थाहानगरमा नदीजन्य पदार्थ उत्खनन् बन्द

थाहा नगरपालिकाले वडा नंबर ७ खैटेखोला, घट्टेखोला, मूलखोला, पालुङ खोला शंखमूल देखी चेक ड्यामसम्मको खोला क्षेत्रबाट ढुङ्गा गिट्ठी, रोडा बालुवालगायत नदीजन्य पदार्थ झिक्न तथा ओसारपसारमा रोक लगाएको थाहा नगरपालिकाका निमित्त कार्यकारी अधिकृत सन्तोष बोहराले बताए ।
थाहानगरको इन्द्रायणी चौरमा निर्माणाधिन प्राकृतिक रंगशाला तथा विश्वकै तीन शंखमूल मध्येको पालुङको शंखमूल क्षेत्र तथा खैटेखोला पुललाई नदीजन्य पदार्थ उत्खनन् गर्दा असर पर्ने भएकोले र रोक लगाइएको निमित्त कार्यकारी अधिकृत बोहराले बताए । नगरपालिकाले २८ वैशाखमै सूचना जारी गरी रोक लगाएको हो । सूचनालाई अटेर गरी उत्खनन् तथा ओसारपसार गरे कानून अनूसार कार्बाही गरिने बोहराले बताए ।