शैक्षिक गुणस्तर सम्वन्धि अन्तरक्रिया

हेटौँडा/अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकले आमभञ्ज्याङ गाविसको सारदा उच्च माविमा विद्यार्थी, अभिभावक, शिक्षक र विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरुसँग शैक्षिक गुणस्तर सम्वन्धि अन्तरक्रिया कार्यक्रम गरेको छ । सहायक जिल्ला शिक्षा अधिकारी प्रेम केसीको विशेष उपस्थितीमा उक्त कार्यक्रम गरिएको थियो । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक निरवहादुर खड्का, व्यसवस्थापन समितिका अध्यक्ष विष्णु दंगाल, अभिभावक हरी कँडेल, विद्यार्थीहरु कमल थापा, गाविस स्तरिय बाल सञ्जालकी अध्यक्ष कृतिका दंगाल लगायतले विद्यालयको समस्या तथा वर्तमान अवस्थाको वारेमा जानकारी गराएका थिए । 

विद्यालय सुधार योजना निर्माण गर्दा विद्यार्थी प्रतिनिधी, शिक्षक, अभिभावक, स्थानीय सँघसँस्था इत्यादीलाई समेटेर गर्नुपर्ने अनिमात्र शैक्षिक गुणस्तर वृद्धि हुने कुरामा जोड दिँदै सहायक जिशिअ केसीले विद्यालयलाइ केही निर्देशनात्मक सुझावहरु दिएका थिए । शिक्षा, स्वास्थ्य र खाद्य अधिकारको लागि स्थानीय समुदायलाई सचेत पार्दै जम्मेवार निकायलाई जवाफदेही वनाउन पहल कार्यक्रम अन्तर्गत उक्त अन्तरक्रिया गरिएको जिल्ला संयोजक दिपेन्द्र ढकालले जानकारी दिए । 

All news in One Place