नेपाल पत्रकार महासंघ मकवानपुर शाखाको पछिल्लो बैठक गत २०७३ साल साउन ३१ गते सोमबार हेटौंडामा बसेको थियो । उक्त बैठकले विविध प्रस्तावअन्तर्गत गरिएको एउटा तालिमसम्बन्धी निर्णय बाहेक मूल प्रस्तावमा एउटै निर्णय गरेको छ –‘महासंघको सदस्यता प्राप्तिका लागि निवेदन परेका मध्ये २४ जनाको सदस्यता स्वीकृत गरी अनुमोदनका लागि केन्द्रीय समितिसमक्ष पेश गर्ने ।’ बैठकले सदस्यता स्वीकृत गर्दा दुईवटा शर्त र आधार लिएको छ । उसकै भाषामा – १) पूर्णकालीन पत्रकारिता गर्नेलाई सदस्यता सिफारिश गर्ने २)हाल पत्रकारितामा क्रियाशील रहेको र व्यवस्थापन पक्षमा रही काम नगरेको ।
यसरी पत्रकार महासंघको मकवानपुर शाखाले गरेको निर्णयपछि अहिले मकवानपुरको पत्रकारिता क्षेत्रमा व्यापक टिप्पणीहरु सुनिएका छन् । प्रथमतः सदस्यता सिफारिश पाउने २३ जना निर्विवाद छन् र उनीहरुप्रति अग्रिम बधाई र शुभकामना पनि । शाखाले निर्धारण गरेको शर्त र आधारका कारण पत्रकारितामा क्रियाशील भएर पनि सदस्यताबाट बन्चित बनाइएका कैयौं पत्रकारहरुलाई हेरेर एकातिर आश्चर्य प्रकट भैरहेको छ भने अर्कातिर उक्त निर्णयको कार्यान्वयनले भविष्यमा सदस्यता नवीकरण हुन नसक्दा शाखाको वर्तमान कार्यसमिति नै अल्पमतमा परेर विघटन हुने स्थिति आउन सक्नेमा चिन्ता व्यक्त भइरहेको छ । वास्तवमा यो निर्णयको कार्यान्वयनले तत्काल सतहमा देखिएको र भविष्यमा देखिने असरहरुलाई विश्लेषण गर्न जरुरी त छ नै, मकवानपुर शाखाले सदस्यता सिफारिशका शर्त र आधारहरुको निर्णय गरिरहँदा त्यस्तो निर्णय गर्ने शर्त र आधारहरुचाहिँ के हुन् भन्नेतर्फ ध्यान दिनु पहिलो जड सवाल हो ।
नेपाल पत्रकार महासंघको विधानको दफा ४ मा सदस्यताको प्रकार र योग्यतासम्बन्धी व्यवस्थामा भनिएको छ, –‘महासंघमा सदस्य, संस्थागत सदस्य, अतिथि सदस्य र मानार्थ सदस्य गरी चार प्रकारका सदस्य हुनेछन् ।’ सदस्यको योग्यता सम्बन्धमा सोही दफाको उपदफा १ मा भनिएको छ– ‘(क) पत्रकारिता वा अरु कुनै विषयमा स्नातक उत्तीर्ण गरी एक वर्षदेखि पत्रकारितामा लागेका व्यक्ति, (ख) पत्रकारिता वा अरु कुनै विषयमा प्रमाणपत्र तह वा सो सरह उत्तीर्ण गरी दुई वर्षदेखि पत्रकारिता पेशामा लागेका व्यक्ति, (ग) प्रवेशिका परीक्षा उत्तीर्ण गरी तीन वर्षदेखि पत्रकारिता पेशामा लागेका व्यक्ति, तर महिला, आदिवासी जनजाति, दलित, मधेशी, शारीरिकरुपमा अशक्त, अल्पसंख्यक र पछाडि पारिएको क्षेत्र कर्णालीका हकमा एक वर्षदेखि पत्रकारिता क्षेत्रमा क्रियाशील भए पुग्नेछ । (घ) यो संशोधित विधान लागू हुनुभन्दा अगाडि महासंघको सदस्य रहेका व्यक्ति, (ङ) महासंघको सदस्य हुन १८ वर्ष पुगेको नेपाली नागरिक हुनुपर्नेछ ।’
यसरी विधान अनुसार महासंघको सदस्यता लिन चाहने पत्रकारले आफू क्रियाशील रहेको शाखामा योग्यताको प्रमाणपत्र, नेपाली नागरिकताको प्रमाणपत्र, पत्रकारितामा निरन्तरता र क्रियाशीलताको प्रमाण र आफू कार्यरत संस्थाको नियुक्तिपत्रसहित आवेदन दिएपछि प्रक्रिया अघि बढ्छ । शाखामा आवेदन आएपछि छानबिन गरी योग्यता पुगेका आवेदकको सदस्यता स्वीकृत गरी अनुमोदनका लागि केन्द्रीय समितिमा सिफारिश गर्नु शाखाको काम हो । शाखाले आवेदनको छानविन गर्दा माथि उल्लेखित विधानको दफा ४ अनुसार सदस्य हुन चाहिने योग्यताका आधारहरुलाई सूचकको रुपमा लिनुपर्दछ ।
महासंघको विधानले कतै पनि शाखालाई कुनै पत्रकारलाई सदस्यता प्रदान गर्नु अघि उल्लेखित योग्यताका अतिरिक्त शाखाले आफै अन्य शर्त र आधारहरु तोक्न सक्नेछ भनी उल्लेख गरेको छैन । मकवानपुर शाखाले निर्णय गरी जुन दुईवटा शर्त र आधारहरु तय गरेको छ, विधानको कुन दफाको आधारमा शर्त र आधारहरु तय गरिएका हुन् भन्ने स्पष्ट छैन । प्रत्येक शाखाका लागि महासंघको सर्वोच्च निकाय साधारणसभाले पारित गरेको एउटै विधान लागू हुन्छ । कुनै पत्रकारलाई महासंघको सदस्यता दिँदा विधानमा जुनसुकै कुरा लेखिएको भएपनि कुनै शाखाले शाखाको पत्रकारिताको खास विशेषताको आधारमा योग्यताको छुट्टै आधार तय गर्नसक्ने व्यवस्था विधानले गरेको देखिँदैन । यस अर्थमा मकवानपुर शाखा विधानभन्दा माथि पुगेको देखिन्छ र त्यो उचाइबाट तल हेर्दा उसले कैयौं क्रियाशील पत्रकारलाई महासंघको सदस्य बन्न योग्य नदेखेको अवस्था हो ।
शाखाले मकवानपुरका सदस्यता स्वीकृति गर्न लिएको पहिलो शर्त र आधार पूर्णकालीन पत्रकारिता गर्नेलाई सदस्यता सिफारिश गर्ने भन्ने छ । महासंघको विधानमा पत्रकारलाई पूर्णकालीन वा आंशिक भनेर कतै छुट्याइएको छैन । पत्रकारको परिभाषा गर्दै विधानले भनेको छ – “पत्रकार” भन्नाले यस विधानबमोजिम तोकिएको योग्यता पुगेको छापा, प्रसारण तथा अनलाइनजस्ता कुनै पनि प्रकृतिका आमसञ्चारका माध्यमसँग आवद्ध समाचार संकलन, उत्पादन, सम्पादन, सम्प्रेषण, समाचार लेखन/पुनर्लेखन गर्ने कार्यका साथै नियमित स्तम्भ लेखक, कार्टुनिष्ट, फोटो पत्रकार, प्रेस क्यामरापर्सन, समाचार तथा समाचारमूलक कार्यक्रम निर्माता तथा सञ्चालक, समीक्षक, साजसज्जा, भाषा सम्पादक एवं स्वतन्त्र पत्रकारसमेतलाई जनाउँछ ।’ विधान अनुसार पूर्णकालीन वा आंशिक आधारमा पत्रकार हो, होइन भनेर छुट्याउन सकिँदैन । कुनै रेडियोले उसको आवश्यकताका आधारमा कुनै पत्रकारलाई कुनै एउटा समाचार बुलेटिन वाचनका लागि मात्र नियुक्त गरेको रहेछ भने उसलाई पनि पत्रकार भन्नुपर्ने विधानको मुख्य आसय हो । कुनै एउटा साप्ताहिकले कार्टुनिष्ट नियुक्त गरेको रहेछ र उसले हप्तामा एउटा कार्टुन बनाउनु पर्ने जिम्मेवारी रहेछ भने उसलाई पनि विधानबमोजिम पत्रकार भन्नु पर्ने हुन्छ र योग्यताको आधारमा महासंघको सदस्यता प्राप्तिको हकवाला हुन्छ । पूर्णकालीन होइन भनेर उनीहरुलाई अयोग्य ठहराएर सदस्यता दिनबाट बन्चित गरिनुहुँदैन ।
आमसंचार माध्यमको प्रकार, प्रकृति र विशेषताको आधारमा पत्रकारले कुनै पूर्णकालीन रुपमा गर्नुपर्ने काम हुन्छन्, कुनै आंशिक रुपमा गर्नु पर्ने काम हुन्छन् । पूर्णकालीन वा आंशिक जे भए पनि उसको क्रियाशीलता र निरन्तरताको विषयचाहिँ महासंघको सदस्यताको एउटा योग्यताको आधार हो । महासंघमा सदस्यताका लागि आवेदन गर्दा पूर्णकालीन वा आंशिक के हो भन्ने कुनै कागज पेश गर्नु पर्दैन, तर क्रियाशीलता र निरन्तरताको प्रमाण भने पेश गर्नुपर्दछ । उदाहरणका लागि कुनै छापा माध्यममा सम्बाददाताको रुपमा काम गर्ने पत्रकारले सदस्यताका लागि आवेदन गर्दा अन्य कागजातको साथमा आफूले लेखेको समाचारको ‘कटिङ’ पनि पेश गर्नुपर्दछ । यो भनेको उसको निरन्तरता र क्रियाशीलताकोे प्रमाण हो । मकवानपुरमा पत्रकारले महासंघको सदस्यता प्रांप्तिका लागि दिएको आवेदनमा संलग्न कागजहरुमध्ये २४ जनाबाहेक अन्य पत्रकार आंशिक हुन् भन्ने कुन कागजले प्रमाणित गरेको हो, यसको जवाफ शाखाले दिनुपर्दछ । र, पत्रकार आंशिक हुन्छ कि हुँदैन र उसलाई महासंघको सदस्यता प्राप्त गर्नबाट त्यही कारणले बन्चित हुनुपर्ने विधानको कुन दफामा छ भन्ने पनि शाखाले देखाउन सक्नुपर्दछ ।
महासंघ मकवानपुर शाखाको कार्यसमितिले सदस्यता प्राप्तिको अर्को आधार तय गरेको छ –हाल पत्रकारितामा क्रियाशील रहेको र व्यवस्थापन पक्षमा रही काम नगरेको । यसको अर्थ पत्रकारितामा क्रियाशील भएर पनि व्यवस्थापन पक्षमा रही काम गरेको रहेछ भने त्यस्तो पत्रकारलाई सदस्यता नदिने भन्ने हो । माथि नै भनियो कि सदस्यता प्राप्तिका लागि आवेदन दिँदा क्रियाशीलताको प्रमाण त अवश्यै पेश गर्नुपर्दछ । यसलाई कुनै शाखाले छुट्टै शर्त बनाइराख्नु आवश्यक छैन । जहाँसम्म पत्रकारको क्रियाशीलतासँगै जोडिएको व्यवस्थापकीय भूमिकाको सवाल छ, विधान बमोजिम पत्रकार भएको हकमा उसलाई पत्रकार महासंघको सदस्यता प्रदान गर्ने हो । पत्रकार महासंघको सदस्यताको आवेदनसंगै संलग्न कागजातहरु छानविन गर्ने क्रममा उसको नियुक्ती पत्र हेर्दा त्यसमा उल्लेखित पद र कार्यविवरण विधान बमोजिम पत्रकारको परिभाषा भित्र नपर्ने रहेछ भने अन्य जुनसकै पक्षमा काम गरेको भएपनि सदस्यका लागि योग्य हुँदैन । सदस्यताको लागि दिएको आवेदनमा कागजपत्रहरु तेकिएबमोजिम छन् तर पत्रकार नभएर त्यही संचार गृह वा अन्यमा व्यवस्थापकीय भूमिकामा छ भन्ने कार्यसमितिलाई लागेको छ भने त्यस्तो अवस्थामा शाखाले छानविन तथा यथार्थ जाँचबुझ समिति बनाएर काम गर्नुपर्ने हुनसक्छ । उक्त समितिको प्रतिवेदनको आधारमा सदस्यता स्वकृति सम्बन्धी निर्णय लिनुपर्ने हुन्छ । तर स्पष्ट के हुनुपर्दछ भने कुनै व्यवस्थापकीय भूमिकामा रहेको व्यक्ति क्रियाशील पत्रकार हो भने क्रियाशील पत्रकारको आधारमा उसले महासंघको सदस्यता प्राप्त गर्न विधानको कुनै दफाले छेक्दैन ।
पत्रकार महासंघको प्रत्येक शाखाको एउटा काम आफूसमक्ष आएको आवेदनको छानबिन गरी योग्यता पुगेका आवेदकको सदस्यता स्वीकृत गरी अनुमोदनका लागि केन्द्रीय समितिमा सिफारिश गर्नु र योग्यता नपुगेका आवेदकहरुको कुन कुन कारणले योग्यता नपुगेको भन्ने करा स्पष्टरुपमा खुलाएर सम्बन्धित आवेदकलाई जानकारी दिनु पनि हो । शाखाको माइन्युटमै कुनकुन आवेदनको छानविन गरियो र त्यसमध्ये स्वीकृत र अस्वीकृत छुट्याई अस्वीकृत हुनुको कारणसमेत उल्लेख गर्नुपर्दछ । कुनै आवेदकले बुझ्न चाहेमा सोही माइन्युटको आधारमा निजलाई त्यस्तो सूचना दिनुपर्दछ । सूचनाको हकसम्बन्धी ऐन, २०६४ ले यो अधिकारलाई अझ सुरक्षित गरिदिएको छ ।
