जुत्ता बनाउने तालिम सकियो

मकवानपुर उद्योग वाणिज्य संघ/महिला उद्यमी विकास समितिको आयोजनामा एक महिने जुत्ता तालिमको २० जेठमा समापन कार्यक्रम सम्पन्न भएको छ । महिला उद्यमी विकास समितिका सभापति निलम पाण्डेको सभाध्यक्षता तथा जिल्ला विकास समिति, मकवानपुरका स्थानीय विकास अधिकारी लक्ष्मण विक्रम थापाको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । 
कार्यक्रममा घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख पुष्कर भट्टराई, हेटौंडा उपमहानगरपालिका कार्यालयका कार्यकारी अधिकृत सुदेवकुमार पोखरेल, संघका अध्यक्ष राजकुमार न्यौपाने, घरेलु तथा साना उद्योग कार्यालयका उद्योग अधिकृत नन्देश्वर डंगोल, नारायण प्रसाद खनाल, संघका वरिष्ठ उपाध्यक्ष कृष्ण कटुवाल, महासचिव महेन्द्र राउत, कार्यसमिति सदस्य गोविन्द रिजाल, कासस तथा कार्यक्रम संयोजक निलम वैद्य, कासस तथा महिला उद्यमी विकास समितिका सचिव राधिका पाण्डे, महिला उद्यमीहरु, तालिम प्रशिक्षक अविता श्रेष्ठ र तालिम प्रशिक्षार्थीहरुको कार्यक्रममा सहभागिता रहेको थियो ।
घरेलु तथा साना उद्योग कार्यायलको सहयोगमा एक महिना संचालन भएको उक्त तालिममा १६ जना प्रशिक्षार्थीहरु रहेका थिए । समापन कार्यक्रममा वक्ताहरुले महिला उद्यमशिलताको विकास गरी स्वरोजगार बनाउन , स्थानीय कच्चापदार्थ अल्लोबाट पनि जुत्ता बनाइएकोले यो जिल्लाको मौलिक उत्पादनको रुपमा प्रचार गरी विक्री प्रवद्र्धन गर्न सहज हुने र अल्लोको जुत्ता सुगर, प्रेसर जस्ता रोगहरुमा लाभदायक हुने जनविश्वाससमेत रहेको कार्यक्रममा चर्चा गरिएको थियो ।
महिला उद्यमी विकास समितिले प्रशिक्षार्थीहरु मध्ये उत्कृष्ट १० जनालाई स्वरोजगार बनाउन थप एडभान्स तालिम प्रदान गर्ने, महिलाहरुलाई हरेक आर्थिक सामाजिक गतिविधिमा अनिवार्य सहभागिता गराई महिला सशक्तिकरण गराउनु पर्ने, महिलाहरुलाई आत्मनिर्भर बनाउदा आर्थिक सामाजिक विकासमा पनि टेवा पुग्ने समिति सभापति निलम पाण्डेले कार्यक्रममा बताउनु भयो । महिला उद्यमी विकास समितिका सचिव राधिका पाण्डेले कार्यक्रम संचालन गर्नुभएको थियो भने धन्यवाद तथा समापन मन्तव्य कार्यक्रम संयोजक निलम वैद्यले राख्नु भएको थियो । 

All news in One Place