राष्ट्रिय
»
ट्याङ्करले किच्दा एकको मृत्यू, त्रिभुवन राजपथ अवरुद्ध
ट्याङ्करले किच्दा एकको मृत्यू, त्रिभुवन राजपथ अवरुद्ध

धादिङ थाक्रे गाउँ विकास समिति वडा नंबर ८ मा विहान ट्याङ्करले किच्दा स्थानीय हरि बहादुर भुजेलको (५७) मृत्यू भएको छ । १५ असार विहान सडक छेऊमा शौचालय गर्न बसेका बेला हेटौडाबाट डिजेल बोकेर काठमाण्डौ जाँदै गरेको ना ३ ख ३१२७ नंबरको ट्याङ्करले किचेर मृत्यू भएको हो । ट्याङ्करको पट्टा भाँचिएर अनियन्त्रित हुँदा दुर्घटना भएको खानीखोला प्रहरीले जानकारी दिएको छ ।
दुर्घटनापछि स्थानीहरुले अहिले सडक अवरुद्ध गरेका छन् । पृथ्वीराजमार्गमा सडक अवरुद्ध भइरहने समस्याले त्रिभुवन राजपथ हुँदै आएका लामो तथा छोटो दुरीका सबै सवारी साधन थाक्रेको सातघुम्ती खण्डमा रोकिएकाछन् । ट्याङ्करलाई प्रहरीले नियन्त्रणमा लिएको छ । चालक फरार रहेको इलाका प्रहरी कार्यालय खानीखोलाले जनाएको छ ।
फोटोहरु: निरजकुमार ।