वास्तवमा झण्डै दुई सय सदस्यको नेतृत्व गर्ने पत्रकार महासंघ मकवानपुर शाखाले यसप्रकारको विवादित विषय सिर्जना गर्नु परिपक्वताको प्रदर्शन होइन । यसलाई निर्णय गर्नुपूर्व उसले विभिन्न चरणमा अग्रज, बुद्धिजीवी र पत्रकारहरुसँग छलफल र अन्तरक्रिया गर्न सक्दथ्यो । अहिले शाखा सदस्यता प्रदान गर्ने सन्दर्भमा एउटा निर्णयमा पुगिसकेको अवस्थामा यो विषय केन्द्रीय समितिको छानबिनको विषय बन्न सक्नेछ । स्मरण रहोस्, विधानमा भनिएको छ, ‘यसरी छानबिन गर्दा योग्यताबमोजिम सदस्य नहुनेलाई सदस्य बनाएको वा योग्यता हुँदाहुँदै सदस्य बन्नबाट वञ्चित गरिएको पाइएमा त्यस्तो शाखा वा त्यस कार्यमा संलग्न जिम्मेवार पदाधिकारी वा सदस्यउपर छानबिन गर्न सकिनेछ । यस्तो कारबाहीमा त्यस्तो शाखाको समितिलाई सचेत, निलम्बन, भंग वा कुनै सदस्यको सदस्यता निलम्बन वा समाप्त गर्न सकिनेछ ।’
तर, अन्य कुरा यथावत रहेको अवस्थामा यो निर्णय कार्यान्वयन हुन सक्छ । सबैले बुझुनु पर्ने कुरा के छ भने मकवानपुर शाखाको यो निर्णय मुलतः ग्रामीण पत्रकारिता र समावेशी संचार नीतिको विरुद्ध उभिएको छ । हेटौंडाबाहिर थाहानगर र अन्य ग्रामीण क्षेत्रमा बसेर पत्रकारिता गरिरहेका र सदस्यताको लागि आवेदन दिएका मध्ये एकजना पनि सदस्य योग्य नदेख्नुुले यसको पुष्टि गरेको छ । साथै आगामी दिनमा यसले पूर्णकालीन हुन नसक्ने पत्रकारहरुलाई सदस्यताबाट रोक्ने छ र यसको सबैभन्दा बढी समस्या महिला, आदिवासी जनजाति, दलित र सीमान्तकृत समुदायका पत्रकारले भोग्नुपर्नेछ । जनजाति, दलित र सीमान्तकृत समदायका पत्रकार अहिले पनि पूर्णकालीन बनेर पत्रकारिताको मूल प्रवाहमा आउने वातावरण नभइरहेको सन्दर्भमा मकवानपुर शाखाको उक्त निर्णयले उनीहरुलाई सदस्यताबाट ‘ब्रेक’ लगाउनेछ । उदाहरणका लागि कुनै रेडियोमा हप्ताको आधा घण्टा तामाङ भाषाको कार्यक्रम चलाउने संचारकर्मीलाई मकवानपुर शाखाले पत्रकार मान्ने छैन र सदस्यता दिने छैन । यसले अन्ततः मकवानपुर शाखा समावेशी मुलकको असमावेशी चरित्रमा बदलिनेछ जसले यहाँको आर्थिक, सामाजिक तथा साँस्कृतिक क्षेत्रमा दुरगामी नकारात्मक असर पार्नेछ ।
अन्ततः पत्रकार महासंघ मकवानपुर शाखाको सदस्यतासम्बन्धी निर्णय स्वयम् कार्यसमिति सदस्यहरुका लागि कि आफ्नै सदस्यताको मृत्युपत्रमाथिको हस्ताक्षर हो कि कम्तिमा निर्णयकर्ताको हैसियतले आफ्ना अन्य पेसा भए परित्याग गरेर पत्रकारिताको आंशिक जीवनबाट पूर्णकालीन हुने प्रतिवद्धता हो । उनीहरुले दुई मध्ये एक रोज्नुपर्दछ । तिनै सदस्यहरुबाट निर्वाचित भएर तिनै सदस्यहरुलाई अयोग्य ठहराउँदै आंशिक पत्रकार भए पनि निर्वाचित भएको कारणले अर्को निर्वाचनसम्म म्याद छ भनेर बस्न नैतिक रुपमा सुहाउने कुरा होइन । कार्यसमितिमा स्वयं उनीहरुको निर्णयले अयोग्य ठहरिने व्यक्ति पदाधिकारी छन् भने उनीहरुले आजसम्म नैतिक रुपमा पदबाट राजीनामा दिन ढिला भैसकेको छ किन कि उनीहरुकै परिभाषा अनुसार कार्यसमितिका आंशिकहरुले पूर्णकालीन सदस्यहरुको नेतृत्व गर्नु नैतिक पक्षसँग जोडिएको सवाल हो । अथवा उनीहरुका लागि अर्को अवसर पनि छ कि आजकै मितिबाट आफू पूर्णकालीन भएको र अर्को कुनै मुख्य पेसा नभएको घोषणा गर्ने र नैतिकरुपमा गर्वका साथ पूर्णकालीन सदस्यहरुको व्यवसायिक नेतृत्व प्रदान गर्ने ।
दुबै बिकल्पमा प्रगति हुन नसकेको अवस्थामा शाखाको अर्को बैठकमा यसप्रकारको नैतिक प्रस्तावमाथि छलफल चलाउन जरुरी छ र अघिल्लो निर्णयको कार्यान्वयन आफ्नै समितिका सदस्यहरुको छानविन र प्रक्रियाबाट गर्न उचित हुनेछ । यदि यसो पनि हुन सकेन भने यो साधारण सभामा गम्भीर छलफलको विषय बन्नुपर्दछ ।
वास्तवमा मकवानपुर शाखाले सदस्यतासम्बन्धी जुनसुकै शर्त र आधार तोकेको भए पनि विधानसँग बाझिएकोमा बाझिएको हदसम्म निष्क्रिय बनाइनुपर्दछ र विधानबमोजिम योग्यता पुगेका क्रियाशील पत्रकारलाई सदस्यता स्वीकृत गर्नुपर्दछ । यो नै उत्तम र विधानसम्मत विकल्प हुनेछ ।
(लेखक नेपाल पत्रकार महासंघका केन्द्रीय पार्षद हुन् ।)
चाहे त्यो मधेशी दलित होस्, पहाडी दलित होस्, हिमाली दलित होस् वा नेवार दलित होस्
फरक यति मात्रै हो : विभेद कतै बढी छ भने कतै कम ।
काभ्रे पाँचखाल बस्ने अजित मिजारले सँगै पढ्ने पराजुली थरकी युवतिसँग प्रेम विवाह गर्दा उनको हत्या गरियो ।
त्यस्तै, दाङ ज्यामिरे बस्ने २० वर्षे सेती परियारलाई बोक्सीको आरोप लगाएर कुटपिट गदै दिसा खुवाइयो ।
यी दुवै एक हप्ताभित्र सतहमा आएका घटना हुन् । यी दुवै पहाडमा भएका घटना हुन् र पीडित पनि पहाडी दलित नै भएका छन् ।
घटनामा संलग्न पहाडी समुदायका उपल्लो जातिहरु छन् ।
यी दुवै घटना एकदमै अमानवीय र निन्दनीय छ । यसको म घोर विरोध गर्छु ।
साथै पहाडी समुदायका साथीहरुलाई केही विगतका कुरा पनि स्मरण गराउन चाहन्छु ।
जब मधेशीहरु संविधानमा असन्तुष्टि राखेर हक अधिकारको लागि आवाज उठाइरहेका थिए उहाँहरु मधेशमा दलितमाथि मधेशीहरुले नै विभेद गर्ने कुरा तेर्साएर पहाडमा दलितमाथि विभेद नगरेको ठोकुवा गर्नुहुन्थ्यो ।
जब मधेशीहरु संविधानमा असन्तुष्टि राखेर हक अधिकारको लागि आवाज उठाइरहेका थिए उहाँहरु मधेशमा दलितमाथि मधेशीहरुले नै विभेद गर्ने कुरा तेर्साएर पहाडमा दलितमाथि विभेद नगरेको ठोकुवा गर्नुहुन्थ्यो ।
यदि उहाँहरुको भनाइ सही हो भने किन अजित मिजारले ज्यान गुमाउनु पर्यो ?
किन सेती परियारलाई अमानवीय व्यवहार खप्नु पर्यो ?
उहाँहरुमाथि यस्तो अमानवीय व्यवहार हुँदा किन गैरदलितहरु मौन बसेका छन् ?
नेपाली सामाजिक संरचना दलित मैत्री छैन । अझै पनि दलितहरुमाथि विभेद कायम नै छ ।
चाहे त्यो मधेशी दलित होस्, पहाडी दलित होस्, हिमाली दलित होस् वा नेवार दलित होस् । फरक यति मात्रै हो : विभेद कतै बढी छ भने कतै कम ।
कोही जन्मजात अछूत भएर जन्मिँदैन । जातिगत रुपमा विभाजन गर्ने काम हामीले नै गरेका छौँ ।
सबैसँग मानवीय व्यवहार गरौँ र सभ्य समाज निर्माण गर्न एकजुट हौऔँ ।
विश्व अहिले आर्थिक विकासको तिव्रतर गतिमा अगाडि बढिरहेको बेला नेपालमा भने आर्थिक वृद्धिदर १% भन्दा कम रहेको छ।विश्वका प्राय देशहरुको तुलनामा न्यून गतिमा आर्थिक विकास भइ रहेको नेपालमा अझै करिब २५% नेपाली गरिबीको रेखामुनि रहेको तथ्यांकले देखाएको छ भने नेपालको आधी आकाश भन्दा बढी (५१.५०%) ओगटेका महिलाहरूको आर्थिक अवस्था झन् दयनीय रहेको देखिन्छ । हाल नेपालमा महिला साक्षरता जम्मा ५७.४% रहेको छ भने आर्थिक क्रियाकलापमा सम्लग्न र स्वावलम्बि महिलाहरुको संख्या अझै पनि कमै रहेको छ।
नेपालका धेरै जसो जनसंख्या गाउँमा नै रहने गरेका छन् भने उनीहरुको आयस्रोत र जीवन धान्ने आधार नै मात्र कृषि र पशुपालन बनेको छ भने धेरैलाई जीवन गुजारा गर्न पनि मुस्किल परिरहेको देखिन्छ। घरपरिवार र सन्तानको लालनपालनमा नै समय विताइरहेका असख्य नेपाली महिलाहरु सानो भन्दा सानो आवश्यकता पूर्तिका लागि पनि परनिर्भर हुनु पर्ने वाध्यात्मक परिस्थितिले नेपाली महिलाहरुको जनजीवन झन् कठिन बनिरहेको छ जसको असर प्रत्यक्ष र अप्रत्यक्ष रुपमा परिवार र सन्तानको भविष्यमा परिरहेको हुन्छ।
महिला सशक्तीकरणको लहर पुरै विश्व भरी नै आइरहँदा नेपाल पनि यसबाट अछुतो रहेको छैन । महिला सशक्तीकरण र महिला आर्थिक बिकासका लागि सरकारी र गैरसरकारी तवरबाट केही प्रयासहरु भइ रहेता पनि नेपालका धेरै महिला विशेष गरि गाउँका महिलाहरुलाई यो लहरले न छुन सकेको छ न त चेतना र अवसर नै प्रदान गर्न सकेको छ। सहर बजार र विकसित क्षेत्रका केही महिलाहरुमा आर्थिक विकासको सचेतना र अवसर प्राप्त भइरहँदा अविकसित र दुर्गम भेगका अधिकांश महिलाहरू बिहान र बेलुकीको छाक टार्नैका लागि संघर्ष गरिरहेको तितो यथार्थ यहाँ हामी देखिरहेका छौं। परिवारमा सबल,शिक्षित र सक्षम भए पूरा परिवार,समाज र राष्ट्र नै सक्षम बन्छ भन्ने भनाइमा सान्दर्भिकता भए पनि पारिवारिक वाधा,सामाजिक मूल्य मान्यता र परम्पराका कारण पनि महिलालाई आर्थिक सवलताको बाटोमा हिड्न कठिन भइरहेको देख्न सकिन्छ । यी सबै कारणले प्राय महिलाहरूमा केही गर्ने हिम्मत र चाहाना हुँदाहुँदै
पनि पछि हट्नु पर्ने वाध्यताले गर्दा स्वावलम्वनको बाटोमा महिलाहरू गतिशील बन्न सकिरहेका छैनन् ।
कृषिमा आधुनिकीकरण र बजार व्यवस्थापनको अभावका कारण हाल कृषि क्षेत्रमा लाग्नेहरुको पनि यो पेशा प्रति वितृष्णा पैदा भइरहेको छ।साथै रोजगारी र अवसरको अभावमा स्रोतसाधनको हिसाबले भरिपूर्ण भएर पनि यसको उपयोग हुन नसक्दा यहाँका अधिकांश सक्षम युवा शक्ति विदेशिने क्रम बढ्दो छ,जस्मा महिलाको संख्या पनि अधिक रहेको देखिएको छ । यस्ले रेमिटेन्स भित्र्याए पनि देशको विकासमा नकारात्मक असर पारिरहेको छ।
आर्थिक विकासमा महिलालाई सबल र सक्षम बनाउने हो भने यसतर्फ परिवार,समाज र देशले नै ध्यान दिन जरुरी देखिन्छ भने महिला स्वयम् पनि आफ्नो सर्वत्तर विकासका लागि जागरुक हुन आवश्यक छ।परिवार र समाजको मूल्य मान्यता र परम्परालाई महिलाको वृत्त विकासमा अड्चन बन्ने क्रम हटाउनु पर्छ।कृषि क्षेत्रमा आधुनिकीकरण र बजार व्यवस्थापन मात्र पनि उचित र व्यवस्थित हुने हो भने महिलाहरुको आर्थिक विकास सबल हुनुका साथै नेपालको गरिबी पनि निकै कम हुने देखिन्छ ।महिलामुखी कार्यक्रम र आधारभूत आवश्यकतामा पूर्ण पहुँच पुर्याउन सक्ने हो भने देशले विकासको गतिशीलतामा अग्र स्थान हासिल गर्न धेरै समय लाग्दैन ।देशमा भएका असंख्य संभावित स्रोत र साधनमा लगानी गर्न सकेमा पनि नेपालीले गाँस, बाँस र कपासका लागि छिमेकीको मुख ताक्नु पर्ने थिएन।यी र यस्ता समस्या एवं सम्भावना तर्फ हामी सबैको ध्यान जान जरुरी छ साथै सबैले आफ्नो क्षेत्रबाट सक्ने प्रयास गर्ने हो र कम्तीमा एक महिलालाई मात्र पनि आर्थिक रुपमा सक्षम बनाउन,अवसरका लागि सिपमूलक र चेतनामूलक कार्य हामी प्रत्येकबाट हुने हो भने नेपालमा भोक र अभावमा छट्पटिएको दृश्य र खबर हामीले देख्न र सुन्न पर्ने थिएन।
