बज्रबाराहीमा विशिष्ट अतिथि र अभिभावक भेला
मकवानपुर थाहा नगरपालिका वडा नम्बर १३ मा रहेको बज्रबाराही उच्च माविमा विशिष्ट अतिथि तथा अभिभावक भेला १६ भदौमा भएको छ । एकसय आठ राष्ट्र शान्ति धार्मिक महोत्सव संस्थाका सङ्कल्पकर्ता गोविन्द्र शरण महाराजको प्रमुख आतिथ्यतामा भेला भएको हो ।
योग गुरु ईश्वर शरणको विशिष्ट आतिथ्यतामा कार्यक्रम भएको थियो । एकसय आठ विद्यालयमा धार्मिक महोत्सव गर्दै आएको उक्त टोलीले बज्रवाराहीमा कार्यक्रम गरेको हो । शान्ति धार्मिक महोत्सवलाई विकास गरी यस क्षेत्रको विद्यालयलाई अधिराज्यकै नमुना विद्यालय बनाउने कार्यक्रमका प्रमुख अतिथि गोविन्द्र शरण महाराजले बताए । विद्यालयका शिक्षक पुरुषोत्तम सुवेदीले सञ्चलान गरेको कार्यक्रममा विशिष्ट अतिथि योग गुरु ईश्वर शरणले शिक्षा बिना देशको विकास हुन नसक्ने बताउँदै शिक्षाको ज्योतिलाई अधिराज्य भर सशक्त रुपमा फैल्याउने प्रतिवद्धता जनाए । अधिराज्य भरका एसय आठ वटा विद्यालयको भौतिक संरचनालाई आधुनिक ढङ्गले विकास गर्दै प्राविधिक शिक्षालाई निर्माण गर्ने समेत उनले बताए । कार्यक्रममा विद्यालयका प्राचार्य विष्णु गिरीलगायतले मन्तव्य व्यक्त गरेका थिए ।
-जनक लामा/थाहानगर