आर्यघाटमा पुगुन्जेल राजनिती गर्दिन: थापा
धर्मेन्द्र दाहाल ।
छतिवन/ उपप्रधान, परराष्ट्र, स्थानीय विकास मन्त्री तथा राप्रपा नेपालका अध्यक्ष कमल थापाले आफु आर्यघाटमा पुगुन्जेल राजनीतिमा क्रियाशिल नरहने बताएका छन् । नेपालको राजनीतिक संस्कार हेर्दा आर्यघाटमा पुगुन्जेल राजनीति गर्ने रहेको बताउँदै आफु युवा समयमानै देश विकासमा क्रियाशिल रहदै मुलुक निर्माणमा अघि बढने बताए ।
मंगलबार छतिवनमा भएको खेल मैदान उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथी समेत रहेका उपप्रधामन्त्री थापाले आफ्नो अध्यक्षता तथा मन्त्रीको कार्यकालमा गृह जिल्लामा विकासको क्रियाकलापहरु सञ्चालन गरिरहने दाबी समेत गरेका छन् । उनले भने ‘म मेरो गृह जिल्लाको सबै गाउँमा मोटरबाटो, सबैको घरमा विजुली, खानेपानी, सबैको छोराछोरीको लागि स्कुलको ब्यवस्था होस भन्ने चाहाना भएको मान्छे, र त्यहि पथमा हिँडेको पनि छु ।’
कार्यक्रममा बोल्दै थापाले समुन्नत मकवानपुरको विकासको लागि राप्रपा नेपाल तथा मेरो गृह जिल्ला भएकोले आफु निकै गम्भिर भएको बताए । छतिवनको सबै नागरिकको घरमा पुगेको र छतिवन आफ्नो गृहभुमि भएको स्मरण गर्दै उनले छतिवनमा निर्माण भएको खेल मैदानलाई रंगशालाको रुपमा विकास गर्नको लागि आफु गम्भिर भएको बताए । छतिवनमा निर्माण भएको मैदानको कारण पुर्वि मकवानपुरका खेलप्रेमि तथा खेलाडीहरु उत्साहित भएको बताउँदै यसले खेल क्षेत्रमा लाग्नेहरुलाई प्रेरणा प्रदान गर्ने बताए ।
छतिवन खेलकुद विकास समिती तथा मर्सीक्रप्स र ‘जेनेरेसन अमेजिङ’ को संयुक्त आयोजनामा भएको कार्यक्रममा बोल्दै थापाले नेपालले अब विकासको गति समात्ने बताए । संविधान जारी भए पश्चात भएको विभिन्न अबरोधहरु समाप्त हुँदै गएको बताउँदै थापाले नेपालको विकासमा सबै एक भएर अघि बढन जरुरी रहेको उल्लेख गरे ।
कार्यक्रममा निर्माण गरिएको खेल मैदानको विषयमा प्रतिवेदन प्रस्तुत गर्दै छतिवन खेलकुद विकास समितीका सचिव प्रल्लाद गौतमले आगामी सन् २०२२ को विश्वकप फुटबल आयोजक कतारले विश्वकप प्रचारको लागि नेपालको खेल क्षेत्रमा गरेको यस्तो प्रकारको सहयोगले स्थानीय स्तरमा अतुलनिय योगदान दिएको बताए । साझेदार सस्था मर्सिक्रप्सले पहिलो किस्थामा ९ लाख रुपैँया तथा दोश्रोमा २१ लाख सहयोग गरेको, सभासद गणेश थापाले ५ लाख लगाएतको सहयोगले खेल मैदान निर्माणको काम गरिएको बताए ।
छतिवन खेलकुद विकास समितको आयोजनमा भएको कार्यक्रममा सभासद इन्द्र बाँनीया, मर्सिक्रप्सका नेपाल डाइरेक्टर सञ्जय कार्की, मकवानपुर जिल्ला खेलकुद विकास समेतीका अध्यक्ष माधव तिमल्सीना, राप्रपा नेपालका केन्द्रीय सदस्यहरु मधु अधिकारी, राजाराम बर्ताैला सहित राजनीतिक दलका जिल्ला स्तर, गाउँ स्तरका नेताहरुको आतिथ्यता रहेको थियो ।