| रणसंग्राम विष्ट |
असार ७ अर्थात स्मृति दिवस रुदानेको । १७ बर्ष बितेछ रुदानेले यो धर्तीबाट आफ्नो पार्थिव शरीर छोडेको । यी दौरानमा घर्तिखोला लगायत दामन पालुङ उपत्यका हुँदै बग्ने खोलाबाट कति पानी बगेर कुलेखानीको बाँधमा जम्मा भयो होला ? अनि कति बिजुली उत्पादन भएर नेपालीहरुको घरघरमा पुग्यो होला ? सायद हिसाब किताब कोहीसंग पनि छैन होला ! अनि जनहितका नाममा यो देशमा के कति आन्दोलन, परिवर्तन साथै सन्धि संझौता भए त? अनि कति वटा शासक ढले ? कति वटा शासक उदाए ? के यो देशमा साच्चै रुदानेले लागु गर्न खोजेको जस्तै जनमुखी संबिधान.. कानुन, बजेट र सरकार आएको हो त ? के साच्चै जनसाधरणले इन्शाफ, विकास र प्रगति अब पाउँछन् त ? आदि इत्यादी मात्रै होइन धेरै प्रश्नहरु उब्जिन थाल्यो रुदाने अनि उनको इतिहासलाई स्मरण गर्दा । उनको देहावसान पछी विभिन्न संचार माध्यममा आएको उनका जिबनी, मृत्यु , थाहा दर्शन र जनमुखी राजनीतिको विषयमा जे जति कुरा आवरणमा आयो त्यो सबै सत्य नै थियो त ? या हचुवाको भरमा जान्न नखोजेका तर जानेका स्वाङ पार्ने स्वाँठहरुले लेख्ने, फलाक्ने काम गरे ! वा प्रायोजित ढंगले आएका हुन् ? आज यिनै कुराको सेरोफेरोमा रहेर यो सानो आलेखमा अति नै छोटकरीको रुपमा समेटन कोशिस गर्दैछु ।
२६ पौष १९९० मा जन्मेका रुदाने.. छैंटीको दिनमा (जन्मेको ६ दिन) आमा चित्र कुमारी आफ्नो दोस्रो छोराको भाग्य भाबीले लेख्ने दिन भन्दै उत्साहका साथमा कलश, बत्ती, धुप, फलफूल साथै आवश्यक सरसमान तयारी गर्दै गर्दा यो देशमा ठुलो महाभुकम्प आएको थियो रे ! आमाले छोरो च्यापेर भाग्ने क्रममा खोला पारी चौर (विकास बारी) पुग्दा थांग्ना मात्रै आफ्नो काखीमा हुँदा अतालिदै छोरो खोज्न आउँदा मुलाबारीमा घोप्टो परी रहेका अबस्थामा भेटिएका थिए रे ति न्वारान नै नभएका बालक ! बाजे डिठ्ठा नरकेशरले (केशर बहादुर ) किर्तिपुरबाट घर बनाउने डकर्मी झिकाइ घर्तीखोलामा चार तले इट्टा, झिगटिले बनाएको तत्कालीन गाउँ कै अलिशान घरमा जन्मेका ति बालक आफ्नो छैंटीको दिन खुल्ला आकाशमा र नौ दिन देखि तीन महिनासम्म महाभुकम्प अनि पराकम्पनको कारणले अस्थायी स्याउले छाप्रो र आमाको काखमा हुर्केका थिए । अलिसान घरमा जन्मे ता पनि स्याउले छाप्रोमा पुरोहित बोलाइ न्वारान गरिएका ती बालकका बाबु तत्कालीन श्री ३ जुद्ध संमशेरका हुजुरिया कप्तान पदम बहादुर बिष्टबाट उनलाई बोलाउने नाम केदार अनि थर बिष्ट पाएका थिए रे । सानैदेखि बिद्रोही स्वभाव.. भएका बालकले (केदार ) लुकिलुकि ..समाजसेवा गर्ने आफ्नो आमालाई कहिले पनि दुख कष्ट दिएनन् रे ..। ज्यु, हजुरलाई.. समर्थन, सुरक्षा र प्रोत्साहन गर्ने उनका बाबु र त्यहीँ प्रथाको विरुद्ध विद्रोह गर्ने सानो बालक केदार ...बाबुको नजरमा तारो थिए भनी लुकिछिपी समाजसेवा गर्ने आमाको नजरमा तारा नै थिए. ..। बाबु छोराको विचार, स्वभाव र व्यबहार नमिल्दा आखिर १० बर्षको कलिलो उमेरमा सुबिधाजन्य घर, कुलीन जीवनशैली अनि बाबुले दिएका नाम पनि त्यागेर आफ्नो न्वारान आफै गरी रुपचन्द्र नाम राखेर सत्य र ठीकको यात्रामा हिडेका थिए ।
जीवन र जगतलाई बुझ्न् एक्लै हिँडेका कलिला मस्तिष्कका ति बालक अरुका घरमा भान्से, घरेलुु कामदार बनेर अफ्नो जीवनयापनका साथै पढ्ने कामलाई पनि निरन्तर दिन थाले । यी दौरानमा देशमा राजनीति परिवर्तनको नारा गुन्जिन थाल्यो १६ बर्षे रुपचन्द्र पहिलो पल्ट पदम बबहादुर बुढाथोकीले २००६ सालमा आयोजना गरेका पन्च भेलामा सहभागी भएका थिए । सात सालको राणा शासन विरुद्धको आन्दोलनमा सहभागी हुँदै विद्यार्थी राजनीति गर्दै २००९ सालमा कम्युनिष्ट पार्टीको सदस्य लिएर राजनीतिक यात्रा शुरु गरेका रुपचन्द्रले २ वर्ष संगठनमा काम गर्ने दौरानमा पक्राउ परे र ऊनी जुन ठाउँबाट पक्राउ परे त्यो ठाउँ पार्टीको जिम्मेवार केही सदस्यलाई मात्रै थाहा थियो रे । र, जेलबाट छुटेर आएपछी बैठक राखी उनलाई पक्राउ गरेर तत्कालीन सरकारलाई सहयोग गर्ने जासुस् पार्टी भित्र रहेको तिनका पहिचान गर्न पर्ने अडान राख्दा पार्टीले वेवास्था गरेकोले नेतृत्वको आलोचना गर्दै अन्ततः पार्टीलाई त्यागेर आफ्नै ढंगमा जनसाधारणलाई सचेत गराउदै हिड्न थाले। यिनै दौरानमा काठमाडौंको पश्चिमी भेग किर्तिपुर, बोसे गाउँ, नैकाप, सतुगललगायत कालीमाटीमा ‘धर्म भकारी’ स्थापना गर्दै समाजप्रति हरेक नागरिकको केहि न केहि दायित्व हुनुपर्छ भन्दै ‘सक्दो सबैले, पुग्दो सरीलाई’ भन्ने नारालाई अगाडि सारी केही नागरिकहरुलाई मितव्यायितामा सहभागी गराइ केहि विद्यालय खोल्ने, पढाने काम गरे । त्यसै क्रममा २०१५ सालको आम निर्वाचनमा स्वतन्त्र उमेदवार रूपमा भाग लिए तर पराजित भए । यिनै दौरानमा जीवनयापन र श्रमको गाथाको महत्वलाई अनुभव गर्नको साथै पढ्ने पैसाको जोहो गर्न ट्रकको खलासी हँुदै ड्राइभर बनेर त्रिभुवन राजपथमा करिब करिब ७ महिना ट्रक चलाएर केहि पैसा जोहो गरेर २६ बर्षको उमेरमा म्याट्ररिक (क्ीऋ) पास गर्न सफल भए र त्रिचन्द्र कलेज भर्ना हुँदै बि.ए., बि.एल अध्यन पुरा गरी ०२१ सालको उपनिर्बाचनमा दामन, पालुङको प्रधान पंन्चमा निर्वाचित हुँदै विकाश निर्माणको काममा आफू अघिसर्दै जनताहरुलाई प्रत्यक्षरुपमा सहभागी बनाउने उदेश्यका साथमा ‘जनशक्ति जनहितको’ निम्ति भन्ने नारालाई अघि सार्दै जनता को प्रत्यक्ष सहभागितामा एउटा ठुलो प्रगतिशील आन्दोलन अधि बढाए यिनै दौरानमा विकास घर, सामुहिक खेती–विकास खेत र विकास बारीमा), आधुनिक खेती र आधुनिक पशुपालन, सामुदायिक बन साथै धर्म भकारीको (सक्दो सबैले, पुग्दो सरीलाई) अबधारणा ल्याएर गाउँको जिबनशैलीमा कायापलट गरि दिए । गाउँका शोषक सामन्ती मात्रै होइन सिङ्गो राज्य नै यी कार्य देखि डराएर आखिर प्रधानपंन्च रुपचन्द्रलाई झ्यालखानामा हाले यी दौरानमा रुपचन्द्रलाई राज्यबाट विभिन्न भौतिक प्रोलोपनले (धन, मन्त्री पद) लोभ्याउने काम भयो तर तर खाने अनि लाउने उमेरमै कुलिनता, विरासतलाई त्यागेर हिडेका, जिबन र जगतको महिमा, गरिमा र उदेश्य बुझेका ईमानका पहाडले ब्यक्तिगत स्वार्थ भनेको रछ्यान हो भन्दै इन्कार गरेपछि अझै यातना दिन गोलघरमा केही महिना राखे । जेलको बसाईको दौरानमा उनले नाताले नजिकको आफन्त पर्ने पाँच बर्षे बालकलाई चिट्ठी लेखेका थिए, जुन चिट्ठीको विवरण यस्तो थियो ।
पुन्टे, अब त अक्षर चिन्ने भयौं होला !
सानो हुँदा तिमी चङ्गा उड्यो भनेर रमाउथ्यौ, चङ्गा होइन जिबनमा आफै उडेर रमाउँदा बेस !
अहिले म नेपाल भन्ने जेलको पनि सानो जेल भित्र छु। अनि तिमी अलि ठुलो जेलमा, फरक यति मात्रै ।
उहीँ तिम्रो जुङे माइलाकाका
करिब दुई बर्षको जेलको बन्दी जीवन बिताएर जब रुपचन्द्र दामन पालुङ आउँदाखेरि उनले जे देखे उनी जिल्ला राम परे उनले जनताको प्रत्येक्ष सहभागितामा बनाएको विभिन्न वडाको विकास कार्यको समिति उपसमिति सबै भंग भै सकेको थियो । विकास बारी र विकास खेत बाजो चौरमा परिणत, धर्म भकारी बन्द, आइएनजिओ र एनजिओको चहलपहल साथै कु–प्रभावमा परेकाले अब जनतालाई शिक्षित गरेपछी मात्रै उनले लिएको उदेश्य पूरा हुने देखेर उनले शिक्षालाई नै जोड दिने संकल्प लिए । ती समयमा सेती गणेश स्कुल निम्न माध्यमिक मात्रैमा सिमित भएकोले अर्को माध्यमिक स्तरमा जनकल्याण हाइ स्कुललाई उच्च प्राथमिक राखेर शिक्षा आन्दोलन चलाए ती दौरानमा हाईस्कुलमा पढ्ने विद्यार्थीलाई हरेक वडामा खुलेको बिहानी र साँझको स्कुलमा पढाउन लागाएर होस् या हरेक विद्यार्थीले विद्यालय आउँदा हरेक दिन एकएक वटा ढुङ्गा अनिवार्य ल्याउन पर्ने नियम बनाएर होस... आखिर उनले जनकल्याण स्कुलको भबन बनाएर छाडे यिनै दौरानमा उनको प्रेम बिबाह उमा शाहसंग भयो । करिब डेढ बर्ष शिक्षा क्षेत्रमा चालाएको आन्दोलन एक सफलताको सिडिमा पु¥याएपछी जनकल्याण हाइस्कुलका प्रधानाध्यापकको पद छोडेर २०२८ सालको घोषणा पत्र सहित स्नातकको चुनावमा भाग लिएका उनी झिनो मतमा पराजित हुन पुगेका रुदाने त्यसै सालको माघ १ गते देबघाटमा आफन्त नातेदारको चुडाकर्म गरिएको कार्यक्रममा अकस्मात् देखा परेका थिए । सुरुमा राम्रैसंग कुराकानी गरिरहेका ऊनी अचानक अस्वभाविक कुराहरु गर्दै निस्बस्त्र हुँदै नारायणी नदिमा हामफालेर बेपत्ता भएका थिए । किन बेपत्ता भएका थिए त रुपचन्द्र त्यस्तो के परेको थियो त उनलाई ? उनी नदिमा हाम्फालेर कता गए ? अनि के गरे ? पछि आर्को पुर्ण लेखमा लेख्ने नै छु ।
