चार बिद्यालयमा अर्थिङ्ग जडान
मकवानपुरका ४ वटा विद्यालयमा चट्याङ्गको जोखिम न्यूनिकरणका लागि अर्थिङ्ग जडान गरिएको छ । प्लान ईन्टरनेशनल नेपाल मकवानपुरको आर्थिक सहयोग र सामुदायिक उर्जा तथा पर्यावरण विकास मञ्च मकवानपुरको प्राविधिक सहयोगमा अर्थिङ्ग जडान गरिएको हो ।
फाखेल, चित्लाङ्ग, कोगटे र मार्खू गाविसमा रहेका विद्यालयमा अर्थिङ्ग जडान कार्य गरिएको संस्थाका अध्यक्ष मणिप्रसाद सुबेदीले जानकारी दिए ।
अर्थिङ्ग जडान गरिएका विद्यालयहरुमा महाचुनी उच्च मा.वि. फाखेल, स्वच्छन्द भैरव उच्च मा.वि. चित्लाङ्ग, श्री मा.वि. कोगटे र सरस्वती बाल बोधनी मा.वि मार्खु रहेका छन् ।