युवा संघ २ नम्बरमा पाण्डे

एमाले निकट युवा संघ नेपाल २ नम्ब क्षेत्रीय कमिटिको अध्यक्षमा सागर पाण्डे निर्वाचित भएका छन् । सनिवार सम्पन्न क्षत्रीय भेलाले पाण्डेको अध्यक्षतामा २९ सदस्य कमिटि निमार्ण गरेको हो ।
 कमिटिको उपाध्यक्ष किरण गोपाली, सचिब जितबहादुर मगर, उपसचिब नबिन तिमल्सिना र कोषाध्यक्षमा राजेश सापकोता निर्वाचित गरेको छ । क्षेत्रीय कमिटिमा थाहानगरका ३, बिभिन्न गाउँ बिकास समितिबाट १४, खुल्लामा ४, महिला ४ सदस्य कमिटि रहेको निर्वाचन मण्डलका अध्यक्ष सुनिल मोक्तानले जानकारी दिए । बिजयीलाई युवा संघ नेपिालका केन्द्रीय कोषाध्यक्ष एव्म निर्वाचन मण्डलका प्रमुख अतियी हिदम लामाले सपथग्रहण गराएका थिए ।

All news in One Place