नेपाल तरुण दल मकवानपुरको अध्यक्षमा पाठक

नेपाल तरुण दल मकवानपुरको अध्यक्षमा इश्वर पाठक सर्वसम्वत चयन भएका छन् । शुक्रबारबाट सुरु भएको चौथो जिल्ला अधिवेशनमा सहमतिको लागि भन्दै शनिबार सम्म ब्यापक छलफल गरिएको थियो । कांग्रस नेताहरुले सहमतिको पक्षमा आफ्नो कायम राखेपछि पाठक अध्यक्षमा चयन भएका हुन् । 
अध्यक्षका अर्का प्रत्यासी सुनिलकुमार दाहाल भने केन्द्रीय पार्षदमा चयन भएका छन् । अधिवेशनले उपाध्यक्ष रामकुमार रायमाझी सचिवमा सचित थापा, कोषाध्यक्षमा सुर्य रोक्का लाई चयन गरेको छ । त्यस्तै पुरुष केन्द्रीय पार्षदमा सुनिलकुमार दाहाल, महिलामा मालती विक चयन भएका छन् । दलित महाधिवेशन प्रतिनिधिमा डम्मरध्वज विक, महिला महाधिवेशन प्रतिनिधी यसोधा थापा, उर्मीला उप्रेती, जनजातीमा उदास लामा, अल्पसङख्यकमा रमेश प्रजा चयन भएको श्रोतले जनाएको छ।

All news in One Place