हेटौँडामा शास्त्रीय संगित साँझ हुने
हेटौँडा/शास्त्रीय संगितको जगेर्ना गर्ने उदेश्यले स्थापित भएको ‘नेपाली संगित संरक्षण तथा प्रबद्र्धन समुह’ ले हेटौँडामा शास्त्रीय संगित तथा साहित्यक साँझको आयोजना गर्ने भएको छ । सस्थाले शुक्रबार हेटौँडामा पत्रकार सम्मेलनको आयोजना गरि कार्यक्रमको बारेमा जानकारी गराएको हो । सस्थाका अध्यक्ष उत्तम रिमालले नेपाली शास्त्रीय संगितको जगर्नेनाको लागि साँझको आयोजना गर्न लागिएको बताए । हेटौँडाको ओम चलचित्र मन्दिरमा हुने कार्यक्रममा नेपालका ख्यातिप्राप्त शास्त्रीय साधकहरु राजन थापा, रविन्द्रलाल श्रेष्ठ, श्री केसी,धनबहादुर गुरुङ र जोनीसा पौडेलको सहभागिता रहने आयोजकले जनाएको छ ।