सिक्दै सिकाउँदै पाथिभराकाे सहकारी शिक्षा

‘हामी सहकारी शिक्षा अवलोकन भ्रमणको क्रममा रहेका छौं । भरपूर सिकाइ नै यो भ्रमणको मुख्य उपलब्धि हो ।’ अध्यक्ष अर्जुन बहादुर कार्कीले धादिङको नौबिसे नपुग्दै भ्रमणका लागि घर छोडी हिँडेका आफ्ना सदस्यहरुलाई बस भित्रै   सुझाए । ‘हामी नौबिसेमा खाना खान्छौं, अलमल गर्दैनौ आजै धादिङबेसी र मलेखुको सहकारी अवलोकन गरी सहकारी शिक्षा हासिल गर्छौ,’ व्यवस्थापक राजाराम कार्कीले थपे । कार्कीले     दिनभरीको भ्रमण तालिका नै सदस्यहरु माझ सुनाए । थाहा नगरपालिका वडा नंबर ४ मा रहेको श्री पाथीभरा बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष अर्जुन बहादुर कार्की र व्यवस्थापक राजाराम कार्की तथा संचालक समितिका पदाअधिकारीहरुले चारदिने सहकारी शिक्षा अवलोकन भ्रमणमा हिडेका आफ्ना सदस्यहरुलाई यसैगरी ठाउँ ठाउँमा बस रोक्न लगाएरै नयाँ ठाउँ, अवलोकन गर्ने सहकारी संस्थाहरुको सम्बन्धमा    जानकारी गराइ हाल्थे ।
   सहकारी शिक्षा अवलोकन भ्रमणका क्रममा सहकारीका कोषाध्यक्ष देवकृष्ण श्रेष्ठले वर्षेनी हुने भ्रमण भन्दा यो भ्रमण फरक भएको बताए । यस वर्ष अरु वर्षका तुलनामा अझ नमुना सहकारी भ्रमणको अवसर जुटेकोले सिकाइ पनि थप भएको उनको प्रतिक्रिया रहेको थियो । उनले भने धादिङको स्रोत      परिचालनको १२ किससिमका नीति र १७ किसिमका कार्यविधि सुनेपछि आफ्नो सहकारीलाई पनि त्यस्तै बनाउन आवश्यक ठानेको बताए । उनले केही कुराहरुलाई अब तत्काल कार्यान्वयनमा लैजाने पनि बताए । सहकारीहरुप्रति आफ्ना सदस्यहरुको गुनासो सम्बोधनका लागि प्रत्येक बैठकमा गुनासो सम्बोधन भन्ने प्रस्ताव नै राखेर निर्णय गर्ने परिपाटी आफूलाई नयाँ लागेको सदस्य पूर्ण बहादुर विष्टले बताए । भ्रमणमा महिला समूहको प्रतिनिधित्व गर्दै सहभागी भएकी जयन्ती रायमाझीले भ्रमणका क्रममा सहकारीहरुले विभिन्न चाडबाड विशेष पारेर बैंकहरुले जस्तै बचत योजनाहरु संचालन गर्ने   गरेको सिकाइ भएको सुनाइन् । उनले भनिन्–‘गर्ने आफैले रहेछ, आफ्ना सदस्यहरुका लागि सहकारीले ल्याएका बचतका कार्यक्रमहरु अफाप नहुनेरैछ ।’ सहकारीले आफ्ना सदस्यहरुलाई उद्यमशील बनाउने बताउँदै पछिल्लो समय सहकारीहरुले थालेको एक   सहकारी एक सदस्यको अभियान ठीक लागेको रायमाझीले सुनाइन् । उनले थपिन ‘यसले विकृति रोक्छ ।’
    सहकारी शिक्षा अवलोकन भ्रमणका क्रममा पाथीभरा बचत तथा ऋण    सहकारी संस्थाले गरेका सदस्यमुखी कार्यक्रको विषयमा अध्यक्ष अर्जुन    बहादुर, र व्यवस्थापक राजाराम कार्कीले भ्रमणको क्रममा ठाउँ ठाउँमा अवलोकन गरिएका सहकारीको पदाअधिकारीहरुलाई सुनाए । पाथीभरा सहकारीका सदस्यहरुको कृषि उद्यम, बालबालिकाको बचत र शिक्षा, ज्येष्ठ नागरिकको सवालमा गरिएका सहकारीले गरेको कामहरुको उपलब्धी सुनाउँदा ति सहकारीहरु पनि मन्त्रमुग्ध भएका थिए । पाथीभराका पूर्व अध्यक्षहरु जीवन कुमार बस्नेत, नवराज विष्ट, वर्तमान सचिव रामकुमार कार्की, सहसचिव भूपाल हमाललगायतले पनि शिक्षा अवलोकन भ्रमणको क्रममा अरु सहकारीबाट भएका सिकाइलाई बाटैमा समिक्षा गरे । भ्रमणमा सहभागी सदस्यहरुलाई सिकेका नयाँ नयाँ  कुराहरुलाई पुर्नताजकी गराएका थिए ।  