वि.सं. २०२९ सालको कुरो हो त्यो बेला हाम्रो परिवारको बसाई नारायणघाट थियो । एउटा हातमा कमान्डलु बोकेको, पहेँलो बस्त्र धारण गरेको, दारी कपाल पालेको एउटा जोगिले मलाई एता आउ त पुन्टे भनेर बोलाउदा म डरले भागेर आमा कहाँ पुगे, आमा बाहिर एउटा जोगी आएको छ र मलाई एता आउ भनेर बोलाएको थियो तर भागेर तपाईं कहाँ आएको भन्दा आमा हत्तपत्त अतालिदै बाहिर आउँदा उक्त जोगी हास्दा मात्रै आमाले चिन्नुभयो र उहाँ जोगी होइन तिमी सानो हुँदा पालुङमा चङ्गा लट्टाइ लिएर आउने तिम्रो काका अर्थात माइलो काजी (आमाले संबोधन गर्ने नाता ) करिब एक बर्ष बेपत्ता भएका र मर्यो कि बाँच्यो भन्ने खबरसम्म पनि नपाएको अबस्थामा आफ्नो भाइ देखा पर्दा मेरो बुबा, हजुरबुबा, कान्छो काका लगायत सम्पुर्ण परिवारहरुको अँखाबाट हर्षको आसु बगेको थियो त्यो दिन । करिब दुई तीन दिन नारायणघाट बसेर मेरो, अनि ठाइलो काकाको छोराहरु र साइलो हजुरबुबा छोराहरुको नामै परिवर्तन गरेर उनी आफ्नो जन्म थलो साथै कर्म थलो दामनपालुङ तिर हानिए । आफुले अधुरो छोडेर गएको गएको जनकल्याण हाइस्कुल त्यो बेलामा आर्थिक अभावको कारणले संकटमा गुर्जीरहेको अबस्थालाई मध्यनजर गर्दै फेरि स्कुलको जिम्मेवारी समाल्दै पाविस ३१ गठन गरि दामन पालुङमा उत्पादित तरकारी, चौपाया लगायत अन्य चिजहरुमा कर लगाएर उक्त करको आम्दानी हिसाब किताब दैनिक सुचना पाटीमा दुरुस्त प्रकाशित गर्दै स्कुल संचालनको साथै अन्य विकास कार्यमा सहभागी जनाउन थाले । ती दौरानमा फेरि दामन पालुङको बिकास साथै शिक्षाको गुणस्तरमा क्रान्तिकारी परिवर्तन हुँदा राज्य र स्थानीय शोषक, सामन्ती र गाउकै लोभीपापी मिलेर रुपचन्द्र अनि उनको अभियानको विरुद्धमा षड्यन्त्र जालो बुन्न थाले । तत्कालिन टिष्टुङ गाबिसको विडारी थरको एउटा बोल्न सिपालु केटोलाई काठमाडौमा प्रशिक्षण गराएर जनकल्याण हाइ स्कुलमा भर्ना गरि विद्यार्थी संगठनको नेता बनाउने काम गरे र बहुसंख्यक विद्यार्थीको माग हो भन्दै किर्ते सहि गरेर स्कुलको संचालक समितिमा पेश भए पछि अन्त्यत रुपचन्द्र बिष्टले हाइस्कुल साथै पछी गएर पाविस ३१ बाट राजिनामा दिएर जनतालाई म नचाहेको रहेछ भन्दै सिमभञ्ज्याङमा गोठ बनाएर बाख्रा पालन गरेर एउटा गोठालोको जीवन यापन गरेर बसे । हरेक कुराहरूलाई मसिनोसंग अध्यन गर्ने स्वभाव भएका उनले बाख्रा पाल्दा एकातिर बाखा पाल्ने बैज्ञानिक विधिको अध्यन गर्दै थिए भनी अर्को तिर दामनको जंगलमा पाइने जैविक जडिबुटी अनि उपचार गर्ने विधिको पनि मसिनोसंग अध्यन गरेका थिए । करिब करिब ८ महिना जति बाख्रा पालनमा आफ्नो जीवनकाल बिताएर उनले दामन टावरमा होटल तथा रेस्टुरेन्ट चालाउन थाले ती दौरानमा खगोल शास्त्रको मसिनो अध्यन साथै ध्यान र पतन्जली योग सुत्रको ‘हठ योग’ करिब करिब ७ बर्ष कठोर अभ्यास गर्नुको साथै कुकुरहरू पालेर त्यस सम्बन्धमा पनि अध्यन (यी कुराको वस्तृत वर्णन पुर्ण लेखमा) गर्दै गर्दा देशमा विद्यार्थी आन्दोलनद्वरा आएको जनमतसंग्रहमा उनले पुरै निलो रंगको लुगा लगाएर हिड्ने काम गरेका थिए । र, सुधरिएको पंचायती ब्यबस्थाले जनाअधिकारलाई अलि खुकुलो गर्दा उक्त अधिकार उपयोग गर्ने रणनीति अनुरुप २०३८ सालको आम निर्वाचनमा घोषणा पत्र सहित केदार, रुपचन्द्र, रुप अनि समयसंग जुधेर, माजिएर, अभ्यास, साधना र तपस्या गरेर दाशैनिकमा रुपान्तरण भैसकेका रुदानेले ‘थाहा दर्शन’ र जनमुखी राजनीतिलाई अघि सारेर चुनावी मैदानमा अन्ततः फेरि उत्रिए । ध्यान, भाब, बिचार, व्यबहार, निष्पक्ष सक्रियताको अभ्यास जीवन, जगत, अबस्था, ब्यबस्था, आबश्यकता, सत्य, इन्साफ, अधिकार, बिकास र प्रगति अर्थात थाहा दर्शनको शुत्रलाई लामा–लामा ब्याख्या गर्दै मकवानपुरका जनताको हजुरमा उजुर हाल्ने काम गर्न थाले । सत्य र ठीकले बनेको थाहा दर्शन अनि ईमान, बिबेक र प्रेमले बनेको जनमुखी राजनीतिलाई चुनावी सभामा राखेर ब्याख्या गर्दै बहुसंख्यक जनसाधारणबाट हात उठाएर .पारित गराउदै हिड्न थाले ति दौरानमा विरोधिहरुलाई पनि जनमुखी सभामा आफ्ना विचार राख्न दिएर वैचारिक स्वतन्त्रताको अभ्यास उनले गरे । मकवानपुरको बिकट गाउँ गाउँमा जनमुखी सभा रेर हरेक जनताले राजनीतिकमा सकृय साथै प्रत्यक्ष रुपमा सहभागिता जनाउनु पर्छ भन्ने रुदानेको बिचारलाइ जनताबाट अनुमोदन हुँदा ऊनी रापसमा निर्बा्चित हुन पुगे । ....क्रमशः
| यादवजंग रायमाझी |
थाहानगरपालिका वडा नंबर ८ शिखरकोटमा रहेको नव जागृत पुस्तकालयका एकजना पुराना अध्यक्षज्युलाई मैले सोधे–‘पुस्तकालयको भाडा आउँथ्यो त्यत्रो पुस्तकहरु थिए तर निरन्तर संचालनमा नआउँदा प्रयोग बिहिन भएर बस्यो ।’ जवाफमा–‘बन्द भए पनि बोरामा कोचेर मैले र मेरो नेतृत्वको समितिले त्यो पुस्तकहरुलाई जोगाएर राख्देको छौ थियौ’ भने । मलाई असाध्यै मनमा जिज्ञासा जाग्न थाल्यो । मैले आफैलाई प्रश्न गर्न थाले–पुस्तकालयको किताब बोरामा कोचेर राख्नुका लागी हो ? बोरामा कोचेर राखेको किताबले मानिसलाई ज्ञान दिन्छ ? दिन्छ भने कस्तो ज्ञान दिन्छ ? पाठकले पढ्न पाउनु पर्ने किताब बोरामा कोचेर राख्ने समितिले दिएको यो जवाफ सही र चित्त बुझ्दो छ ? के त्यो समितिले गरेको त्यो कार्य जायज थियो होला ? विडम्वना, यो सबै सवालको जवाफ पक्कै पनि ‘होइन, छैन’ नै हुन्छ ।
पुस्तकालय चलाउने र पाठकलाई पढ्ने वातवरण मिलाउने जिम्वेवारी बोकेको समितिले जसरी ज्ञानलाई बोरामा रद्दी झै कोचेर राखे । केहि हदसम्म ‘थाहा’ दर्शन त्यस्तै त्यस्तै परिधिमा घेरेर तारबार गरेर राखियो । जसले ‘थाहा’ दर्शनको हुनु पर्ने जती चर्चा प्रचार हुन सकेन । ‘थाहा’ बारे जान्न, सिक्न, बुझ्न खोज्नेहरु जान्न, सिक्न र बुझ्नबाट बञ्चित रहे । यहाँसम्म उल्लेख भएका वाक्यहरुले नै ‘थाहा’ केन्द्रीत भएर बसेकाहरुलाई बिझ्न थालीसकेको हुन सक्दछ । वास्तविकता यही हो । ‘थाहा’ दर्शनले सम्पुर्ण मानव जातीले ज्ञान पाउनु पर्दछ, जान्नु पर्दछ, जान्न उत्सुक हुनु पर्दछ भनेर सिकाउँदछ । अतः यो सबैको थियो, हो, रहने छ तर केहि दल केही ब्यक्तीहरुको समुहले थाहालाई मेरो र हाम्रो भने .... पेवा गरेर खुम्च्याई दिए । यसलाई फैलन नै दिएनन् । बढ्नै दिएनन् । अर्का थरिले ‘थाहा’ बढे रुदानेको नाम आउने, रुदानेको नाम बढे थाहा हाम्रो भन्ने दल र समुह बलियो हुने सोचाईले ‘थाहा’ बढोस् भन्ने नै चाहेनन् थाहालाई अपनाउन नै सकेनन् । ‘थाहा’ र रुदानेका नाममा भएका कार्यकमहरुलाई अघोषित बहिष्कार गरी रहे । यसरी यो जीवनोपायोगी दर्शन सानो घेरामा सिमित हुँदै बस्यो अनि बसाईयो ।
यस दर्शनका प्रवर्तक रुदानेले ‘थाहा’ को सबीस्तार बर्णन गरेर कुनै लिखित पुस्तक वा दस्ताबेज नराखेकोले पनि..... र आफुलाई यस दर्शनको अनुयायी, रुदानेको चेला (स्वघोषित किनकी रुदानेले सधै भन्थे मान होइन जानु) ठान्नेहरु साथै जनमुखी राजनितिमा रुदानेसँग सहकार्य गरेकाहरुको कुनै संगठित संस्था नभएकोले पनि रुदाने जिवित छँदासम्म उनीद्वारा लिखित पर्चा, कविता मकवानपुर भित्र र राजनितिमा चासो राख्ने सिमित रुदानेलाई चिन्ने ब्यक्तिहरु बिच मात्र ‘थाहा’ दर्शन फैलन पायो । त्यो माथी त्यो बेलाको शोषक र सत्ता रुदाने र ‘थाहा’ दर्शनको बिरोधी त छदै थियो ।
रुदानेको स्वर्गारोहणपछि बनेको समितिले रुदानेको पर्चा, भाषण, राष्ट्रिय पंचायतलाई गरेको संम्बोधन, उनीसंग जोडिएका प्रसंगहरुको संगालोलाई पुस्तकको रुप दिएर ुथाहाु पुस्तक निकालेर राम्रो सुरुवात गरेका हुन । यस पुस्तकले रुदानेको ब्यक्तित्व राजनितिक छबी ‘थाहा’ दर्शनको बारे बुझ्न खोज्नेहरुलाई थुप्रै जानकारी दिन सफल नै रही रहने छ । तर यती उपायोगी पुस्तक सर्वसुलभ बनाईएन न मुल्यको आधारमा, न सुलभ उपलब्धता र न प्रयाप्तताको आधारमा नै सबै हिसाबले पहुँच बाहिर पु¥याइयो ।
दामनपालुङ सयुक्त गाबिसको आर्थिक सहयोग र खेलकुद विकास समितिको आयोजनामा हुने ‘थाहा’ रनीङ शिल्ड भलिबल प्रतियोगीताले ‘थाहा’ नामलाई जिवित राख्ने सम्मको काम गरेको थियो । यो बाहेक रुदानेको तस्बिर र शालिकमा जन्मोत्सबका दिन तथा स्मृती दिवशको दिन माल्यार्पण.. सानो भेलाको आयोजना पनि गर्दै आईयो । गर्नेले यो काम राम्रै गरेका हौ भन्ने बुझेका छन् । बुझ्दै आएका छन्, किनकी उनिहरुलाई लागेको छ ‘थाहा’ जप्नु ‘थाहा’ जिवित राख्नु नै ठुलो कुरा हो । जबकी ‘थाहा’ बाँढ्नु ‘थाहा’ दिनु मुख्य कुरा हुन् । रुदानेको बिचार र भनाई हेर्ने हो भने पनि यस्तै यस्तै नै हो ।
रुदानेको स्वर्गारोणपछि ‘थाहा’ को नाम राखेर बनेका संस्थाहरु, त्यो संस्थाले गरेको कार्यक्रमहरु त्यो बाहेक ‘थाहा’ जोडिएर भएका अन्य विविध गतिविधी हेर्दा ‘थाहा’ मौलाएको फैलीएको ‘थाहा’ बढेको देखिन्छ । ‘थाहा’ सबैले बुझेको झै लाग्दछ । रुदाने बारे मकवानपुरे सबैले सबै जानेको छन् भन्ने भान पर्दछ । यो पंक्तीकारको पनि यही भ्रमपुर्ण बुझाई थियो । ‘सत्य थाहा हुँदा झुट नाश हुने’ भनौ या “सत्यको परिचय भ्रमको उल्टो ‘थाहा’ भनौ ...हो त्यो भ्रम, त्यो झुट त्यती बेला नाश भयो जब गएको पौष २६ लाई (रुदानेको जन्मोत्सवलाई) लक्षित गरी गरिएको कार्यक्रममा ‘थाहा’ दर्शन बारे निबंन्ध लेख्न सक्ने माध्यमिक तह स्तरीय विद्यार्थी नै भेटिएन । ‘थाहा’ सबैले सुनेका थिए । रुपचन्द्र बिष्ट पनि सबैलाई थाहा थियो तर ‘थाहा’ दर्शन के हो ? ‘थाहा’ थिएन । रुदाने नाम थाहा थियो तर रुदानेको बारेमा थाहा थिएन । अझ उदेक लाग्दो कुरा रुदानेले स्थापना गरेको अध्यापन गराएको स्कुलका विद्यार्थी समेतलाई यो सबै ‘थाहा’ थिएन । सोही जन्मोत्सवमा गरिएको माध्यामिक विद्यालय स्तरीय हाजिरी जवाफ प्रतियोगीतामा रुदाने र ‘थाहा’ दर्शनसंग सम्वन्धित रहेर सोधिएको प्रश्नको २० प्रतिशत मात्रै सही जवाफ दिईएको पाईयो । अब सोचौं हामीले जोगाई राखेको ‘थाहा’ कती फैलिए छ । निरपेक्ष बनीको मुल्याङ्कन गरौ ‘थाहा’ कती खुम्चिएछ ।
