आग्रामा गोलेहरु संगठितः सुर्यबहादुरको नेतृत्व
आग्रा गाविसको डाँडाबासमा विहिबार आग्रा र गोगने बस्ने गोलेहरुको भेला सम्पन्न भएको छ । गोले (तामाङ) वंश उत्थान समितिका केन्द्रिय सदस्य शुभरत्न गोलेको प्रमुख आतिथ्यतामा तथा काँइलीमाया गोलेको सभादक्ष्यतमा सम्पन्न भएको भेलाले सुर्य बहादुर गोलेको अध्यक्षतामा १३ सदस्यीय इलाका समिति गठन गरेको छ ।
जिल्ला समिति सह–सचिव शुभराज गोलेले संचालन गरेको उक्त कार्यक्रममा जिल्ला सचिव रोशन गोले, जिल्ला सदस्य कमान सिं गोले लगायत आग्रा तथा गोगनेका गोले (तामाङ) हरुको उल्लेख्य उपस्थिति रहेको थियो ।