पाथीभरा सहकारी संस्थाले आयोजना गरेको सहकारी शिक्षा अवलोकन भ्रमणका क्रममा सहभागी सदस्यहरुलाई धादिङ, कास्की, पाल्पा, बुटवल, नवलपरासी, चितवन र हेटौंडाको उत्कृष्ट   सहकारीहरुमा अवलोकन गराइएको थियो । मकवानपुर जिल्लाको उत्कृष्ट सहकारीहरुको उक्त भ्रमणमा सहकारी सहकारी विचको एकताला

ई मध्यनजर गर्दै सहकारी शिक्षा अवलोकन भ्रमण आयोजना गरेको सहकारीका सचिव रामकुमार कार्कीले बताए । सहकारीको भ्रमण टोलीमा कार्य समिति, लेखा समिति, ऋण उप समिति, शिक्षा समिति, उत्कृष्ट बचतकर्ता, असल ऋणी, महिला समूहका नेतृत्वकर्ता, साधारण सदस्यहरु लगायत ३५ जनाको सहभागिता रहेको थियो । अवलोकन भ्रमणका क्रममा धादिङबेसीमा रहेको स्रोत परिचालन बचत तथा ऋण सहकारी संस्था, मलेखुको जनकल्याण बचत तथा ऋण सहकारी संस्था, मकवानपुरको संजिवनी बचत तथा ऋण सहकारी संस्थालगायतका सहकारीको भ्रमण गरेको थियो । भ्रमणका क्रममा दुई पक्षिय अन्तरक्रियात्मक छलफल गरिएको  थियो । छलफलका क्रममा एक आपसमा परेका समस्या, गरेका उत्कृष्ट कार्यक्रमहरुको जानकारी दिइएको थियो । सहकारी संस्थाले पैसा किन्ने बेच्ने मात्र नभइ सदस्यहरुलाई      सहकारी सम्बन्धि शिक्षाको आवश्यकता   रहेको र अन्य सहकारी संस्थाले कसरी संस्था संचालन गर्दै आएका छन् भन्ने सिकाइ भ्रमणबाट भएको व्यवस्थापक   राजाराम कार्कीले बताए ।
    पाथीभरा सहकारी संस्थाले आयोजना गरेको भ्रमणमा कार्य समिति अध्यक्ष अर्जुनबहादुर कार्की, कोषाध्यक्ष देवकृष्ण श्रेष्ठ, सचिव रामकुमार कार्की र व्यवस्थापक राजाराम कार्कीको नेतृत्वमा भएको भ्रमणमा सहकारी अन्तर्गत संचालनमा रहेका विभिन्न महिला समूहबाट १५ जना सहभागी  रहेका थिए । भ्रमण समापनको अवसरमा सिकेका कुरा आफ्ना समूह तथा गाउँ टोलमा रहेका सहकारीकर्मीलाई भन्नका लागि अध्यक्ष कार्कीले अनुरोध गरे । उनले भने–‘तपाइहरुले सिकेका कुरा कम्तीमा ५ जनामा प्रवाह गरिदिनू भयो भने पनि ठूलो कुरा हुन्छ, त्यसैले सिकेका कुरा सबैलाई सिकाउनू ।’

   सदस्य राजाराम रायमाझीको सिकाइ
 श्री पाथीभरा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको अवलोकन भ्रमण वैशाख ६ देखि शुरु भएकोमा हामीले स्रोत परिचालन बचत तथा ऋण सहकारी संस्था लिमिटेड धादिडको भ्रमण गर्ने मौका मिल्यो । संस्थाले गरेको प्रगती देख्दा असाध्यै मन छोयो । सहकारीको भीडमा हामीले स्रोत परिचालनबाट निकै राम्रा कुराहरु सिक्ने र हाम्रो संस्थासंग भएको सिकाइ बाँड्ने अवसर पनि मिल्यो उक्त सहकारी संस्था नेफस्कूनकाे एक्सेस ब्रान्ड प्राप्त रहेकाे धादिङकाे २ वटा सहकारी मध्ये १ रहेछ । साथै उक्त ब्राण्ड पाउने सहकारी हाम्राे जिल्ला मकवानपुरमा एउटै नरहेकाे पनि जानकारी प्राप्त भयाे । करिब २ घण्टा उक्त सकारीमा अन्तरक्रियात्मक छलफल ग¥यौं । सहकारीको प्रगतिको पाइला हेर्दा हामीले धेरै कुराहरु सिक्नुपर्ने महशुस भयो । सहकारीको प्रगती विवरण सुन्दा उच्चतम सहकारीको रुपमा पाइयो । 
