बाइरोड अवरुद्ध
त्रिभुवन राजपथको टिष्टुङ नौबिसे सडक खण्ड अवरुद्ध भएको छ । त्रिभुवन राजपथ अन्तर्गत टिष्टुङ नौबिसे सडक खण्डको फटपुरमा यात्रुबहाक फोर्स र ट्रिपर ठोकिएर दुर्घटना भएपछि सडक अवरुद्ध भएको हो । घटनामा परेका सबैको अवस्था सामान्य रहेको छ ।
थाहा नगरपालिका बज्रवाराहीबाट विहान काठमाण्डौका लागि छुटेको बा२ख ५४६५ नंबरको यात्रुबहाक फोर्स र नौबिसेबाट टिष्टुङतिर आउँदै गरेको ना३ख ८६९७ नंबरको फोर्स ठोकिएको हो । फोर्सको ब्रेक फेल भएर दुर्घटना भएको प्रारम्भिक जानकारी प्राप्त भएको छ ।
अहिले सडक खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।
-अच्युत विडारी