रेडियो प्राबिधिक सम्बन्धी तालिम सकियो
रेडियो प्राबिधिक सम्बन्धी तीन दिने तालिम सोमबार हेटौँडामा सम्पन्न भएको छ । कार्यक्रम हेटौँडा उपमहानगरपालिका, जिल्ला बिकास समिति मकवानपुर र सोडेक नेपालको सहयोगमा नेपाल पत्रकार महासंघ मकवानपुर शाखाले आयोजना गरेको हो । कार्यक्रममा मकवानपुरका ११ वटा रेडियोका २२ जना प्राबिधिकको सहभागिता रहेको थियो । जसमध्ये ७ जना महिला र १५ जना पुरुष प्राबिधिक थिए । कार्यक्रममा सामूदायिक रेडियो प्रसारक संघ(अको¥याब)का ईन्जिनियर रादीप महर्जन, रेडियो सगरमाथाका प्रमुख प्राबिधिक समन्त आचार्य, सोडेक नेपालका निर्देशक प्रकाश घिमिरे, दर्शन क्षेत्री, प्रकाश दाहाल लगाएतले सहजिकरण गर्नुभएको थियो ।
कार्यक्रम हेटौँडा उपमहानगरपालिकाका कार्यकारी अधिकृत सुदीपकुमार पोखरेलको प्रमुख आतिथ्य तथा नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष महेन्द्र श्रेष्ठको अध्यक्षतामा भएको थियो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका पूर्व केन्द्रिय सदस्य प्रताप बिष्ट, मकवानपुर शाखाका पूर्व अध्यक्षहरु राममणी दाहाल, कौशल पाण्डे र नवराज शर्मा तिमल्सिना तथा तालिममा सहभागी चन्द्र घलान, संगिता उप्रेती लगाएतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा नेपाल पत्रकार महासंघ मकवानपुर शाखाका निर्बतमान अध्यक्ष भानुभक्त आचार्य लगाएतको आतिथ्य रहेको थियो । कार्यक्रममा सहभागीहरुलाई अतिथीहरुले प्रमाणपत्र प्रदान गरेका थिए । त्यस्तै, बिशेष सहयोग गर्ने हेटौँडा उपमहानगरपालिकालाई प्रशंसा पत्र प्रदान गरिएको थियो ।