मकवानपुरका अन्जन भए उत्कृष्ट युवा खेलाडी

हेटौंडाका १८ वर्षे अन्जनले नेपालले बंगबुन्धु गोल्डकपको उपाधि जित्ने क्रममा बहराइनविरुद्ध एक गोल गरेका थिए भने दुई गोलका लागि पास दिएका थिए ।
नेपालले २३ वर्षपछि साग फुटबलमा स्वर्ण जित्दा उनी टोलीका महत्वपूर्ण सदस्य थिए । उनले दुई गोल गरे । नेपालले यू-१९ साफ च्याम्पियनसिपको उपाधि जित्दा पनि अन्जन टोलीमा थिए । उनले तीन गोल गरेका थिए ।
युवा उत्कृष्ट खेलाडी बन्ने क्रममा उनाले पौडीकी गौरिका सिंह, क्रिकेटका सन्दिप लामिछाने, जुडोकी मनिता श्रेष्ठ प्रधान र उसुकी नीमा घर्तीमगरलाई पछि पारे । अन्जनले ५० हजार नगद हात पारे ।