कृषि प्राविधिक विषयमा अभिमुखीकरण

थाहानगरको जनकल्याण उच्च माविमा १९ जेठमा कृषि प्राविधिक शिक्षाको विषयमा अभिमुखीकरण गोष्ठी सम्पन्न भएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजीव कुमार स्याङ्तानको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण प्राचार्य सानोभाइ कार्कीले गरेका थिए । जनकल्याण उच्च माविमा कृषि प्राविधिक शिक्षाको बाली विज्ञान तर्फ पढाइ हुने भएको हो ।
 गोष्ठीमा यसैवर्षबाट कक्षा नौदेखि शुरु भएको कृषि प्राविधिक शिक्षा पढ्ने विद्यार्थी, तिनका अभिभावक, शिक्षकलगायतकाको सहभागिता रहेको थियो । कार्यक्रममा प्राविधिक शिक्षा संचालन, व्यवस्थापन तथा अरु व्यवस्थापकीय सवालमा प्राचार्य कार्कीले सहजीकरण गरेका थिए भने कृषि प्राविधिक शिक्षाको भविष्य र यसका फाइदाहरुको विषयमा शिक्षिका अनिमा ढंगोलले सहजीकरण गरेकी थिइन् । न्यूनतम २० र अधिक्तम ४८ जनासम्म एउटा कक्षामा अध्ययन गराउन सकिने प्राविधिक शिक्षामा जनकल्याणमा ४८ जनाले यसवर्षबाट नौ कक्षामा कृषि विषयको अध्यन गर्ने भएका छन् । 
जनकल्याण उच्च माविले प्रवेश परीक्षा लिएर ४८ जना विद्यार्थी छनौंट गरेको हो । 

All news in One Place