दुई दिन वर्षा हुने

मुलुकभर अझै दुई दिन बदलीसँगै मेघ गर्जन र वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
अहिले ‘प्रिमनसुन’ सक्रिय भएकाले देशका विभिन्न भागमा मेघ गर्जनसहित वर्षा भएको मौसमविद् शान्ति कँडेलले बताइन् । उनका अनुसार शुक्रबारदेखि मौसममा क्रमिक सुधार आउनेछ । मार्च, अप्रिल र मे प्रि-मनसुनको अवधि भए पनि ढिलो गरी सक्रिय भएको हो ।
अरब सागरबाट आएको जलवाष्पयुक्त हावा नेपाल भित्रिएपछि मौसममा परिवर्तन आएको र उक्त वायुको प्रभावले देशभर बदली हुनुका साथै अधिकांश भेगमा मेघ गर्जनसहित वर्षा भएको कँडेलले जानकारी दिइन् । यतिबेला मकवानपुरको थाहानगर सहित आसपासका क्षेत्रमा पानी परिरहेको छ ।

All news in One Place