सहयोगी सस्थाद्वारा २ सय ३५ लाई सिपमुलक तालिम

हेटौँडा/ सहयोगि सस्था नेपाल चापाँगाउ ललितपुरले मकवानपुरका २ सय ३५ जनालाई सिपमुलक तालिम दिएको छ । मकवानपुर जिल्लाका ६ वटा गाविसका २ सय ३५ जनालाई सिलाईकटाई, मोवाईल रिपिएरीङ, ब्युटिपार्लर, पशुपालन, तरकारी खेती लगाएतको तालिम दिईएको सस्थाका लेखा तथा प्रशासन सहायक राजकुमार तिमल्सीनाले बताए । 
मकवानपुरको सुकौरा, ईपा, बेतीनी, मन्थली, ठिंगन र राईगाउँमा तालिम सञ्चालन गरिएको उनको भनाई रहेको छ । घरेलु तथा साना उद्योग कार्यालय हेटौँडाको आर्थिक सहयोगमा तालिम सञ्चालन गरिएको बताईएको छ । ग्रामिण जनतालाई उद्यमी बनाई गाउँघरमानै रोजगारीको सृजना गर्ने उदेश्यले तालिमको आयोजना गरेको सस्थाले जनाएको छ । सस्थाले विभिन्न चरणमा गाविस स्तरीय अभिमुखिकरण गोष्ठि, सहभागितामुलक ग्रामिण लेखाजोखा, विभिन्न २६ वटा लघु उद्यमी समुह गठन, ब्यवसायीक सचेतना तथा ब्यवसायको सुृरुवात र लैङ्गीक समानता सम्बन्धी ८ दिने तालिम  पनि सम्पन्न गरेको सस्थाकी अध्यक्ष शोभा घिमिरेले बताईन् ।

All news in One Place