कुलेखानी फाखेल हुमाने सडक अझै खुलेन

हेटौंडाबाट छोटो मार्ग कुलेखानी फाखेल हुँदै हुमाने भन्ज्याङबाट काठमाण्डौ जाने सडक पहिरोका कारण अवरुद्ध भएको छ । उक्त सडक खण्डको कुलोनी गाविस वडा नम्बर ८ सुकौरामा ६ साउन साँझ पहिरो गएपछि सडकमा आवागमन अवरद्ध भएको हो ।
सुकौराको पहिरो पन्छाउन ७ साउन विहान गएको डोजर पनि पहिरो पन्छाउन नसक्ने भएपछि फर्किएको     थियो । सडक अवरुद्ध भएपछि फाखेल हुँदै हेटौंडा काठमाण्डौ सवार टाटा सुमो अलपत्र परेका थिए । त्यसैगरी किसानहरु उत्पादन गरेको तरकारी निर्यात गर्न समेत समेत समस्या भएको छ ।
–पुस्कल गोले साग/विकासखबर

All news in One Place