भदौमा आउने भयो फिल्मको बाढी: भदाैमै "स्काउट" हेर्न पाइने

नेपाली कथानक चलचित्र स्काउटले पनि भदाै १७ गते नै फिल्म प्रदर्शन गर्ने घोषणा गरेको छ । निर्माता तथा बितरक केदार पराजुलीले फिल्मको प्रदर्शन मिति नसर्ने समेत दाबी गरेका छन् । यि फिल्म सहित भदौमा करिब दर्जन जती फिल्म रिलिज हुने भएको छ । केहि समय अघि सुचना तथा संचारमन्त्री मिनेन्द्र रिजालको प्रमुख आतिथ्यतामा फिल्म निर्माणको घोषणा गरिएको यस फिल्मलाई गोविन्द गौतमले निर्देशन गरेका हुन् ।
मधुकुमार श्रेष्ठको प्रस्तुतिमा केदार प्रसाद पराजुली, ईश्वर तिवारी र कृष्ण प्रसाद लामिछानेले निर्माण गरेको यस फिल्ममा गरिमा पन्त, रक्षा श्रेष्ठ, रामकेश्बर बोगटी, हिम्मत बुढाथोकी, राजन सेढाई, कुशल थापा, नवराज श्रेष्ठ लगायतका कलाकारले अभिनय गरेका छन् । फिल्मको बिषयबस्तु विश्वकै चर्चित संस्था स्काउटसंग सम्बन्धि रहेको पनि निर्माता पराजुलीले बताएका छन् ।

मदन मिजार/विकासखबर
