फाखेलका महिलालाई साबुन बनाउने तालिम
मकवानपुर फाखेल गाउँ विकास समितिको सहयोग तथा परिवर्तनशील महिला अधिकार मञ्चको आयोजनामा फाखेलका महिलाहरुका लागि एक हप्ते डल्ला साबुन बनाउने तालिम २१ वैशाखबाट शुरु भएको छ ।
फाखेल गाउँ विकास समितिको कार्यालयमा भइरहेको तालिममा फाखेल भरीका ३३ जना महिलाहरुको सहभागिता रहेको आयोजक सस्थाका संयोजक मञ्जु रूम्बाले बताइन् । सहभागीहरुलाई चन्द्र कुमार बलले तालिम दिइरहेका छन् । दैनिक प्रयोगमा चाहिने साबुन आफै उत्पादन गरी महिलाहरु आत्मनिर्भर हुनका लागि सहयोग गर्ने भएकोले तालिम आयोजना गरिएको संयोजक रुम्बाले बताइन् । तालिमलाई व्यवशायमा बदली आम्दानी समेत गर्न सकिने प्रशिक्षक बलले बताए ।
पुस्कलगोले सागर/फाखेल