मउवा संघको मन्त्रीसँग भेटघाट
मकवानपुर उद्योग वाणिज्य संघका महासचिव महेन्द्र राउत नेतृत्वको एक टोलीले राजधानीमा विहिबार उद्योगमन्त्री नवीन्द्रराज जोशीलाई भेटगरी जिल्लाको उद्योगी व्यवसायीहरुको समस्याका बारेमा उद्योग मन्त्रालयमा छलफल गरेकोछ । भेटको अवसरमा मन्त्री जोशीसँग हाल बन्द रहेको बसामाडीको युनिलिभरको समस्या समाधानका बारेमा समेत छलफल भएको थियो । नेपालकै सबैभन्दा ठूलो औद्योगिक क्षेत्रको चिनारी बोकेको मकवानपुरलाई लोडसेडिंग मुक्त गराउन आवश्यक पहल गर्न मन्त्री जोशीलाई ध्यानाकर्षण गराईएको महासचिव राउतले बताए ।
भेटको क्रममा मन्त्री जोशीले उद्योगी व्यवसायीको समस्या समाधानका बारेमा आफूले सम्बन्धित निकायलाई निर्देशन गर्ने बताए । मन्त्री जोशीले उद्योग व्यवसाय फस्टाए मात्रै देश विकास हुने र बेरोजगारीको संख्यामा समेत कमी आउने हुनाले यस विषयमा बर्तमान सरकार लागि परेको पनि बताए ।
यसै गरी महासचिव राउतको टोलीले बाणिज्यमन्त्री रोमी गौचन थकालीसँग पनि भेट गरेको छ । भेटको अवसरमा हाल समस्याको रुपमा रहेको न्यूनविजकीकरणको बारेमा छलफल गरेको छ ।
टोलीमा संघका सल्लाहकार प्रदिप कोईराला, कार्य समिति सदस्य उज्ज्वल चौलागाई, सञ्चारकर्मी बालकृष्ण कोईराला लगायतको सहभागिता रहेको थियो ।