गज़ल -सरकार चाहियो



शोषित पीडित गरिवका दर्द सुन्ने सरकार चाहियो
भत्केका गाउँबस्तीहरु कै सामुन्ने सरकार चाहियो

   धेरै खपिन आँधीहुरी देशमा तुफान उठ्दा खेरी
   नयन पुछी आमाको आँसु थुन्ने सरकार चाहियो

   हत्याहिंसा अस्थिरताले खुसी लुट्यो मुहार बाट
   निरसा हटाई विकासको मार्ग चुन्ने सरकार चाहियो

 जरा गाडेकै समाजमा जातधर्म छुवाछुतले
 बन्धन सारा तोडी नयाँ सोच गुन्ने सरकार चाहियो


 हिमाली पहाडी मधेसी एकै दाजुभाइ हौं सबै हामी 
सयौंफूल जोडी एकताको माला उन्ने सरकार चाहियो

                 -कल्पना पौडेल ' जिज्ञासु '

                 गैडाकोट नवलपरासी

                 हाल  इजरायल

All news in One Place