वक्यौता संकलन निरन्तर गर्न निर्देशन: उर्जा राज्यमन्त्री भगत

नेपाल सरकारका उर्जा राज्य मन्त्री सत्य नारायाण भगतले वक्यौता संकलन अभियान नेपाल सरकारको प्रमूख लक्ष्य रहेकोले प्राधिकरणका कर्मचारीलाई वक्यौता संकलन अभियानमा निरन्तर लाग्न निर्देशन दिनुभएको छ । आज नेपाल विद्युत प्राधिकरण पालुङ वितरण केन्द्रको निरिक्षणका क्रममा मन्त्री भगतले लामो समय सम्म महशुल नतिर्ने ग्राहकको लाईन काटि महशुल बढाउन पर्ने  यस्तो कार्यमा सहयोग गर्न नेपाल सरकार तयार रहेकोले उत्साहित भएर अभियानमा लाग्न पनि निर्देशन दिनु भएको थियो ।  पालुङ वितरण केन्द्रमा आयोजित भेटघाट कार्यक्रममा मन्त्री भगतले पालुङ वितरण केन्द्रका कर्मचारीहरुसँग अन्तरक्रिया समेत गर्नु भएको थियो । अन्तरक्रियामा पालुङ वितरण केन्द्रका केन्द्र प्रमूख शिव प्रसाद नेपालले पालुङ वितरण केन्द्रको बारेमा जानकारी गराउनुभएको थियो । 
यस अघि एकिकृत माओवादी केन्द्र थाहानगरपालिकाले शंकर होटलमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा पार्टीका थाहा नगर सचिव विनोद लामाले कुलेखानी तथा  जलाधार क्षेत्रको  संरक्षण गर्न सरकारले विशेस कार्याक्रम ल्याउनुपर्ने वताउनुभएको थियो ।  सोही कार्यक्रममा केन्द्रका नेता शंकर लामाले कुलेखानी निर्माण हुँदा जनता सँग गरिएका सम्झौता कार्यान्यन नभएकाले उक्त सम्झौता कार्यान्यवनमा जोड दिन राज्य मन्त्री भगत सँग आग्राह गर्नुभएको थियो । कार्याक्रममा पार्टीका नगर स्थरका नेता कार्याकर्ताको उपस्थिती रहेको थियो ।

फोटो सौजन्य: बिनोद लामा
फोटो सौजन्य: बिनोद लामा

All news in One Place