   धादिङ मलेखुको जनकल्यण बचत तथा ऋण सहकारी संस्था लिमिटेडीको भ्रमणको अवसर मिल्यो । सहकारी भ्रमणकै क्रममा पाल्लपाको पाल्पा बचत तथा ऋण सहकारी संस्था लिमिटेड लगायत चितवन नारायणगढको सहकारी र हेटौंडाको संजिवनी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको पनि भ्रमणका क्रममा अवलोकन गरी एक अर्काको कुरालाई आर्दान प्रदान गर्ने सुवर्ण अवसर मिल्यो । पाथीभराको यो कदम अति नै फलदायी र लाभप्रद र ज्ञानमुलक अनि उपलब्धीकमुलक भएको हामीले महशुस गरेका छौं । भ्रमणमा रहेका सबै सदस्यहरुले सफलताले चुमेको महशुस हामी सबैले गरेका छौं ।      सहकारीको भीडमा पाथीभरा सहकारीको अवलोकन भ्रमण साहै्र अविष्मरणीय क्षण भएको छ ।
                           सदस्य हरेराम कार्कीकाे सिकाइ
    सर्वप्रथम त पाथिभरा बचत तथा ऋण सहकारी संस्था लिमिटेडले हामीसदस्यहरुलाई सहकारी अवलोकन भ्रमण गराउनु भएकोमा विशेष धन्यवाद । स्रोत परिचालन बचत तथा ऋण सहकारी संस्था लिमिटेड धादिङबेसी, जनकल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेड मलेखु, हेटौंडाको संजिवनी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको अवलोकन भ्रमणले हामी   साधारण सदस्यलाई सहकारी बारे असंख्य कुराहरु सिक्ने अवसर मिलेको छ । साँच्चै नै आर्थिक विकास र सामाजिक रुपान्तरणका लागि सहकारी आवश्यक छ । पढेर मात्र हैन परेर मानिसहरु परिपक्व हुन्छ भन्ने कुरालाई हामीले आत्मसाथ गरेका छौं । सहकार्य–सहकार्य मिलेर सहकारी बन्छ । यसरी सहकारी अवलोकन भ्रमणले शेयर सदस्य, संचालक समितिलाई   सहकारी प्रति उत्तरदायित्व अत्यन्तै बढ्दै जानेमा म विश्वस्त छु । तसर्थ,      पाथीभरा बचत तथा ऋण सहकारी संस्था लिमिटेडले सहकारी अवलोकन भ्रमण  मेरो विचारमा वास्तवमै उपलब्धी मुलक   रहेको लाग्दछ । 
                               सदस्य भैरव प्रधानकाे सिकाइ


    श्री पाथीभरा बचत तथा ऋण सहकारी संस्था लिमिटेडबाट नियमित अध्ययन अवलोकन भ्रमण अन्तर्गत धादिङबेसी, पोखरा, पाल्पा चितवन तथा हेटौंडालगायतका महत्वपूर्ण सहकारीहरु श्रोत परिचालन बचत तथा ऋण  सहकारी संस्था लि., धादिङबेसी, जनकल्याण बचत तथा ऋण सहकारी संस्था लि., मलेखु र संजिवनी बचत तथा ऋण सहकारी संस्था लि, मकवानपुर लगायतका संस्थाहरुको अध्ययन भ्रमणमा धेरै कुरा सिकाइ भयो । उक्त भ्रमणमा हामीले सिकेका कुरा मनमा राखेर मात्र हुँदैन । उपलब्ध सिकाइलाई आफ्नो संस्थामा लागू गर्नु पर्दछ । हामीले सहकारी शिक्षा अवलोकन भ्रमणका क्रममा शेयर सदस्यको आर्थिक स्तर वृद्धि गर्न संस्था स्थापित भएको हुँदा आर्थिक वृद्धिको सूचांङ्क पुँजी वृद्धि हुनुपर्ने रहेछ । अतः संस्थाको