३ नम्बर वडाको चन्द्राम, ५ नम्बर वडाको शिरडाँडा, ९ नम्बर वडाको देउराली जस्ता दुइ घन्टासम्म लाग्ने ठाउँँबाट पढ्नका लागि आएका विद्यार्थीहरु उपयुक्त कोठादेखि पिउने पानीसम्मका समस्या झेल्न बाध्य बनिरहेका हुन् । ‘गाविसको एउटै मात्र माध्यमिक विद्यालयको भवन निर्माण तथा खानेपानी व्यवस्थापनमा सहयोगी निकायले सहयोग गर्ला भन्ने अपेक्षा छ’ सामाजिक परिचालक राजकुमार दानीले भने । 

मकवानपुरको इपापञ्चकन्या गाविस वडा नम्बर ८ उखुबारीमा रहेकोे इपापञ्चकन्या माविको भवन गत वर्ष आएको विनासकारी भूकम्पले पूर्ण रुपमा क्षति भएपछि अहिले अस्थायी टहरामा विद्यार्थी पढाउने काम भइरहेको छ । 

All news in One Place