स्थानीय निकायमा विदा छैन है !

सरकारले १९ जेठमा निजामती कर्मचारीहरुलाई बिदा दिएको छ । निजमती कर्मचारीको आधिकारिक ट्रेड युनियनको निर्वाचन परेकाले उक्त दिन बिदा दिइएको हो ।

गृह मन्त्रालयले मन्त्रिपरिषदको निर्णय अनुसार जेठ १९ गते निजामती कर्मचारीलाई मात्र सार्वजनिक बिदा दिइएको जनाएको छ । अधिकांश सरकारी कार्यालयहरु निजामती सेवाकै कर्मचारीबाट सञ्चालित हुने भएकाले १९ जेठमा धेरैजसो कार्यालय बन्द रहने भएपनि स्थानीय निकायहरुमा भने नागरिकको काम हुने छ । मकवानपुरको थाहा नगरपालिका तथा अन्य गाविसहरु पनि खुलेका छन् । 

All news in One Place