मउवासंघको तीज कार्यक्रम

साँसद महालक्ष्मी डिना उपाध्यायको प्रमुख आतिथ्यता रहेको कार्यक्रम संघका अध्यक्ष राजकुमार न्यौपानेको अध्यक्षतामा सम्पन्न भएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि उपाध्यायले तीजले महिलाहरुले भोगेका पीडा, कष्टलाई बाहिर ल्याउने हुनाले यस्ता चाडपर्वले महिलाहरुको हितमा काम गर्ने वातावरण मिल्ने बताइन् ।
कार्यक्रमका विशेष अतिथि महिला तथा बालबालिका कार्यालय मकवानपुरकी प्रमुख शोभा शाहले महिलाहरु पुरुष सरह नै सक्षम रहेको तर उनीहरुलाई अवसरको खाँचो
रहेको औल्याइन् । कार्यक्रमका सभाध्यक्ष तथा मउवासंघका अध्यक्ष राजकुमार न्यौपानेले संघले सम्पूर्ण दिदी वहिनीहरुका लागि कार्यक्रम आयोजना गरिएकोले सबै दिदीबहिनीलाई मनमा रहेका गुनासा, तीतामिठा कुरालाई आजैबाट त्यागेर रमाईलो गर्न आग्रह गरे ।
कार्यक्रममा नेकपा माओवादी केन्द्र मकवानपुर सचिवालय सदस्य आशा नेपाली,राप्रपा नेपालका जिल्ला सदस्य सुन्दर शाही, महिला उद्यमी विकास समितिकी सभापति निलम पाण्डे, मकवानपुर महिला उद्यमी व्यवसायी संघकी अध्यक्ष सुशिला पाण्डे, महिला समितिकी पूर्व अध्यक्ष शर्मिला डंगोल, शरीदि श्रेष्ठ, ईन्दिरा गुरुंगको समेत सहभागिता रहेको थियो ।
संघका बरिष्ठ उपाध्यक्ष कृष्ण कटुवाल, कोषाध्यक्ष प्रमोदसिंह रानाभाट, कार्य समिति सदस्य काव्यमणी अधिकारी, रवी कँडेल,रेणु ज्ञवाली, राधिका सामरी पाण्डे,सन्तोष अर्याल, निलम बैद्यलगायतको सहभागिता रहेको कार्यक्रमलाई सइमा श्रेष्ठले विभिन्न तीज गीत गाएर मनोरञ्जन गराएकी थिइन् ।