त्रिभुवन राजपथ अवरुद्ध, खुलाउने प्रयास जारी

त्रिभुवनराजपथ अन्तर्गत थाहा नगरपालिका वडा नंबर ७ मा सवारी साधनमा जाम भएको छ । काठमाण्डौबाट विरगञ्जका लागि छुटेको ना ५ ख १५२३ नंबरको यात्रुबहाक बस सडक छेऊको नालीमा खस्दा जाम भएको हो । बस सामान्य क्षति भएपनि यात्रुहरु सकुसल रहेका छन् ।

पृथ्वी राजमार्ग अवरुद्ध हुने आशंकाले त्रिभुवनराजपथ भएर आएका रात्रीकालिन बसहरु तथा अर सवारी साधन जाममा परेका हुन् । अहिले इलाका प्रहरी कार्यालय पालुङका सुरक्षाकर्मीहरुले एकातर्फी रुपमा जाम खुलाउने प्रयास गरिरहेका छन् । 

अनित विष्ट/विकासखबर

All news in One Place