अब के गर्ने ? अब ‘थाहा’ जोगाउनु सँगै फैलाउने बढाउने । ‘थाहा’ु बारे ‘थाहा’ भएकाहरुले जान्न सिक्न ईच्छुकरुलाई बुझाउने । रुदाने र ‘थाहा’ बारे लेख, रचना, पुस्तक छाप्ने देशैभर फिजाउने यो माध्यम सशक्त हुनेछ । सार्थक हुनेछ । युग पाठकद्वारा लिखित उर्गेनको घोडामा ‘थाहा’ दर्शन बारे पाएको सानो जानकारीको प्रभावले पुर्वी नेपालका अभिषेक नेम्वाङ नामका युवा पूर्वका चोक र भित्ताहरुमा ‘थाहा’ लेख्दै हिँडीरहेका छन । उनी भन्छन “हाम्रो समुदाय चेतना र ज्ञानको कमिले पिछडिएको छ, यो माध्यम अर्थात ‘थाहा’ दर्शनको माध्यमले म हाम्रो समुदाय र समाजमा ज्ञान जगाउन कोशिस गर्दैछु । किनकी ुथाहाु दर्शन सुतेकालाई ब्युझाउने नबुझेकालाई बुझाउने प्रभावकारी माध्यम रहेछ ।’ एउटा पुस्तकमा पढेको एक टुक्रा ुथाहाुकै कारणले हुन त ज्ञानको सानो झिल्कोले सत्य, तथ्य, जगत बुझ्न प्रयाप्त हुन्छ त्यस्ते एउटा मानिसलाई यसरी प्रभाब पार्दछ (थाहाको शक्ती नै यही हो) । हो, यसैले ‘थाहा’ बारे ‘थाहा’ भएकाहरुले ‘थाहा’ फैलाउन कलम चलाउन् थाल्नोस् । ‘थाहा’लाई जोगाए नभन्नोस ज्ञान जोगाउने होइन बाँड््ने हो ‘थाहा’ जोगाउने होइन फैलाउने बढाउने हो । यो बाहेक रुदाने र ‘थाहा’सँग जोडिएका दस्ताबेज र सरसामनलाई संकलन गर्ने (जुन बन्दैछ) । जसले यि दुईबारे अध्ययन गर्नेलाई मद्दत पु¥याउने छ । स्मृती दिवस र जन्मोत्सबलाई औपचारिक्तामा सीमित नराखी यो दुई दिनलाई पनि ‘थाहा’ बारे सिक्ने सिकाउने अवसरको रुपमा प्रयोग गर्ने । आगे ‘थाहा’ जोगाएकाहरुले फैलाउने चेतनाको विकास गर्ने ।
कुनै प्रकारको प्रकोप नपरोस यो मानवीय चाहना हो किनकी मानव सदैब शान्ती चाहन्छ । उन्नती र प्रगती चाहन्छ । अग्रता उसको स्वभाव हो । मानव उत्पत्तितिर विकासका अनगिन्ती तर्कहरु भए पनि पृथ्वीको उत्पत्तिसगै भौतिक संरचनाहरु (हावा, पानी, जङ्गल र जमिन) को आ आफ्नै प्रमाणहरु छन । जङल बन्यो (जल ,जमिन र बिरुवाको संयोगमा, जमिन बन्यो (माटो र उर्बराशक्त्तिको आधारमा, मरुभूमि बन्यो (पानीको अभावमा, यतिमात्र होइन चुचुराहरु बने, समथल भुमी बन्यो, खोच बन्यो, गल्छी बन्यो समुद्र बन्यो सबैका आधार र प्रमाणहरु छन । यिनका आ आफ्नै गति छन । गतिमा अबरोध आए विषम् परिस्थितिको पैदा हुन्छ, जसबाट पैदा हुने मानव हितबिरुद्दको परिणामलाई प्रकोप भनिन्छ । जो आफैं हुन्छ प्राकृतिक प्रकोप मानिन्छ ।
यसै मध्येको एक हो २०७२ वैशाख १२ को
![]() |
| सानाेभाइ कार्की |
बिनाशकारी भुकम्प र यो पछिका करिब ४०० भन्दा बढी पराकम्पनहरु । यसबाट १४ जिल्लामा ठूलो क्षति भएको तथ्यांक प्रकाशित भैइसकेको छ । अझै हुँदै पनी छ ।
नेपाल सरकारले यो विपद्को घडीमा आफ्ना नागरिकहरुलाई यथासम्भब आफ्नो क्षमता अनुसार सहयोग गर्ने प्रतिवद्धता देखायो । जुन सरकारको कर्तव्य नै थियो । आफुसंग हुँदा ढुकुटीबाट झिकेर उद्दार गर्नु र नहँुदा सहयोग मागेर भएपनि देशको र जनताकोको सहयोग आफ्नो दायित्व र कर्तव्यबोध भैइ हारगुहार गरयो । जसानुसार ४ खर्ब बरबर सहयोग प्राप्तिको मीठो आस्वासनसहित सरकार योजना निर्माणमा केन्द्रित रहनु प्राथमिकता थियो । यद्यपि नेपालको भर्खरको प्रजातान्त्रिक अभ्यासको सुभारम्भ र देश र जनताको समस्या भन्दा पनि कुर्सीको खेल र सत्तालोलुपताका कारण समयमा कर्तव्यपरायण बन्नबाट दोश्रो प्राथमिकतामा राख्न पुग्यो र पनि ढिलै भएपनि सर्कारको तर्फबाट तथ्यांक संकलन गर्ने र आहतमा परेका जनताहरुलाई आवासको लागि आर्थिक सायोग गर्ने प्रतिवद्धता जनायो । यो खुशिकै कुरा हो । यद्यपी सरकारले यस अघि तात्कालिन राहतको प्याकेजहरुबाट जनतालाई गाँस, बासको ब्यबस्था गर्ने प्रयत्नहरु गरयो । हुने जनताहरुलाई भनेर, देशभित्र कार्यरत गैरसरकारी र अन्तराष्ट्रिय गैरसरकारी संघ संस्थाहरुलाई गुहारेर, सम्पन्न बिपन्न मुलुकहरूका साथ र सहयोग मागेर राष्ट्रको ढुकुटी भरेको सरकारले राहत बितरणको प्रथम चरणमा नै पहिलो गासमा ढुङ्गा नभेटेको होइन । वितरणको हचुवा शैली, शक्तिको आधारमा बितरण, पीडित र अवसरवादीको यथार्थ तथ्यांक बिहिनता, दलिय उच्च प्रभाव यी र यस प्रकारको गतिविधी हुनु वास्तवमा सरकारको नीतिको अभाव त हुँदै हो र पनि सरकारलाई मात्र दोष लगाएर मुक्त्त हुन मिल्दैन । अवसरको खोजीमा तड्पिएकाहरु, बस्तबिक समस्याको पहिचान गर्ने क्षमता नभएकाहरु, देश र जनताको सेवा गर्ने स्वाङ रचेर आफुलाई अब्बल दर्जाको देखाउने मह्त्वाकांक्षा बोकेका नक्कली समाजसेवीहरु कहिले पानि धमिलो होला र माछा समातौला भनेर अवसर खोजेर पर्खिरहेकाहरुका लागि सबै आपत्विपत्हरु धन र नाम कमाउने अवसर हुँदो रहेछ र तिनिहरुको गतिविधिकै कारण सरकारलाई बदनाम पार्न खोजेको र सरकारले ठिक समयमा ठीक कार्बाही गर्ने आँट गर्न नसक्नुको तथ्य पनि भुल्नु चाहिँ हुदैन । यसमा कतिपय बाध्यता र विवशताले भुमिका निर्वाहखेलेको हुन सक्दछ । जे होस् आपत्कालीन बेलामा पनि दाल चामल, पाल त्रिपाल, लत्ताकपडा लगायतका आधारभूत सरसामानहरुको लुछाचुडी यस्को ज्वलन्त उदाहरण हो । यतिमात्र होइन, अन्यत्रबाट ल्याइएको राहतका सामाग्रीहरुलाई कसैले दलिय प्रचारप्रसार र कसैले राहतको बोराभित्र बाइबल राखेर गरेको प्रयासले पनि यी सबको मानविय समवेदनालाई स्पष्ट रुपमा उजागर गर्दछ । आखिर जे होस् त्यो चरणको अन्त भै सक्यो पाउनेले पाए नपाउनेले पाएनन । आपत्कालिन चरण सकिए पनि दीर्घकालिन रुपमा जनताको स्थायी ब्यबस्थापन गर्नु राज्यको महत्वपुर्ण दायित्व भएको हुँदा आफ्नो क्षमताको आधारमा रु २०००००। राहत स्वरुप प्रदान गर्ने र रु २५००००० । काठमाडौ उपत्यका र मोफसलमा रु १५००००० । सम्म ऋण २५ मा उपलब्ध गराउने र सो को लागि यथासम्भब कम झन्झटमा उपलब्ध गराउने भनी आशाप्रद् आश्वासन सरकारले घोषणा र्गयो । जस्ले आहतमा परेका जनताहरुमा आशाको आँकुरा पलायो । मानिसहरु आफ्नो बेदनालाई केही पर सारेर आशाको त्यान्द्रोको भरमा दिन गन्न थाले । अब यस्को लागि के नीति आउने होला ? के साच्चिकै भुकम्पले तहसनहस पारेको घरआवासको पुनर्निर्माण होला ? पक्कै हुन्छ । होइन होला ! गाउँ घर र बस्तीहतुमा बहस चल्न थाल्यो ।
अखिर ढिलै भए पनिराज्यले राहत बितरणको नीति बनायो ।जस्कोलागी पहिला (प्राबिधिक सर्वेक्षण गर्ने । उस्को प्रतिबेदनको आधारमा ऋण उपलब्ध गराउने । यस्को मुलकारण यस अघि राजनैतिक दल, सम्बद्ध निकाय र ब्यक्त्तिहरुले गरेको ज्यादतिलाई आरोप लगाइयो । पाए खानेले पनि अवसर गुमाएनन् र ढुकुटी बितरण गर्नेले पनि मौकालाई खेर फाल्न नचाहेकोले नै दोश्रो उपायको अबलम्बन गरेको खबर जनमानसमा आयो । पीडाको घाउले चर्चराएकाहरुको एउटै उपाय प्रतीक्षा नै हो । प्रतिक्षारत रहे । तदनुरुप गाउगाउमा प्राबिधिकहरु तथ्य प्रमाणित गर्ने ससामान बोकेर घरघरमा पुगे । भत्केको चर्केको घरहरुमा डिजिटल क्यामेरा घुमाएर, घरमुलिलाई उभ्याएर, रातोकार्ड,नागरिकता समेत प्रमाणिकरण गर्दै जाचपड्ताल गरियो । एउटा मात्र घर भएका, बस्न आपत परेका हरुलाई प्रथिकामा राखिने नीति भएको सुनाइयो । जनताले सुने । नतिजाको प्रतीक्षा गर्नुको बिकल्प थिएन प्रतिक्षारत रह्यो । एउटै आशा गरे कि अब जस्ताको त्यस्तै नतिजा आउँछ पक्ष पात हुदैन । प्रतिक्षाको घडी लामो हुन्छ । अघाएको भन्छ डाँडापारी खाउँ, भोकाएको भन्छ डाँडावारी खाउँ भने झै लामै समयको पर्खाई पछि नतिजा आयो । तर जे हुँदैन भनेको तेहि हुम पुग्यो । जस्मा सबै पीडितहरुको चर्किएको घाउमा मल्हम लगाउन यो प्राबिधिक प्रतिबेदनले सकेन ।
यस्का कारणहरुमाः
(१) ढुङ्गामाटोको जडानले बनाएको घरहरु भुकम्पको धक्काले हल्लाएपछी बिस्वस्त हुदैन भन्ने यस अघिको समाचार अनुरुप नहुनुमा कि त प्राबिधिकहरु अनभिग्य हुन वा उनिहरु हचुवा बोल्दछन।
(२) भत्केका सबै घरहरुको पुनर्निर्माणको निर्बाध रुपमा सिफारिस हुन्छ भन्नू र नतिजामा सो अनुसार नहुनुमा के हो ? प्राविधिकहरुको क्यामेरा गलत हो वा नियत ?
(३) बस्ने घरको विकल्प भए सिफारिसमा नपर्ने भन्नू तर एउटा घर चर्कनु अर्को घर तन्दुरुस्त हुनु तर चर्केको घरको सिफारिसमा पर्नु के हो ? नाता ? कृपा ? पुरस्कार ? वा अन्य केही कि प्राविधिक अक्षमता ?
(४) एउटै घर दुईजनाको सम्म पीडितमा पर्नु के हो ? दान कि मौकाको मितेरी ?
(५) उस्तै प्रकिर्तिको चर्किएको भत्किएको र बस्न अयोग्य घर एउटाको पीडितमा पर्नु अर्कोको नपर्नुमा के हो ? पक्षपात वा अग्यानता ? हो भने कस्को ? प्राविधिकको कि सहयोगिको ?
यी र यसप्रकारको चर्चापरिचर्चाहरु अहिले भुकम्पको नतिजा प्रकाशन पछि चलिरहेका छन ।पीडितहरु अहिले छट्पटीमा छन । अब के गर्ने ? कसरी अवासको निर्माण गर्ने ? कि सुरुमा नै हामी सक्दैनौ, आ आफ्नो घर आफै बनाउ भनेको भए आफ्नो क्षमता अनुसारका घर बनाएर बसिन्थ्यो । माछोमाछो भ्यागुतो भयो । गरिबलाई झुक्याउने काम भयो । यो पीडितहरुको आर्तनाद कस्ले सुनिदिने ? हिजोका दिन जो तथ्यांक संकलन गर्न आए उनिहरुको भाडा चुक्त्ता भयो गए । आफ्नो बस्ती उस्तै छ, स्थानिय निकाय जिम्बेवार छैन । हामीलाई थाहा छैन हामिले गरेको होइन उनीहरुको जवाफ छ । बास्तबिकता स्थानिय निकायको तेहि हो, पीडितको अवस्था यहि हो जस्ताको त्यस्तै छ ।
यसैले यहाँ विचारणीय कुरा के हो भने गल्ती त्यहाँ भयो जहाँ निष्पक्ष प्रतिबेदन संकलन गर्न खटिएर जनताको करबाट उठेको राज्यको पैसाको जागिर खाएर जनताकै टाउकोमा ठटाउने बिचारबिबेकका गरिब, उरेन्ठेउला मानसिक कम्जोर मनस्थितिका प्राविधिकहरु वाणिज्यशास्त्र पढेलेखेकाहरु कानुनको स्वाङ रचेर गाउँगाउँ पस्नु । अर्को पक्षमा ती ओराबिधिकहरुको सहयोगीहरु जस्लाई कुन घर कस्को हो ? त्यो घरको धनी को हो ? त्यहाँ जाने बाटो देखाउनका लागि भर्ती गरेकाहरुले न्यायाधीश बन्नुमा गम्भीर गल्ती हुन पुगेको देखिन्छ । उनीहरु मार्गदर्शकको भुमिकामा भन्दा प्रतिबेदकको काम गरेको पाइयो । फलत यो परिणाम देखा पर्न आयो । यहाँनेर ती सम्बद्ध पक्ष्हरुले के बुझ्न जरुरी छ भने जबजब जन असन्तोस वृद्धि हुन्छ त्यो बेलाको सामना गर्न सरकारले पनि सकेको छैन । हरेक परिवर्तन जन असन्तोष कै परिणाम हो ।जनताले चाहेमा ती झुट्टो प्रतिवेदक र सहयोगीहरुले हिजो खाएको तलब र भत्ता असुली गर्न सक्दछन् । पच्दैन । भोलि जन असन्तोषका कारण रकम फिर्ता गर्नुपर्दा सिफारिसकर्ताको विग्यता र सहयोगीको सहयोग के हुन्छ ?