पुँजी वृद्धि गरी सदस्यहरुको रोजगारीमा वृद्धि गर्न सकिन्छ । संस्थाको पुँजी वृद्धि संगसंगै बचतमा वृद्धि गर्नु दोस्रो सूचक हुँदो हो । यसलाइृ हामीले ध्यानमा राख्नु पर्दछ । सहकारीले         रोजगारीको अवस्था सृजना गर्नु पर्दछ । यसलाई पनि सहकारीको उपलब्धी  मानिन्छ । सदस्यहरुले कस्तो किसिमको ऋण लिएको छ ? ऋणको प्रकृति    कसरी परिवर्तन भइरहेको छ ? अध्ययन गर्नु आवश्यक हुँदो रहेछ । पछिल्लो समय सामुहिक जमानी कर्जा सबै जसो संस्थाको चासोको विषय बनेको रहेछ । यसलाई सुरक्षित लगानीको थलो बनाउनको लागि आवश्यक नीति बनाउनु आवश्यक छ । एउटा सदस्य धेरै संस्थाको सदस्य र ऋणी बनेकोमा एउटा सहकारीले एक सदस्य एउटा सहकारीको धारणा लिएर सदस्यको समस्या बुझेर समाधानको उपाय निकालेको रहेछ । हामीले पनि समस्याको पहिचान गरी समाधानको उपाय निकाल्न अघि सर्नु पर्दछ । यसो गरेमा   सहकारीको गुणात्मक विकासका लागि सहयोग मिल्नेछ । धेरैजसो सहकारीका सदस्यहरु कर्मचारीहरुको बीमाको   अवधारणा राखेको पाइयो । हामीले पनि कर्मचारी बीमाको व्यवस्थागर्न सके सुनमाथि सुगन्ध हुनेमा म विश्वस्त छु । ऋण लगानीमा विविधता राखेको      पाइयो । हामीले पनि आफ्नो संस्थाबाट सदस्यहरुलाई विविधता दिनका लागि रणनीतिक योजना बनाउनु पर्दछ । तर केही फरक खालको जस्तै एउटै प्रकृतिको ऋण छ भने समूह बनाएर   राम्रो रोजगारीको सजना गरी न्यून लगानीमा बढि बढि उपलब्धी किन नगर्ने ? यसतर्फ हामी सक्रिय हुनु आवश्यक छ । सहकारी स्वायत्त संस्था भएको हुँदा यसलाई नेतृत्वगर्न उच्च शिक्षा हासिल गरेका शिक्षित बर्गको सरसल्लाह किन नलिने ? आवश्यक भएमा सहकार्य आवश्यक सल्लाह किन नलिने ?हामी यस्तो कुरामा कहिल्यै पछि पर्नु हुन्न । संस्थाको नीति नियम लागू गर्ने कर्मचारीको महत्वपूर्ण हात हुन्छ । तिनीहरुको मनोबल उच्च      राख्नू आवश्यक छ । त्यसको लागि वृत्ति विकासको अवसर जस्ते पोशाक भत्ता, बीमा, उपदान, शैक्षिक उन्नतिको अवसर बोनश, संस्थामा विशेष योगदान दिएको छ भने पुरस्कारको व्यवस्था पनि अरु संस्थाले गरेको पाइयो । हामीले पनि त्यस्ता सावालहरुलाई अधि बढाउनु आवश्यक छ ।
संस्थाको परिचयको रुपमा उसको पुँजी (स्थिर सम्पत्ती घर जग्गा) पनि हुँदो रहेछ । हामीले भ्रमणको क्रममा धेरैजसो  सहकारीको आफ्नै भवन पाएका    थियौं । अब हामीले पनि ढिला    नगरी आफ्नै जग्गामा भवन बनाउनु अत्ति जरुरी छ । भ्रमणको क्रममा जहाँ–जहाँ गइयो । एवं सहकारीको आतिथ्य, आत्मीयपन, सहकार्यको सुमधुर सम्बन्ध मनछुने अवश्य रह्यो । हामीले हाम्रा सदस्यहरुले सिकेका कुरालाई मनन् गरी सबैलाई सहकारीको मर्म बुझाउन आवश्यक छ । हामीले अन्य सहकारी जस्तै कसरी हाम्रा सदस्यहरुलाई उचाइमा पु¥याउन सक्छौं, सोच्ने बेला आएको छ ।



पाथिभरा बचत तथा ऋणा सहकारी संस्थाले अाफ्ना सदस्यहरूलाइ मिति २०७३ बैशाख ६ गते देखि ९ गतेसम्म भ्रमणमा सहभागी गराएकाे थियाे ।

All news in One Place