जातीय छुवाछुतमुक्त हुँदै मनहरी
मनहरी गाविसलाई २१ जेठ शुक्रबार व्यवहारिक रुपमा जातीय छुवाछुतमुक्त गाविस घोषणा गरिँदैछ ।
राष्ट्रिय दलित आयोगका सदस्य माननीय रुपबहादुर परियारको प्रमुख आतिथ्यता तथा मकवानपुरका प्रमुख जिल्ला अधिकारी मानबहादुर बिके र विभिन्न सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुखहरुको उपस्थितिमा गाविसलाई व्यवहारिक रुपमै जातीय छुवाछुतमुक्त गाविस घोषणा गर्न लागिएको हो ।
जातीय छुवाछुतमुक्त घोषणा गर्नका लागि तीनमहिने लामो अभियान मनहरीमा संचालन गरिएको थियो । किशोरकिशोरीहरु सम्मिलित संवाद केन्द्रहरुले जातीय छुवाछुतमुक्त समाजको परिकल्पना गर्दै तयार पारेको सडक नाटक प्रदर्शन, रक्तदान कार्यक्रम तथा मैत्रीपूर्ण फुटबल प्रतियोगिताहरु यो अबधिमा सम्पन्न भएका छन् भने राजनीतिक पार्टी तथा विभिन्न धार्मिक गुरुहरु राखेर जातीय वर्गीकरण छुवाछुतका समस्याका सम्बन्धमा अन्तरक्रिया कार्यक्रमहरु सञ्चालन गरिएको थियो । सबै क्षेत्र, तह र तप्काका मानिसहरुसम्म पुगेर जातीय छुवाछुतको बिषयमा जानकारी गराई व्यवहारिक रुपमै जातीय छुवाछुतमुक्त गाविस घोषणाको अन्तिम तयारीमा पुुगेको अभियानका सदस्य सचिव कमलकुमार विश्वकर्माले बताए ।
कार्यक्रम सम्पन्न गर्नका लागि मनहरीका सम्पूर्ण राजनीतिक पार्टीहरु, सामुदायिक वन, विभिन्न गैरसरकारी संस्थाहरु, सरकारी संस्थाहरु, गाविसको कार्यालय, मनहरी युवा क्लव, बुद्धिजीवि, पत्रकार सबैले समन्वय गरी काम गरेको उनले बताए ।