बिद्यालय विपद् व्यवस्थापन तालिम शुरु

हेटौंडा/विपद् ब्यवस्थापनको आवश्यकता र महत्वलाई मध्यनजर गरेर “सुरक्षित विद्यालयको लागि विपद् पूर्वतयारी र सुरक्षित योजना निर्माण” तालिम बुधबारबाट हेटौंडामा शुरु भएको छ ।
केयर नेपालको सहयोग तथा ग्रामिण महिला सेवा केन्द्र हेटौंडाको आयोजनामा विपद व्यवस्थापन सम्वन्धी तीन दिने तालिम सञ्चालन गरिएको केन्द्रकी अध्यक्ष शर्मिला श्रेष्ठले जानकारी दिइन् ।
तालिममा हेटौंडा २ स्थित देवी निमाबीका विपद् व्यवस्थापन समिति, विद्यालय व्यवस्थापन समिति, विद्यार्थी, शिक्षक तथा समुदायका व्यक्तिहरु सहभागी रहेको केयर नेपालका परियोजना संयोजक रुपेन्द्र बस्नेतले जानकारी दिए । तीन दिनको तालिममा सहभागीहरुलाई निरज काफ्लेले प्रशिक्षण दिइरहेका छन् ।