अवरुद्ध बाइरोड खुल्यो (अपडेट)

त्रिभुवन राजपथको टिष्टुङ नौबिसे सडक खण्ड दुई सवारी ठोकिएर अवरुद्ध भएको सडक खुलेको छ । २३ असार विहान त्रिभुवन राजपथ अन्तर्गत टिष्टुङ नौबिसे सडक खण्डको फटपुरमा यात्रुबहाक फोर्स र ट्रिपर ठोकिएर दुर्घटना भएपछि सडक अवरुद्ध भएको थियो ।
घटनामा परेका सबैको अवस्था सामान्य रहेको छ । 
थाहा नगरपालिका बज्रवाराहीबाट विहान काठमाण्डौका लागि छुटेको बा२ख ५४६५ नंबरको यात्रुबहाक फोर्स र नौबिसेबाट टिष्टुङतिर आउँदै गरेको ना३ख ८६९७ नंबरको फोर्स ठोकिएको हो ।
-अच्युत विडारी

All news in One Place