ज्ञान हस्तान्तरण कार्यक्रमको उद्घाटन

हेटौँडामा शनिबार सात दिने ज्ञान हस्तान्तरण कार्यक्रमको उद्घाटन गरिएको छ । सकारात्मक सोच, सृजनशीलता, रचनात्मकता, मानवीयता र सामाजिक भावना सहितको असल व्यक्ति निर्माण गर्ने तालिमको उदेश्य रहेको छ । कार्यक्रम सर्वोत्कृष्ट जीवनः शाश्वत चिन्तन, साँचो जीवन निर्माण अभियान तथा मानव सेवा आश्रम हेटौँडाले आयोजना गरेको हो । 
कार्यक्रम सर्वोत्कृष्ट जीवनः शाश्वत चिन्तन, साँचो जीवन निर्माण अभियानका संस्थापक डा. गोबिन्द टण्डनको अध्यक्षतामा भएको थियो । कार्यक्रममा मकवानपुर क्षेत्र नम्बर १ का साँसद ईन्द्र बहादुर बानियाँको प्रमुख आतिथ्य तथा मकवानपुरका प्रमुख जिल्ला अधिकारी डा. मानबहादुर बिकेको बिशेष आतिथ्य रहेको थियो । कार्यक्रममा नेकपा एमालेका हरिबोल महत, जिल्ला बिकास समिति मकवानपुरका सामाजिक बिकास अधिकृत रामकृष्ण थापा, हेटौँडा उपमहानगरपालिका सामाजिक बिकास महाशाखा प्रबन्धक भिमप्रसाद तिमल्सिना, मध्यमाञ्चल क्षेत्रीय उद्योग बाणिज्य संघका अध्यक्ष अरुणराज सुमार्गी लगाएतले मन्तव्य व्यक्त गरेका थिए ।
तालिममा मकवानपुर, चितवन, काठमाडौँ, काभ्रे, लम्जुङ्ग लगाएत क्षेत्रका ५५ जना युवा सहभागी हुने मानव सेवा आश्रमका संयोजक रामजी अधिकारीले जानकारी दिनुभयो । तालिममा ब्रम्हकुमार बिजयराज सिग्देल, रोमन नेपाली, बिके महर्जन, रामकृष्ण थापा, भिमप्रसाद तिमल्सिना लगाएतले तालिम दिने बताईएको छ ।

All news in One Place