परिवार दल मकवानपुरमा मोक्तान
नेपाल परिवार दल जिल्ला कार्य समिती मकवानपुरको ४ असारमा भएको पहिलो अधिवेशनले सानु मुक्तानको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्य समिती चयन गरिएको छ । दलको बरिष्ठ उपाध्यक्षमा मायादेवी कडेल, लोकेन्द्र सुर्खेती रहनुभएको छ भने उपाध्यक्षहरुमा शुष्मा चौलागाईं, दयाराम बर्तौला, गणेश थिङ् रहनुभएको छ । कोषाध्यक्षमा कृष्णहरी ढुङ्गाना, सचिव तथा प्रबक्ता हरिबहादुर लोप्चन, उपसचिव उमा लामा रहेकाछन् ।
नेपाल परिवार दलका केन्द्रिय सदस्य एवम प्रदेश नम्बर तीनका सहसंयोजक मनोजकुमार सुर्खेतीको प्रमुख आतिथ्यमा भेला भएको हो । प्रमुख अतिथी सुर्खेतीले नयाँ संविनधानले लोक कल्याणकारी राज्यको आधारशिला खडा गरेको बताए । उनले आफ्नो पार्टी समाजमा शान्ति, सुशासन, सम्बृद्घि, समानता र राष्ट्रिय स्वाधिनताका पक्षधर भएको दाबी गरे ।