यी सबै परिस्थितिमा अहिले जनताहरुको एउटा मात्र चाहना र आवाज छ कि समान घटनाको समान नतिजा आउनै पर्दछ । नत्र राम्रो हँुदैन । हुनपनि यो जनताहरुको माग नाजायज छ चाहिँ भन्न सकिदैन । बेलैमा यो असन्तुष्टहरुको मागलाई सम्बोधन गर्न पुनः छुटफुटको तथ्याङ्कलाई पुनः परिक्षण नै अन्तिम र निर्विकल्प उपाय हुन सक्दछ ।
एउटा सुनसान शहरमा एक्कासी एउटी मानसिक स्थित गुमाएकी एक महिला एउटा सिङ्गोडा दोकानमा पुग्छीन र सिङ्गोडा दिइरहदा त्यसै पसलमा एक ग्राहक आउँछन् र सिङ्गोडमा माग्छन् र उक्त मानिसले सिङ्गोडा खाइरहदा नि मानसिक स्थित गुमाएकी ति महिलाले पर्स चोरेर भाक्छिन् । चोर ! चोर ! चोर – उक्त मान्छेले भन्छ । र ति मानसिक स्थित गुमाएकि महिला भाक्छिन र उनलाइ खेदाउने मानिसको जमाथले एउटा कार्यक्रमको मोड लिन्छ ।


उक्त महिला मानसिक स्थित गुमाएकि महिला हुदिनन् उनी माइति नेपाल ले आयोजना गरेको मानव तथा चेलिबेटीबेचखिन न्यूनिकरण गर्ने उद्देश्ले नव आवाज नाट्य समूह झापा नेपाल ले तयार पारिएको नाटकमा अभिनय गर्ने एक कलाकार हुन्छिन् जुन कार्यक्रम प्रति उक्त जमाथको ध्यान जाओस र कार्यक्रमले दिएको सन्देश सबैले बुझुन भन्ने हेतु ले तयार परिएको हुन्छ । अनि सडक नाटक धेरै, छुटै माहोलको बिचमा सुरु हुन्छ ।


सुन्दर देश निमार्णको निम्ति युवाहरु उठ्नु पर्छ, तब मात्र सुसान युक्त सुन्दर शहर सुन्दर देशको कल्पना हुन्छ । हाल बिभिन्न किसिमका संघसंथा हरु समाज निमार्णका लागि जुटिरहेका छन् । समाजमा भएका बिभिन्न बिक्रिति बिसंगतिहरुलाइ न्यूनिकरण गर्ने उद्देश्यले नेपालमा धेरै संस्थाहरुको जन्म भइसकेको छ । धेरै संस्थाहरुले समाज निमाणमा धेरै ठूलो भुमिका खेलिरहेका छन् ।यसैबिच ‘नव अवाज नाट्य समूह झापा, नेपाल ’ सामाजिक बिसंगतिलाइ नाट्किय रुपमा प्रस्तुत गरि अहिले सबैको मनमा बस्न सफल भएको छ ।
बि.स. २०६९ सालमा गैर मुनाफामुलक संस्थाको रुपमा स्थपना भइ’ हामी जोगाउँछौं पहिचान’ भन्ने मुल नाराका साथ अगि बढेको यो संस्थाले पुराना संस्कृति/ पुराना भेषभुषा /पुराना हाम्रा धरोवटहरुको संरक्षरणको निम्ति बिभिन्न किसिमका कामहरु गरिसकेको छ । बिशेषत अहिलेको यो परिपेक्षमा बिदेशि संस्कृति भित्रिदै गएको अवस्थामा यो संस्थाले नाटकिय माध्यम बाट ति संस्कृतिहरुको संरक्षणको निम्ति बिभिन्न ठाउँमा चेतनामुलक सडकनाटक का साथमा बिभिन्न ठाउँमा अन्तरक्रिया कार्यक्रम समेत गरेको छ । पूर्वाअञचलका बिभिन्न क्षेत्रहरुमा कार्यथलो बनाइ बढ्दो बिक्रितिलाई नियन्त्रण को निम्ति सडक नाटक देखि रंगमञ्च सम्म समाज निमाणर््ाको निम्ति यस संस्थामा क्रियाशिल सम्पूर्ण कलाकारहरु एक जुट भएका छन् । हाल यो संस्थमा ३८ जना सदस्यहरु छन् भने सामाजिक बिकृति न्यूनिकरणको निम्ति बिभिन्न समूह–उप समूहहरु गठन भएका छन् जसले बिगत केहि बर्ष देखि राष्ट्रय र स्थानिय स्तरमा सामाजिक रुपान्तरणको निम्ति कार्य गरिरहेका छन् । बिशेषत मानव तथा चेलिबेटी बेचबिखन÷महिला हिंसा÷बाल दुरव्यावार सम्बन्धीत कुरालाइ बिषय बस्तु बनाएको यो संस्थाले त्यस सम्बिन्धी बिभिन्न गाउँ स्तर र बिभिन्न ठाउँमा सचेताना मुलक सडक नाटकहरु प्रस्तुत गर्ने गरेकोछ । यो संस्थाले सडक देखि रंगमञ्च बाट रंगकर्मिले उठाएको यी बिषय बस्तुलाइ सबैलाइ रुचाएका छन् ।
चेलिबेटी बेचबिखन बढिरहेको यो अवस्थामा यो संस्थाले इलाम पशुपतिनगर माइति नेपाल÷झापा काकरभिटा माइति नेपाल, साना हातहरु नेपाल, महिला तथा बालबालिकाको कार्यलय भद्रपुर झापा, जस्ता बिभिन्न कार्यलय तथा बिभिन्न संस्था तथा स्थानिय वासिन्दाले यस संंस्थाको कार्यप्रति साथ दिइ आर्थिक र सामाजिक रुपले अगि बढ्न पेरणा दिएका छन् । साथै यस संस्थाले एच.आइ भि एड्स, लागु पदार्थ दुर्वेसन, मानव तथा चेली बेटी बेचबिखन जस्ता बिषयलाइ उठाई हाल बिभिन्न सिकिमका कार्यक्रम पनि सञ्चालन गर्दै आएको छ । नव आवाज नाट्य समूह झापा ले समाजमा बिकृति बिसंङ्गतिलाइ न्यूनिकरण गर्नको निम्ति रेडिया नाटक बाट पनि यो संस्थाले अभियान थालिसकेको छ । यस संस्थाले कृषि,युवा स्वोरोजगार,र युवाका चाहाना अनुरुपका सामाग्रीलाइ पनि समेटेको छ ।
नव आवाज नाट्य समूहले आजको दिन सम्म आइपुग्दा १०७ ओटा भन्दा बढि सचेतनामुलक सडक र स्टेज नाटक प्रदशन गरिसकेको छ भने रेडियो नाटक करिब ३०० ओटा भन्दा बढि भागमा सम्प्रेशण गरिसकेको छ । पश्च्याताप, मेरी आमा जिन्वाद, आशँु,सर्पको काचँुली, चेलीको आशुँ, खोक्रो जिवन, चम्किलो कोइला,रंगेली, हर्कबाहादुर जस्ता चर्चित सडक तथा रंगमञ्चमा नव आवाजले नव आवाजको सन्देश दिइ मञ्चन गरिसकेको छ ।

गैर मुनाफा मुलक यो संस्थालाइ सकारात्मक बाटोमा तथा समाज सुधारको निम्ति नाट्किय ढङ्गबाट खेलेको भुमिका सहरानिय छ, जुन समूहलाइ अगाडि बढाउनको निम्ती तपाइ हाम्रो योगदान महत्वपूर्ण रहन्छ । नव आवाज नाट्य समूह जस्ता गैर मुनाफा मुलक संस्थालाइ आर्थिक ,सामाजिक रुममा अगाडि बढाउनु तपइ हाम्रो योगदान महत्वपुर्ण हुन्छ ।

(लेखक भुजेल झापामा कार्यरत् पत्रकार हुन् Email: arjunbhujel521@gmail.com। )

कुनै पनि देशका लागि विकासको प्रश्नले अत्यन्त ठूलो महत्व राख्दछ । कुनै देशको कति उन्नति भएको छ ? त्यो कुरा त्यो देशको कति विकास भएको छ ? त्यो कुराले नै फैसला गर्दछ । समाजको प्रारम्भिक कालदेखि नै मानिसहरूले विकासका लागि प्रयत्न गर्दै आएका छन् । जङ्गली युगमा ढुङ्गाको औजारहरू प्रयोग गर्ने मानिस आज जुन सभ्य अवस्थामा पुगेका छन्, त्यसका पछाडि विकासको नै महत्वपूर्ण भूमिका रहेको छ । कुनै देशमा राजनैतिक परिवर्तन वा क्रान्तिपछि पनि विकास कार्यमा जोड दिने गरिन्छ । कुनै राजनैतिक परिवर्तन वा क्रान्ति कति सफल भयो ? त्यो कुराको मूल्याङ्कन पनि कति विकासका कार्यहरू भए ? त्यसका आधारमा नै गरिन्छ र गरिनु पर्दछ ।
राजनीति र विकासको आपसमा घनिष्ट सम्बन्ध छ । वास्तवमा भन्ने हो भने राजनीतिको अन्तिम उद्देश्य नै विकास हुन्छ । समाजवादी क्रान्तिमा यस कारणले जोड दिइन्छ कि त्यसद्वारा समाजको धेरै नै विकास सम्भव हुन्छ । साम्यवादी समाजको निर्माणमा जोड दिनुको अर्थ यो हो कि त्यसमा समाजको उच्चतम विकास सम्भव छ । त्यहाँ जीवनलाई आवश्यक पर्ने सामानको जुन विकास हुन्छ, त्यसले गर्दा सबैको आवश्यकता पुरा गर्न सकिन्छ ।
जङ्गली युगका तुलनामा दास युगमा उत्पादक शक्तिहरूको बढी विकास हुन्छ र त्यही प्रकारले सामन्ती युग वा पूँजीवादी युगमा पनि उत्पादक शक्तिहरूको झन् बढी विकास हुँदै जान्छ । त्यसको परिणामस्वरूप जङ्गली युगको तुलनामा दास युग, सामन्ती युग वा पूँजीवादी युगमा झन् बढी विकास कार्यहरू हुँदै जान्छन् ।
मानव समाजको कति विकास भयो ? त्यो कुराको निर्धारण यो कुराले गर्दछ– समाजमा जीवनका लागि आवश्यक पर्ने समाजको कति उत्पादन भयो ? जङ्गली युगको तुलनामा दास युग, सामन्ती युग वा पूँजीवादी युगमा जीवनका लागि आवश्यक पर्ने सामग्रीहरूका उत्तरोत्तर उत्पादन भयो र हुँदै गयो । त्यही आधारमा नै जङ्गली युगको तुलनामा पछिल्ला युगहरूलाई क्रमशः बढी विकसित युगहरू मानिन्छन् । तर प्रत्येक एउटा पिछडिएको युगबाट तुलनात्मक रूपमा विकसित युगमा प्रवेशमा राजनीतिको महत्वपूर्ण भूमिका रहने गरेको छ ।
पहिलेको जङ्गली युगमा पनि समाजको अवस्थाले एक अवस्थाबाट अर्को अवस्थामा प्रवेश गर्ने गरेका छन् । जस्तै कि पुरानो ढुङ्गे युगबाट नयाँ ढुङ्गे युगमा विकास । ती युगहरूमा भौतिक परिस्थिति र आवश्यकता अनुसार नै परिवर्तन भयो । त्यो परिवर्तनमा राजनीतिको कुनै भूमिका रहेको देखिन्न । जङ्गली युगबाट दास युगमा भएको परिवर्तन पनि स्वतस्फुर्त रूपले भएको देखिन्छ । तर दास युगदेखि पूँजीवादी युगहरूसम्मको विकास क्रममा राजनीति वा सङ्घर्षको महत्वपूर्ण भूमिका रहेको देखिन्छ । दास युगिन व्यवस्थाका विरुद्ध धेरै ठूला दास विद्रोहहरू भएका थिए । सामन्ती युगका विरुद्ध ठूला पूँजीवादी क्रान्तिहरू भए । त्यही प्रकारले पूँजीवादका विरुद्ध समाजवादी क्रान्तिहरू भए र संसारको एउटा ठूलो भागमा समाजवादी व्यवस्थाको निर्माण भएको थियो । समाजवादी क्रान्तिपछि रूसमा कति धेरै विकास भएको थियो ? त्यसका लागि खालि एउटा उदाहरण दिनु पर्याप्त हुनेछ । सन् १९२९ मा आर्थिक सङ्कट भएको वेलामा रूस त्यसबाट मुक्त थियो ।
त्यसरी इतिहासका बेग्ला–बेग्लै कालखण्डहरूमा राजनीतिले जुन परिवर्तन वा क्रान्तिहरू ल्याउँछ, त्यसले विकासको गतिलाई तीव्र बनाउँछ । विकाससित जोडिएको अर्को महत्वपूर्ण प्रश्न हो। त्यो विकासबाट समाजको कति भागलाई फाइदा पुग्दछ ? अहिले विकसित पूँजीवादी देशहरूमा उच्च प्रकारको विकास भएको छ, तर त्यो विकासका उपलब्धिहरूको असमान प्रकारले वितरण हुने गर्दछ । त्यसले गर्दा त्यो विकासबाट मुख्य रूपले समाजको सानो भागलाई मात्र फाइदा पुग्दछ । त्यो विकासबाट प्राप्त हुने फाइदाहरूलाई सम्पूर्ण समाजमा पुर्याउन समाजवादी क्रान्तिको आवश्यकता पर्दछ ।
माथिको सङ्क्षिप्त विवरणबाट एकातिर, जीवनका लागि विकासको अत्यन्त ठूलो महत्व भएको कुरा र, अर्कातिर, विकासको गतिलाई अगाडि बढाउन राजनीतिको भूमिका, अर्का शब्दमा विकास र राजनीतिको अन्तरसम्बन्धलाई पनि बुझ्ने प्रयत्न गर्नु पर्दछ ।
नेपाल विकासका लागि अत्यन्त धेरै सम्भावनाहरू भएको देश हो । नेपालका कतिपय नेताहरूले नेपाललाई स्विटजरल्याण्ड वा सिङ्गापुर बनाउने चर्चा गर्ने गरेका छन् । वस्तुगत रूपमा नेपालका त्यसभन्दा बढी विकासका सम्भावनाहरू छन् । तर त्यसका लागि जुन प्रकारको राजनैतिक व्यवस्था हुनु पर्दथ्यो, त्यसको अभाव छ ।
