‘कुकरी सामान’ प्रदान

टिस्टुङका सुत्केरी तथा गर्भवति महिलालाई भान्सामा प्रयोग हुने ‘कुकरी सामान’ प्रदान गरिएको छ ।  जिल्ला जनस्वास्थ्य कार्यालयले एसिएफसँग सहकार्य गरी टिस्टुङका २०८ महिलालाई कुकरी समान प्रदान गरेको हो । 
एक सय ५० सुत्केरी तथा ५८ जना गर्भवति महिलालाई सामग्रीको सेट प्रदान गरिएको जिल्ला स्वास्थ्य कार्यालयका कोल्ड चेन अधिकृत खेहरु यादवले जानकारी दिए ।
टिस्टुङका दुई सय २० महिलालाई लक्षित गरी कुकरी सामान वितरण कार्यक्रम गरिएको टिस्टुङ स्वास्थ्य चौकीका हेल्थ एसिस्टेन्ट दिलिप रोक्का मगरले बताए ।

All news in One Place