संक्रमणकालीन न्याय संजाल गठन
हेटौँडा/विश्व परिषद् वकालत मञ्चले शान्तिका लागि महिला सशक्तिकरण कार्यक्रम अन्तर्गत बिहीबार २१ सदस्यीय लैङिक तथा संक्रमणकालीन न्याय संजाल गठन गरेको छ ।
विश्व परिदृष्य वकालत मञ्च सचिवालय रहने गरि सदस्य सचिव मञ्जकै महिला शान्ति सुरक्षा अधिकृत श्रद्धा ढुंगाना रहनेछिन् । पुनरावेदन बार एशोसिएसन का अध्यक्ष अधिवक्ता गोपाल प्रसाद आचार्यको अध्यक्षतामा संजाल गठन गरिएको हो । संजालको सहसंयोजकमा अन्तरपार्टी महिला संजा
संजालले द्वन्द्वप्रभावित महिला तथा बालबालिकाको सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएको व्यक्तिको छानबिन आयोगमा उजुरी दर्ता प्रक्रियामा सघाँउ गर्नको साथै हिंसामा परेका महिला र बालबालिकाको लागि कार्य गर्ने मंचका कार्यकारी निर्देशक नवराज अधिकारीले बताउनुभयो । संजाल गठन कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका कार्यकारी अधिकृत सुदेवप्रसाद पोखरेललगायतको उपस्थिति रहेको थियो ।