प्रश्न अहिले नयाँ जनवादी वा समाजवादी व्यवस्था नै नभएकाले विकासमा बाधा पुगेको छ भन्ने होइन । देशमा कमसेकम जुन प्रकारको पूँजीवादी प्रजातान्त्रिक प्रणाली वा देशको विकासका लागि उत्तरदायी प्रकारको प्रशासन यन्त्र हुनु पर्ने हो, त्यसको पनि कमी छ । संसारका विभिन्न देशमा पूँजीवादी व्यवस्था वा सरकार अन्तर्गत पनि धेरै उन्नति भएको छ । तर विकासका लागि त्यति न्यूनतम प्रकारका जिम्मेवारीहरू पुरा गर्न सक्ने प्रकारका उत्तरदायी राजनैतिक व्यवस्था वा सरकारको पनि हाम्रो देशमा अभाव छ । त्यसैले नै हाम्रो देशमा विकासका अत्यन्त धेरै सम्भावनाहरू भएर पनि हाम्रो देश पिछडिएको अवस्थामा छ । त्यो समस्याको समाधानका लागि राजनीति अगाडि आउनु पर्दछ ।
राजनीति भन्नुको अर्थ राजनैतिक दलहरू नै हुन्छ । राजनीतिक व्यवस्था वा सरकारको निर्माण पनि राजनीतिक दलहरूद्वारा नै हुन्छ । हाम्रो देशको गम्भीर समस्या के हो भने प्रमुख राजनीतिक दलहरू नै विकासको कार्यप्रति इमान्दार, उत्तरदायी वा सक्षम देखिन्नन् । खास गरेर उनीहरूमा भएका देशको विकासभन्दा सङ्कीर्ण स्वार्थहरूलाई केन्द्रमा राखेर काम गर्ने, राष्ट्रिय सम्पत्तिको व्यक्तिगत वा दलीय स्वार्थमा दुरूपयोग गर्ने, भ्रष्टाचार गर्ने वा आफ्ना सङ्कीर्ण स्वार्थहरू पुरा गर्न विदेशी शक्ति वा कम्पनीहरूसित राष्ट्रिय स्वार्थहरूको सौदावाजी गर्ने प्रवृत्तिहरूबाट विकासको काममा धेरै नै बाधा पुग्ने गरेको छ । केही उदाहरणहरूबाट त्यो कुरा प्रष्ट हुने छ ।
कुरा पानी र बिजुलीबाट सुरु गरौँ । जल सम्पदाका दृष्टिले नेपाल संसारको एउटा सबैभन्दा धनि देशहरूमध्येमा पर्दछ । त्यो पानीको मात्र सदुपयोग गर्ने हो भने पनि नेपाल थोरै समयमा नै संसारको एउटा अत्यन्त उन्नत देश बन्न सक्दछ । तर त्यो पानीमाथि विदेशी शक्तिहरू, मुख्यतः भारतले एकाधिकार कायम गर्ने प्रयत्न गरिरहेको छ । नेपालका राजनैतिक शक्तिहरूले सत्ता र आफ्ना सङ्कीर्ण स्वार्थ वा कमिसनका लागि विदेशी शक्ति वा कम्पनीहरूसित सम्झौता गरेर पानीको उपयोगको अधिकार अरूलाई दिने गरेका छन् । उदाहरणका लागि, माथिल्लो कर्णालीमा स्वयं नेपालले नै बिजुली उत्पादन गर्न सक्दछ । नेपालका विभिन्न सञ्चय कोष, बैङ्क, प्रवासी वा आवासीय नेपाली वा आवश्यकता अनुसार विदेशी सरकार वा बैङ्कहरूबाट ऋण लिएर पनि त्यो परियोजनालाई पुरा गर्न सकिन्छ । तर त्यसबारे विदेशी कम्पनीसित सम्झौता गरेर त्यो परियोजना विदेशीहरूलाई दिइएको छ । त्यो गम्भीर प्रकारको राष्ट्रघाती कार्य हो । नेपालका अन्य कैयौँ नदीहरूबारे पनि त्यही प्रकारका असमान वा राष्ट्रघाती सन्धिहरू गर्ने गरिएका छन् । त्यसरी जुन पानीले नेपालको विकासमा धेरै नै मद्दत पुर्याउन सक्दथ्यो, त्यी सबै नदीहरूमाथि विदेशीहरूको स्वामित्व कायम हुँदै गएको छ । आज नेपालमा घण्टौँको लोडसेडिङ हुने गर्दछ । जलश्रोतका दृष्टिले यति धेरै धनि भएको देश अन्धकारमा बस्नु पर्ने—त्यो नेपालको राजनैतिक व्यवस्था वा ठूला राजनीतिक दलहरूका गैरजिम्मेवार नीति वा भूमिकाका कारणले हुने गरेको छ ।
नेपालमा कृषिको विकासको पनि ठूलो सम्भावना छ । सिञ्चाइ, बिजुली, कृषिको आधुनिकीकरण गर्ने हो भने कृषिको विकासको धेरै सम्भावना छ । कृषिको क्षेत्रमा नेपाल आत्मनिर्भर बन्न सक्दछ । तर त्यस विषयमा पर्याप्त ध्यान जान नसक्दा नेपाल कृषिको विषयमा झन्पछि झन् परनिर्भर बन्दै गइरहेको छ ।
उद्योगको विकासका लागि पनि नेपालका धेरै नै सम्भावनाहरू छन् । उद्योगहरूको विकासका लागि आवश्यक पर्ने कच्चा सामाग्री, बिजुली, जनशक्ति आदिको नेपालमा कमी छैन । देशभित्र पूँजीको सङ्कलन गरेर प्रवासी र आप्रवासी नेपालीहरूलाई लगानीका लागि प्रोत्साहित गरेर, देशभित्रका विभिन्न कोषहरूबाट ऋण लिएर, स्वयं सरकारले लगानी गरेर वा आवश्यकता अनुसार विदेशबाट ऋण लिएर पनि पूँजीको व्यवस्था गर्न सकिन्छ । तर भारतको प्रारम्भदेखि नै नेपालमा उद्योगधन्दाहरूको विकासमा बाधा पुराउने नीति रहेको छ । भारतले अन्तर्राष्ट्रिय पारवहनमा पुराएको बाधाले गर्दा पनि नेपालमा उद्योग र व्यापारको विकासमा बाधा पुग्ने गरेको छ । विदेशी दवावका कारण नेपालका विभिन्न सरकारहरूसित राष्ट्रिय उद्योग र व्यापारको संरक्षण गर्ने नीति अपनाउने गर्दैनन् र उदार भन्सार नीति अपनाउने गर्दछन् । त्यसबाट पनि शिशु उद्योगहरूको विकासमा बाधा पुग्ने गर्दछ ।
नेपालमा पर्यटनको विकासका असीम सम्भावनाहरू छन् । सर्वोच्च शिखर सगरमाथा र पूर्वदेखि पश्चिमसम्म फैलिएको हिम शृङ्खला नेपालमा छ । त्यो बाहेक नेपालभरि नै कैयौँ पर्वत शृङ्खला, पर्वत शिखर, सुन्दर प्राकृतिक दृश्यहरू छन् । प्राकृतिक सुन्दरता, ऐतिहासिक परम्परा, सांस्कृतिक सम्पदा, जातीय विविधताका दृष्टिले पनि नेपाल धेरै नै धनि छ । त्यो बाहेक एउटा अर्को पक्षले पनि नेपालको पर्यटनमा नयाँ आयाम थप्न सक्दछ । त्यो हो– ग्रामीण पर्यटन । त्यसरी नेपालको प्रत्येक गाउँ पर्यटनको दृष्टिले धेरै नै महत्वपूर्ण हुन सक्दछन् । केही पूर्वाधार तयार पार्ने बित्तिकै नेपालमा पर्यटनको व्यापक विकासको सम्भावना छ ।
माथि नेपालको विकासका केही पक्षहरूको मात्र चर्चा गरियो । ती बाहेक अन्य कैयौँ क्षेत्रहरूमा नेपालमा विकासका धेरै सम्भावनाहरू छन् । तर केन्द्रमा उत्तरदायी राजनीतिक व्यवस्थाको अभाव, देशका प्रमुख राजनीतिक शक्तिहरूको गैरजिम्मेवार प्रवृत्ति, प्रशासनको भ्रष्ट र नोकरशाही प्रवृत्तिका कारणले नेपालमा हुन सक्ने विकास पनि हुन सकिरहेको छैन । देशमा व्यापक विकासको सम्भावना छ । तर नेपालमा राजनीतिक दलहरू, सरकार वा प्रशासनले त्यो विकासमा बाधा पुर्याउने काम गरिरहेका छन् । नेपालको विकासका लागि ती सबैमा सुधारको आवश्यकता छ र त्यस प्रकारको विकासपछि नै नेपालमा दु्रत गतिले विकास हुन सक्ने छ ।
त्यस प्रकारको सुधारका लागि व्यापक र देशव्यापी जनचेतना र राजनीतिक भूमिकाको आवश्यकता छ । यहाँ विकास कार्यका लागि आवश्यक जनचेतना र राजनीतिक भूमिकाको आवश्यकताको जुन कुरा गरियो, त्यो स्वतःस्फूर्त रूपले पैदा हुन्न । सही प्रकारको राजनीतिक दर्शनमािथ आधारित तथा देश र जनताप्रति उत्तरदायी प्रकारको दृष्टिकोण र कार्यशैली भएका राजनीतिक शक्तिको नेतृत्वमा नै देशमा त्यस प्रकारको सुधार सम्भव छ । देशका राजनीतिक दलहरूमा जुन प्रकारको गैरजिम्मेवार, भ्रष्ट र स्वार्थपरायण दृष्टिकोण हावी छ, त्यो अवस्थामा त्यस प्रकारको राजनीतिक दलको विकास अत्यन्त कठिन र जटिल कार्य हो । खास गरेर जनताको कुन राजनीतिक दलको कुन प्रकारको दृष्टिकोण, नीति, राजनीतिक लाइन र कार्यशैली छ ? त्यो हेरेरभन्दा पनि कुनै राजनीतिक दलको शक्ति, प्रभाव वा त्यसबाट फाइदा उठाउने सम्भावनामाथि ध्यान दिएर नै कुनै सङ्गठनलाई समर्थन गर्ने प्रवृत्तिका कारणले देशमा र विकासको क्षेत्रमा सही र प्रभावशाली भूमिका खेल्ने राजनीतिक शक्तिको विकास सजिलो हुन्न र हुने छैन । त्यस प्रकारको राजनीतिक शक्तिको विकास नहुँदासम्म अहिलेसम्म विभिन्न राजनीतिक शक्तिहरूले जुन प्रकारको भूमिका खेल्दै आएका छन्, एउटा नयाँ, आत्मनिर्भर र उन्नत नेपालकोे विकास सम्भव छैन । यो अप्रिय तर कटु सत्य हो । गत ६ दशकको इतिहासको सरसरी प्रकारले अध्ययन गर्ने हो भने पनि त्यो कुरामा कुनै शङ्का रहने छैन ।
विकास कार्यसित सम्बन्धित अन्य दुई वटा कुराहरूमाथि पनि हाम्रो ध्यान जानु पर्ने आवश्यकता छ । प्रथम, जे जति विकास हुन्छ, त्यसबाट खालि मुट्ठिभर व्यक्तिहरूलाई फाइदा हुन्छ भने विकासबाट पुग्ने योगदान ऋणात्मक नै हुने छ । त्यसकारण कुनै देशमा विकास बढ्दै जानुका साथै समाजका बहुसङ्ख्यक जनतालाई त्यसबाट लाभ पुगोस्—त्यसप्रति पनि हाम्रो ध्यान जानु पर्दछ ।
द्वितीय, अहिले देशमा जे जति विकास भएको छ, त्यो राजधानी, केही खास स्थान वा सहरहरूमा नै सीमित रहने गरेको छ । देशका दूरवर्ती वा ग्रामीण भागहरूमा विकास कार्यहरू पछाडि पर्ने गरेका छन् । त्यसकारण अहिलेको विकास नीतिमा परिवर्तन गरेर विकेन्द्रित र सन्तुलित प्रकारको विकास नीति अपनाउने प्रयत्न गर्नु पर्दछ, जसबाट देशको सर्वाङ्गीण विकास हुन सकोस् ।
कुनै पूँजीवादी व्यवस्थाभित्र हुने विकासबाट सम्पूर्ण जनता वा देशको सबै क्षेत्रमा मद्दत पुग्ने सम्भावना अत्यन्त कम हुन्छ । त्यसका लागि विद्यमान अवस्थामा आमूल परिवर्तन हुनु पर्ने आवश्यकता छ, जो लामो क्रान्तिकारी आन्दोलनद्वारा नै सम्भव छ । तैपनि विद्यमान व्यवस्थाभित्र पनि अधिकतम विकासलाई अगाडि बढाउने हाम्रो प्रयत्न हुनुपर्दछ ।
-मोहन विक्रम सिंह
पवनराज पाैडेल ।
मार्च ८। बिश्व नारी दिवश। केहि कालअघिसम्म नेपाली समाजमा महिलाको स्थान कहाँ थियो? एउटा सानो प्रसंग शेयर गर्छु।
थाहा आन्दोलनको प्रणेता रुपचन्द्र लामो समय जनमूखि राजनितीमा सक्रिय भए। उनी पटक–पटक निर्वाचित भई राष्ट्रिय पञ्चायतको सदस्य पनि बने। अधिकांश समय ग्रामिण क्षेत्रमा बिताउन रुचाउने रुपचन्द्र गाँउका कुरा केन्द्रमा र केन्द्रको कुरा गाँउमा लैजाने काम गर्थे। ‘जनप्रतिनिधिको काम नै त्यै हो’, उनी भन्दथे।
रुपचन्द्र आफ्नो सभा–सम्मेलनमा सकेसम्म धेरै महिलाहरु सहभागि होउन् भन्ने चाहन्थे। उनीहरुले पनि कुरा बुझुन् भन्ने चाहन्थे। चेतना जागृत होस् भन्ने चाहन्थे। ‘मान्छे के हो? म को हुँ? हाम्रो जीवन किन यस्तो भयो?’ उनीहरुको मनमा प्रश्नका केहि थोपाहरु सिंच्न चाहन्थे।
तर सभामा त्यस्तो हुँदैनथ्यो, पुरुषहरुकै बाहुल्यता रहन्थ्यो। नगण्य महिलाहरुले मात्र भाग लिन्थे। लोग्नेहरु ठान्दथे– स्वास्नीले राजनितिका कुरा सिकेर के अर्थ! प्रायश: पुरुषहरु महिलामाथि विभेद छ भन्ने स्विकार्दैनथे। चलिआएका चलन भन्थे; महिलाहरु चुलोचौकोमै सिमित हुनुपर्ने तर्क गर्थे।
एकदिन रुपचन्द्रलाई लाग्यो– अब यी लोग्नेहरुलाई पाठ पढाउनुपर्छ।
मकवानपुरको कुनै दुर्गम गाँउमा कार्यक्रम थियो। राजनितीक सभा। रुपचन्द्रलाई थाहा थियो आज पनि फेरि पुरुषहरुमात्रै आँउछन्। त्यसैले रुपचन्द्रले एउटा जुक्ति झिकेछन्।
घर–घर गएर महिलाहरुलाई डाकेछन्, पुरुषहरुलाई डाकेछन् र बालबालिकाहरुलाई पनि एकै ठाँउमा भेला पारेछन्। सबै जम्मा भएपछि उनले बालबालिकाका बाआमालाई सोधेछन्, तिम्रो बच्चाले झुटो बोल्छ कि बोल्दैन?’
