इजरायलमा प्रशिक्षण, नेपालमा लगानी


हेटौँडा/कृषि प्रशिक्षणका लागि मकवानपुर लगायत देशका विभिन्न जिल्लाबाट इजरायल पुगेकाहरु नेपाल फर्केपछि आधुनिक कृषिका लागि लगानी जुटाउन व्यस्त बनेका छन् । नेपालबाट इजरायल पुगेका उनीहरु नेपालमा पाँच करोड रुपिया लगानी गर्दै एकीकृत कृषि पद्घतीमा आधारित भयर काम गर्ने भएका छन् । 

आराभा नेपाल बहुउद्धेशीय सहकारीको माध्ययमबाट गर्न लागिएको काममा नेपालका कृषिमा आधारित मध्यय वर्गीय परिवारका छोराछोरीको सहभागिता रहने जनाइएको छ । इजरायलमा कृर्षी अध्ययन गदै गरेको विद्मार्थीको पहलमा इजरायलमै कियर गिभरको काम गदै गरेका किसानको परिवारको लागानिमा १ सय ५० रोपनीमा काम गर्ने तयारी गरिएको जनाइएको छ । कामका लागि पहीलो चरणमा ५० वटा गाई ,१० हजार कुखुरा र त्यसपछि २५ रोपनीमा ग्रीन हाउस वनायरै बमौसमी तरकारी खेती गर्ने उनीहरुको योजना छ । यस्तै, सय वटा बाख्रा,२५ वटा माउ बङ्गुर, माछा हाउस,फारमार स्कुल,एग्रो टुरिजमको कार्य पनि गरिने प्रशिक्षित बनेका उनीहरुको भनाई छ । 

कृषि कामका लागि उनीहरुले एउटा संस्था निर्माण गरेर जिम्मेवारी बाँडफाँड समेत गरेका छन् । काभ्रेका विनोद द्यिमिरेको अध्यक्षतामा बनेको संस्थाको उपाध्यक्ष धादिङ्का प्रवीण प्रमोद खतिवडा, महासचिवमा  मकवानपुुरका कृष्णप्रसाद बजगाईं,  सहसचिवमा मकवानपुुरकै शोनाम लामा,  कोषाध्यक्षमा धादिङ्का देवराज आचार्य छन् । एघार सदस्यसीय सञ्चालक समिति रहेको संस्थामा कृषि प्रशिक्षार्थी इजरायका विद्मार्थी प्रवाशी नेपाली हरुको लागानी हुनेछ । 

सस्ंथाले इजरायलको आधुनिक कृषी औजार नेपालमा भित्राउने कामको साथै गांउगांउका कृर्षीमा लाग्न इच्छुक युवालाई फार्मरस्कूलको माध्ययमवाट समुदायलाई सुशुचित पार्ने लक्ष्य लिएको छ । संस्थामा आबद्ध प्राविधिक विद्मार्थीलाइ रोजगारको समेत व्यवस्था मिलाइने महासचिव कृष्णप्रसाद बजगाईंले बताए । 

All news in One Place