खडेरीले खेतबारी खङरङ्ग
मकवानपुरको उत्तरी क्षेत्र थाहानगर सहितका गाविसहरुमा लगाइएको तरकारीबालीमा खडेरीका कारण किसानहरुले ठूलो क्षति खपिरहेका छन् । यतिखेर मुख्य गरी आलुबालीमा खडेरीका कारण समस्या देखिएको छ । पानी नभएपछि आलु फल्दैन । आकाशे पानी परेकै छैन । खडेरीले खेतबारीमा लगाइएको आलु उमै्कै छैनन् । मुस्किलले उम्रेका पनि सुक्न थालेकाछन् ।
यतिखेर धमाधम उकेर दिनुपर्ने आलु अझै उम्रिदै पनि छन् । खल्टिएर उम्रेका आलुका बोटहरुमा भर्खरै चिचिला मात्र लागेका छन् । आलुलाई सजिलै हुर्किन पानी नपुगेर लागेका चिचिला बढ्दै बढेका छैनन्। थाहानगरको छिमेकी गाविस चित्लाङ, मार्खु, फाखेललगायतका गाविसका किसानहरुले लगाएको काउली बन्दाको पनि हालत उस्तै छ । सधैँ यतिबेला खेतबारीमा हरियै भएर मौलाउने तरकारीका बोट ओइलाउँन थालेका छन् । टिष्टुङमा वैशाखको आधाआधीबाट थाङ्रा खोज्ने स्कुस यसवर्ष भर्खर लहरा छुट्ने बेला मात्र भएको छ । स्कूसका लागि हालेका थाङ्रा ठिङ्ग्रिङ छ । भर्खरै टनेलमा रोपिएको गोलभेडा झँङ्गिनुको साटो पहेँलो हुन थालेको छ ।
लामो र लगातारको खडेरीका कारण मकवानपुरको उत्तरी क्षेत्रको कृषकहरुले व्यहोरिरहेको सकस हो, यो । अपेक्षाकृत पानी पर्न नसक्दा उत्तरी क्षेत्रमा यतिबेलाको खेतीपाती खेर जाने अवस्थामा छ । ‘आलुबारीमा डढेलो लागेको जस्तो अवस्था छ, अझै घनपुर उम्रेको छैन’, थाहानगर डाँडागाउँका किसान दिनेश विष्टले भने, ‘३० रोपनी जमिनमा लगाएको आलु भिœयाउन पाइने आशा ज्यादै कम छ ।’
थाहानगरमा आलुको आम्दानीको आशा मार्ने किसान उनी एक्ला होइनन् । खासगरी सिँचाइ प्रबन्ध नभएको र पर्याप्त आकाशे पानी पनि नभइरहेका कारण आलु खेतीको अवस्था नाजुक मोडमा पुगेको छ । यसबाट हजारौ किसान निराश छन् । धेरैतिरबाट यस्तै गुनासो आइरहेको जिल्ला कृषि विकास कार्यालय मकवानपुरका सूचना अधिकृत सुजन कँडेलले बताए । आलुपछि बन्दा काउली, गोलभेडाजस्ता अरु तरकारीका लागि पनि थाहानगरको दामन पालुङ बज्रवाराही उर्वर ठाउँ हो, तर खडेरीले तरकारीका बोटै झँङगिन पाएका छ्रनन् । कतिका चिचिलामै बोट मर्न थालेका छन् । कृषि सेवा केन्द्र दामनका कृषि प्राविधिक मधुसुदन आचार्य भन्छन्–‘आलु बालीमा यसपाली किसानहरुले ठूलो क्षति व्यहोर्नु पर्नेछ ।’ कृषि क्षेत्रका जानकारका अनुसार जिल्लाको तरकारीको पकेट क्षेत्र मानिएका ठाउँमा खडेरीको प्रभाव बढी छ । पालुङ, आग्रा, दामन, टिष्टुङ, बज्वाराही, चित्लाङलगायत क्षेत्रमा आलुखेती लगभग नष्ट हुने अवस्थामा छ ।
कृषि सेवा केन्द्र दामन अन्तर्गत एक नगरपालिका सहित ५ गाविसमा ४ हजार ४८ हेक्टर जमिन खेतीयोग्य छ । खोतीयोग्य जमिन मध्ये २ हजार ५ सय ४२ हेक्टर पाखो बारी मात्र रहेको छ । तथ्याङ्क अनुसार आधाभन्दा बढी क्षेत्रफलमा सिँचाइका लागि आकाशेपानीको विकल्प छैन । केन्द्र अन्तर्गत कुल खेतीयोग्य जमिनमध्ये खडेरीका कारण ८० प्रतिशत आलु उत्पादनमा असर गर्ने कृषि सेवा केन्द्र दामनका प्राविधिक आचार्यले बताए । उत्तरी मकवानपुरको दामन, पालुङ र बज्रवाराहीमा सबैभन्दा बढि आलुखेती गरिन्छ । यसपालीको खडेरीले तरकारीबालीमा सबैभन्दा बढि असर पारेको छ । खडेरीले बन्दा काउली ३० देखी ३५ प्रतिशत, लहरे तरकारीमा २५ देखि ३० प्रतिशत असर पर्ने प्राविधिक आचार्यले बताए । त्यस्तै खडेरीका कारण नास्पाती स्याउ, किवी, आरु, कागती लगायतका फलफूलबालीमा पनि फूल सुक्ने समस्या देखिएको बताए ।
दिनहुँ बढिरहेको तापक्रमले जमिन सुक्खा बना
उने र भएको हरियाली पनि मास्ने यसको असर किसानको खेतबारीमा बढी भएको जिल्ला कृषि विकास कार्यालय मकवानपुरले जानकारी दिएको छ । ‘किसानको खेतबारी खडेरीले खाइरहेको छ, सँगसँगै तापक्रम लगातार बढ्दो छ । अचेल केही दिनयता तापक्रम अचाक्ली बढ्न थालेको छ’ सूचना अधिकृत कँडेलले भने ।
उने र भएको हरियाली पनि मास्ने यसको असर किसानको खेतबारीमा बढी भएको जिल्ला कृषि विकास कार्यालय मकवानपुरले जानकारी दिएको छ । ‘किसानको खेतबारी खडेरीले खाइरहेको छ, सँगसँगै तापक्रम लगातार बढ्दो छ । अचेल केही दिनयता तापक्रम अचाक्ली बढ्न थालेको छ’ सूचना अधिकृत कँडेलले भने ।
आक्कलझुक्कल आकाशमा खण्ड–खण्ड बादल लाग्ने गरेको छ । उच्च तापक्रमको असरले खेतीबालीमा नकारात्मक असर गरिरहेको छ । खास गरी साना किसान खडेरीको मारमा छन् । किनभने उनीहरूले सिँचाइको वैकल्पिक प्रबन्ध गर्ने सामथ्र्य राख्दैनन् ।
फाेटाेः राजाराम कार्की
फाेटाेः राजाराम कार्की