‘बोल्दैन।’
‘ल, त्यसोभए एकछिन् चुप लागेर बस। म यिनीहरुसंग कुरा गर्छु।’
बच्चासंग के कुरा गर्ने होला! सबैजना उत्सुक भएछन्।
यता रुपचन्द्र- बच्चाहरुलाई लहरै उभ्याएर प्रश्न सोध्न थालेछन्।
‘तिम्रो घरमा सबैभन्दा पहिले को उठ्छ?’
‘आमा!’ बच्चोले अनकनाँउदै जवाफ दिएछ।
‘सबभन्दा पछि को सुत्छ?’
‘आमा।’
‘सबभन्दा अन्तिममा कसले खाना खान्छ?’
‘आमा।‘
‘घरको सारा काम कसले गर्छ?’
‘आमाले!’
‘घरमा पैसा कोसित हुन्छ?’
‘बासित।’ बच्चो पुलुक्क बाउतिर हेर्छ।
‘घर–खेत कसको नाममा छ?’
‘बाको।’ बच्चोले जवाफ दिंदै गर्दा बाउचैंको मध्यपुषमा पनि पसिना छुटिसकेको हुन्थ्यो।
यस्ता थिए रुपचन्द्र! अनेक जुक्ति लगाएर महिलामाथि हुँदै आएको विभेदबारे महिलालाई मात्र होईन, पुरुष र बालबालिकालाई समेत नयाँ दृष्टि दिने कोशिस गर्थे। उनी भन्थे– ‘छोरीलाई पढाऊ। यज्ञ लगाउनुपर्दैन। पुजापाठ गर्नुपर्दैन।’
यो थियो हिजोको कुरा!
अब आजको कुरा के सुनाँऊ! तपाईलाई पनि थाहा छ, मलाई पनि थाहा छ। केहि नभएको पनि होईन, सबै भईसकेको पनि होईन। यो एउटा प्रकृया हो। हामीले जति बल गर्छौं, चिज उति गतिशिल हुन्छ। जो जहाँ छौं, बोल्ने हो- लेख्ने हो।
नारी दिवशको शुभकामना!
लेखक थाहा संचार नेटवर्कमा अावद्द हुनुहुन्छ ।
| मोहनविक्रम सिंह |
तर प्रकट रूपमा कुरा जति सहज देखिन्छन्, के वास्तवमा कुरा त्यति नै सहज छ ? प्रधानमन्त्रीले भारत भ्रमणको सन्दर्भमा बताएका छन्, ‘उनले भारत भ्रमणको बेलामा नेपालको राष्ट्रियतामा आँच पुग्ने वा कुनै विवादास्पद सम्झौता गर्ने छैनन् ।' भारत भ्रमणबारे विचार गर्न बोलाइएको बैठकमा पनि उनले त्यही कुरा दोहोर्याएका छन् । तर घटनाक्रमले त्यसविरुद्ध संकेत गरिरहेको छ ।
हामीले पहिल्यैदेखि यो कुरा स्पष्ट गर्दै आएको थियौँ, ‘प्रश्न खालि नाकाबन्दीको मात्र होइन । नाकाबन्दी खुलाउन प्रयत्न गर्ने बेलामा देशको राष्ट्रियतामा कुनै सम्झौता नगरियोस् ।' भारतीय विस्तारवादले आफ्ना विस्तारवादी स्वार्थहरू पूरा गर्न संविधानमा संशोधन गर्न दबाब दिन नै नाकाबन्दी लगाएको थियो ।
त्यसैलाई बल पुर्याउन मधेसवादीहरूले पनि नाकामा धर्ना दिने नीति अपनाएका थिए । कृष्णले गोवर्धन पहाडलाई आफ्नो औँलाले माथि उठाएपछि गोकुलवासीले आफ्ना लौराहरूले त्यसमा बल पुराएजस्तै त्यो नाकाबन्दीमा मुख्य शक्ति भारतकै थियो ।
गोकुलवासीले जुन सहारा दिएका थिए, त्यसको कुनै अर्थ थिएन । नाकाबन्दीका सन्दर्भमा त्यही कुरा मधेसवादीको सन्दर्भमा पनि सत्य हो । त्यो कुरा त्यो बेला प्रस्ट भयो, जब भारतले नाकाबन्दीलाई शिथिल पार्ने नीति अपनाएपछि रक्सौलमा नाकाबन्दी गर्न गएका मधेसवादी आन्दोलनकारीलाई त्यहाँका प्रहरी र व्यापारीहरूले लखेटेर पठाइदिए ।
त्यसबाट प्रस्ट भयो, नेपालविरुद्ध लगाएको नाकाबन्दी मुख्यरूपमा भारत सरकारले नै लगाएको थियो र मधेसवादीहरूको आन्दोलन त्यसको बाह्य ‘कभर' मात्र थियो । भारतले नाकाबन्दीलाई शिथिल पार्ने नीति अपनाएपछि मधेसवादीहरूले पनि नाकाबन्दीमा जोड नदिने घोषणा गरेपछि पनि उनीहरूको आन्दोलन खालि बाह्य पक्षमात्र थियो भन्ने कुरा दिनको उज्यालो झैँ छर्लंग छ ।
हो, भारतले नाकाबन्दीलाई खुकुलो पार्ने नीति अपनाएको छ । तर त्यसका दुइटा पक्षमाथि हाम्रो ध्यान जानुपर्ने आवश्यकता छ । प्रथम, नेपाल सरकारले र संसद्ले पनि भारतको इच्छाअनुसार संविधान संशोधन गर्ने कार्य सुरु गरेपछि नै भारतले नाकाबन्दीलाई खुकुलो पार्ने नीति अपनाएको हो । संसद्ले संविधान संशोधन विधेयक पारित गरेपछि नै त्यो कार्यको ‘प्रारम्भ' भयो ।
दोस्रो भारतले संसद्को त्यो निर्णयको स्वागत गरेको छ । तर त्यसो गर्ने बेलामा यो स्पष्ट गर्न वा परोक्ष रूपले नै यो चेतावनी दिन पछाडि परेको छैन कि नेपाल सरकारले त्यही प्रकारले अन्य विषयमा पनि ‘सकारात्मक' निर्णयहरू गर्दै जानेछ । भारतीय शासक वर्गको दृष्टिमा ‘सकारात्मक' निर्णय हुन्छ, भारतीय विस्तारवादी स्वार्थअनुसार निर्णय गर्दै जानु ।
अहिले नाकाबन्दीलाई खुकुलो पार्ने नीतिको पछाडि ती दुवै कुरा अन्तर्निहित छन् । प्रथम, संविधान संशोधन विधेयकद्वारा भारतको इच्छाअनुसार संविधानमा संशोधन ।
दोस्रो, भारतको विस्तारवादी आवश्यकतानुसार आउने दिनमा संविधानमा अरू पनि संशोधन गर्न भारतको दबाब दिँदै जाने भारतको नीति । एउटा उखान छ: ओरालो लागेको मृगलाई बाच्छाले पनि लखेट्छ । सरकारले संविधान संशोधन विधेयकको सन्दर्भमा एकपटक ओरालो लागेपछि भारतले नेपाल सरकारलाई अरू लखेट्दै लैजानेछ ।
त्यसैले जुन उद्देश्य पूरा गर्न भारतले नाकाबन्दी लगाएको थियो, त्यसअनुसार सरकारले काम गर्न थालेपछि भारतका लागि नाकाबन्दी लगाउन आवश्यक भएन ।
संविधान निर्माण र त्यसलाई जारी गर्ने बेलामा नेपालको प्रमुख राजनीतिक दलहरू र सरकारसमेतलाई आफ्नो पक्षमा गराउन भारतलाई कठिन भएको थियो । कहाँसम्म भने भारतले नेपाल सरकारलाई संविधान जारी गर्ने कार्यलाई केही दिनपछि सार्न दबाब दिन आएका भारतीय विदेशमन्त्रीको ‘मिसन' पनि असफल भएको थियो ।
त्यही प्रकारको स्थितिमा ओली भारतका लागि ‘पर्सन नन ग्रान्टा' भएका थिए । भारतको दबाबमा नै सुशील कोइराला प्रधानमन्त्रीको उम्मेदवार बनेका थिए । ओलीलाई हराउन भारतले पूरा शक्ति लगाएको थियो ।
त्यसका लागि संविधानसभा छोडेर गएका मधेसवादीहरू दलबलसहित ओलीविरुद्ध मत दिन संसद्मा फर्केर आएका थिए । तर त्यहाँ पनि भारत असफल भएको थियो । तर ओली सरकार पहिले सुशील कोइरालाको सरकारले दर्ता गराएको संशोधन विधेयक पारित गराउन तयार भएपछि भारत उनलाई स्वागत गर्न उद्यत् भएको देखिन्छ ।
संविधान संशोधन विधेयक र सीमांकनसमेतको प्रश्नमा ओली सरकारको नीति उपप्रधानमन्त्री कमल थापाको ‘निजी' भारत भ्रमणको बेलामा उनले भारतीय परराष्ट्रमन्त्रीलाई बुझाएको चारबुँदे सहमतिका साथै प्रारम्भ भएको हो । त्यसको अन्त्य कहाँ गएर हुनेछ ? त्यो गम्भीर प्रश्न बनेको छ ।
भारतको स्थिति वा नीतिमा कुनै परिवर्तन भएको छैन । तर ओली सरकारको स्थिति र नीतिमा परिवर्तन भएको छ । त्यसैले ओली सरकार र भारत सरकारका बीचमा नयाँ प्रकारको सम्बन्ध बनेको छ ।
ओलीले के सोचेका हुन सक्छन् भने उनको सरकारको अस्तित्व बचाउन वा आयु लम्बाउन भारतका अगाडि आत्मसमर्पण गर्नुबाहेक अन्य कुनै विकल्प छैन । तर भारतले जुन हदसम्म आफ्ना विस्तारवादी उद्देश्य पूर्तिका लागि उनको उपयोगिता देख्छ, त्यो बेलासम्म उनलाई उपयोग गर्नेछ । पछि आफ्नो विस्तारवादी नीतिलाई प्रभावशाली रूप दिन उनको सट्टा अरू कसैलाई अगाडि ल्याउन प्रयत्न गर्नेछ ।
अहिले जनसंख्याका आधारमा निर्वाचन क्षेत्र निधारण गर्नेसमेतको जुन संशोधन विधेयक पारित गरिएको छ, त्यो निश्चित रूपले राष्ट्रघाती कार्य हो । यो निर्णय त्यहीसम्म सीमित रहने छैन र त्यो प्रक्रियालाई अरू अगाडि बढाइने नीति अपनाइनेछ । सीमांकनलाई मधेसवादीहरूले आफ्नो ‘बटमलाइन' बताउने गरेका छन् ।
त्यसको अर्थ हो, पहाडबाट अलग गरेर तराईमा बेग्लै प्रदेशहरूको निर्माण । त्यसबाहेक उनीहरूले अंगीकृत नागरिकतालाई वंशज नागरिकसरह सबै सर्वोच्च संवैधानिक पदहरूमा निर्वाचित वा मनोनीत हुने अधिकार, उदार वैवाहिक नागरिकता आदिसम्बन्धी संशोधनहरूमा पनि जोड दिने गरेका छन् । त्यस प्रकारका सबै संशोधनका पछाडिको भारतीय विस्तारवादको उद्देश्य प्रथम, तराईलाई नेपालबाट अलग गराउने र अन्त्यमा नेपाललाई भारतमा गाभ्ने छ ।
भारतले चाहेजस्तै संविधानमा पूरै संशोधन वा तत्काल सीमांकनबारे सहमति नहुँदासम्म भारत सरकार वा मधेसवादीहरू ‘सन्तुष्ट' हुने छैनन् । के ओली सरकार त्यसका लागि तयार हुँदै जानेछ ? संविधान संशोधन विधेयक र सीमांकनसमेतको प्रश्नमा ओली सरकारको नीति उपप्रधानमन्त्री कमल थापाको ‘निजी' भारत भ्रमणको बेलामा उनले भारतीय परराष्ट्रमन्त्रीलाई बुझाएको चारबुँदे सहमतिका साथै प्रारम्भ भएको हो ।
त्यसको अन्त्य कहाँ गएर हुनेछ ? त्यो गम्भीर प्रश्न बनेको छ । ओरालो लागेको मृग नेपाललाई भारतले कहाँसम्म लखेट्दै लैजानेछ ? त्यो गम्भीर प्रश्न देशका अगाडि छ ।
स्पष्ट छ– ओली सरकारले सरदार पटेलको नेपाललाई भारतमा गाभ्ने अधुरो सपना पूरा गर्ने रणनीतिअन्तर्गत काम गरिरहेको छ । अहिलेको संविधानमा संशोधन, नाकाबन्दी र मधेसवादी आन्दोलन त्यसका सहायक साधन हुन् । त्यसकारण नेपालको राष्ट्रियताका अगाडिको खतरा त्योभन्दा कैयन् गुणा गम्भीर छ, जति बाह्य र प्रकट रूपमा देखिन्छ । त्यो पक्षप्रति सम्पूर्ण देशभक्त नेपालीको ध्यान जानुपर्नेछ ।





